निर्णय नं. १०८२५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८२५ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७९/०१/०५ ४२६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।१।५ मुद्दाः- कर्तव्य ज्यान ०७६-CR-१३५९ पुनरावेदक / प्रतिवादी : सिन्धुली जिल्ला साबिक भिमेश्वर गा.वि.स. वडा नं. ९ हाल परिवर्तित गोलञ्जोर गाउँपालिका वडा नं. ९ माथिल्लो बेसीटार बस्ने यज्ञप्रसाद चौलागाईको छोरा हरिप्रसाद चौंलागाईँ विरूद्ध प्रत्यर्थी / वादी : कुमारप्रसाद पहाडीको जाहेरीले नेपाल सरकार ०७६-CR-१७५० पुनरावेदक / प्रतिवादी : सिन्धुली जिल्ला साबिक भिमेश्वर गा.वि.स. वडा नं. ७ को हाल परिवर्तित गोलञ्जोर गा.पा. वडा नं. ९ माथिल्लो बेसीटार घर भई हाल केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेको यज्ञप्रसाद चौलागाई विरूद्ध प्रत्यर्थी / वादी : कुमारप्रसाद पहाडीको जाहेरीले नेपाल सरकार ०७६-CR-१७५१ पुनरावेदक / प्रतिवादी : सिन्धुली जिल्ला साबिक गोलञ्जोर गा.पा. वडा नं. ७ घर भई हाल कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेकी यज्ञप्रसादकी बुहारी हरिप्रसादकी श्रीमती सम्झना भन्ने टिकाकुमारी चौलागाई विरूद्ध प्रत्यर्थी / वादी : कुमारप्रसाद पहाडीको जाहेरीले नेपाल सरकार ०७६-RC-०११५ वादी : कुमारप्रसाद पहाडीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : यज्ञप्रसाद चौलागाईसमेत परिस्थितिजन्य प्रमाणलाई ग्रहण गरी कसुरदार ठहर गर्नुपर्दा प्रमाण कानूनका केही मूलभूत मान्यताहरूलाई आत्मसात् गर्नुपर्ने । (प्रकरण नं.९) प्रतिवादीको निर्दोषिता प्रमाणित हुन सक्ने वैकल्पिक निष्कर्षको सम्भावना छ भने त्यस्तो अवस्थामा केवल परिस्थितिजन्य प्रमाणलाई मात्र आधार बनाएर कसुरदार ठहर्याउन परिस्थितिजन्य प्रमाणको ग्राह्यताको सिद्धान्तविपरीत हुने । (प्रकरण नं.११) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ताहरू श्री खेमराज ज्ञवाली र श्री सूर्यराज दाहाल तथा विद्वान् अधिवक्ता श्री टिकाराम भट्टराई प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री राघवलाल वैद्य, श्री लभप्रसाद मैनाली र श्री रमणकुमार श्रेष्ठ तथा विद्वान् अधिवक्ता श्री रमेशराज शर्मा सिग्देल अवलम्बित नजिर : ने.का.प.२०५३, नि.नं.६२२६ ने.का.प.२०६४, नि.नं.७९०८, पृ.१६०० ने.का.प.२०६७, नि.नं.८३११ ने.का.प.२०७५, अङ्क ९, नि.नं.१०००३ ने.का.प.२०७६, अङ्क ७, नि.नं.१०३०२ सम्बद्ध कानून : सुरू तहको फैसला गर्ने : माननीय न्यायाधीश श्री परशुराम भट्टराई सिन्धुली जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने : माननीय न्यायाधीश श्री यज्ञराज भट्ट माननीय न्यायाधीश श्री टेकनारायण कुँवर उच्च अदालत पाटन फैसला न्या.तिलप्रसाद श्रेष्ठ : उच्च अदालत पाटनको मिति २०७६।०२।१० को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) अन्तर्गत परेको पुनरावेदन र ऐ. ऐनको दफा १०(१) बमोजिम साधक जाँचको लागि साधक दायरीमा समेत दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः मुद्दाको संक्षिप्त तथ्य जिल्ला सिन्धुली गा.वि.स. भिमेश्वर वडा नं. ९ माथिल्लो बेसीटार कुलो स्थित पूर्वमा धर्मानन्द देवकोटाको बारी, पश्चिममा उदयनारायण देवकोटाको दुई तले कच्ची घर, उत्तरमा धर्मानन्द देवकोटाको कान्लोबारी, दक्षिणमा सिम्ले कान्लो यति चार किल्लाभित्र विकासे कुलो रहेको, उक्त कुलोको डिल २ फिट चौडाइ र कुलोको भाग १.५ मिटर चौडाइ रहेको, सो कुलोको भागमा टाउक