निर्णय नं. १०८२२ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८२२ - जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७७/११/२३ १६०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७७।११।२३ ०७५-CR-२६८४ मुद्दा : जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : हिर दयालको छोरा, उदयपुर जिल्ला, कटारी नगरपालिका वडा नं. १ घर भई हाल कारागार कार्यालय, सप्तरी राजविराजमा थुनामा रहेका राम गुलाम साह तेली विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम उर्मिलाको जाहेरीले नेपाल सरकार कसुरको वर्गीकरण आफैँमा प्राविधिक विषय हुने हुँदा जाहेरी दरखास्त दिने व्यक्तिलाई कानूनले गरेको कसुरको वर्गीकरणको प्राविधिक विषयमा सूक्ष्म जानकारी नहुन सक्दछ जसको कारण जाहेरी दरखास्त दिँदा कसुरको फरक नाम उल्लेख भएको हुन सक्छ । अनुसन्धान हुँदै जाँदा अनुसन्धानकर्तासमक्ष प्रस्तुत भएको तथ्य र प्रमाणको आधारमा अभियोगपत्र दायर हुने हो । कुनै कसुरमा जाहेरी नै नपरे पनि अनुसन्धान गर्ने अख्तियारप्राप्त निकायले सूचनाको आधारमा स्वयं छानबिन तथा अनुसन्धान गरी प्राप्त प्रमाणहरूको आधारमा कसुरदारलाई कानूनी दायरामा ल्याउन सक्ने । जाहेरी दरखास्तमा उल्लिखित सूचनाले अनुसन्धान प्रक्रियाको थालनी भई अनुसन्धानबाट प्राप्त प्रमाणहरूको आधारमा सम्बन्धित निकायले अभियोग पत्र दर्ता गरी उक्त अभियोग प्रमाणहरूबाट पुष्टिसमेत भएकोमा जबरजस्ती करणीको उद्योगतर्फ जाहेरी परेको भए तापनि जबरजस्ती करणीको कसुरमा अभियोग दर्ता भयो भन्ने विषय न्यायको रोहमा गौण हुने । (प्रकरण नं.१२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुंगेल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ६, नि.नं.१०२७९ ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००७ ने.का.प.२०६६, अङ्क ५, नि.नं.८१४२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री तिर्थराज के.सी. उदयपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री शालिग्राम कोइराला माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गा फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मिति २०७३।११।१३ गते बेलुका अन्दाजी १९:३० बजेको समयमा आफ्नै घरमा मेरो ६ वर्षकी छोरी परिवर्तित नाम "कटारी ख" लाई छोडी गाउँमा पूराण कथा सुन्न जाने भनी छिमेकीको घरमा सल्लाह गर्न गएको थिएँ । सोही समयमा छोरी परिवर्तित नाम "कटारी ख" ओछ्यानमा सुती टि.भि. हेरिरहेको अवस्थामा निज प्रतिवादी राम गुलाम साह घरभित्र प्रवेश गरी छोरी सुतेको ओछ्यानमा गई छोरीले लगाएको सम्पूर्ण कपडा खोली पिसाब फेर्ने योनिमा हातले छामी थुक लगाई जिब्रोले चाटी जबरजस्ती करणीको उद्देश्यले निज प्रतिवादीले आफ्नो पेन्टको चेन खोली लिङ्ग उत्तेजित बनाई योनिको वरिपरि लिङ्गले छोई प्रवेश गर्न खोजी नानीको हातले केहीबेर लिङ्ग समात्न लगाई निज प्रतिवादी ट्वाइलेटतर्फ गएको मौका पारी छोरी भागी पल्लो घरमा म भएको ठाउँमा रूँदै कराउँदै आई सम्पूर्ण कुरा मलाई भनेपछि मैले थाहा पाएको हुँदा निजउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम उर्मिलाको जाहेरी दरखास्त । जिल्ला उदयपुर, कटारी नगरपालिका वडा नं. २ स्थित