निर्णय नं. १०८२७ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८२७ - बन्दीप्रत्यक्षीकरण भाग: ६४ साल: २०७९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७७/०६/०७ १४८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७७।६।७ ०७७-WH-००६१ विषय:- बन्दीप्रत्यक्षीकरण निवेदक : मकवानपुर जिल्ला टिकाउली वडा नं.९ घर भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका वडा नं.७ घर भई हाल कारागार कार्यालय सुन्धारामा थुनामा रहेकी वर्ष २८ की सीता स्याङतान विरूद्ध प्रत्यर्थी : नेपाल सरकार, अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत थुनामा रहेको व्यक्तिको वैयक्तिक स्वतन्त्रता न्यायिक निकायमा राज्यले गर्नुपर्ने नियुक्तिमा भएको ढिलाइकै कारण अनिश्चित कालसम्म अन्योलपूर्ण अवस्थामा रहन्छ भने संविधानप्रदत्त हकको प्रचलनको लागि अदालतले यदाकदा असाधारण अधिकारको प्रयोग गर्नुपर्ने वातावरण सिर्जना हुन सक्ने अवस्था रहने । (प्रकरण नं.५) थुन्ने अधिकार हुनु र थुनामा राख्नुपर्ने अपरिहार्य बाध्यता हुनु फरक कुरा हुन् । थुनामा राख्ने अधिकार भए पनि विशेष अवस्था, परिस्थिति र कानूनीरूपमा थुनाको विकल्प रोज्न सकिने अवस्थामा त्यस्तो विकल्प विचार गर्नु नै थुनछेक आदेशको सुन्दर पक्ष हो । गर्भवतीको अधिकारलाई सुरक्षित गर्ने सम्बन्धमा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी ऐन, २०७५ समेतलाई विचार गरी कोभिड-१९ को महामारीमा कसरी सुरक्षित राख्ने व्यवस्था गरिएको छ, बिगो बरामद भएको र आरोपित व्यक्तिले आफ्नो गल्ती स्वीकार गरेको अवस्थामा के कस्तो प्रकृतिको प्रमाण नष्ट गर्न के कसरी सक्षम छन् भन्नेबारे थुनछेक आदेश वा लिखित जवाफमा स्पष्ट उल्लेख नभएको अवस्थामा प्रमुख भन्सार प्रशासकले गरेको थुनछेक आदेशलाई न्यायको रोहमा कानूनसङ्गत मान्न नसकिने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री माधव बास्कोटा तथा विद्वान् अधिवक्ताहरू श्री सुरज अधिकारी र श्री सुरेन्द्र कुँवर प्रत्यर्थीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री राधिका सुवाल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी ऐन, २०७५ भन्सार ऐन, २०६४ आदेश न्या.अनिलकुमार सिन्हा : नेपालको संविधानको धारा ४६, १३३ (२) र (३) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- विदेश दुवईबाट मिति २०७७।४।२५ गते दिनको ५:०० बजे FLY DUBAI को उडान नं. FZ ३५७३ बाट काठमाडौं आउँदै गर्दा हाम्रो लगेज भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा हाम्रो सुटकेसको फल्स बटममा फ्रेम गरिएको सेतो पदार्थले कोटेड गरिएको सुनसमेतको रू.५२,४०,२४७.८३।- बराबरको जम्मा तौल ११८४.०५।- फेला परेको भनी बरामद गरी म विरूद्ध लागेको अभियोगको विषयमा स्वच्छ सुनुवाइको मौका नदिई, कानून व्यवसायी राख्न अनुमति माग्दासमेत हाम्रो कानून व्यवसायी राखेर सुनुवाइ गर्ने परिपाटी छैन भनी कानून व्यवसायीलाई उपस्थित हुन नदिई, हाम्रो विरूद्धमा के कुन किसिमको अभियोग लागेको छ भनी सोधनी गर्दा पर्याप्त जवाफ नदिई, अभियोग र हाम्रो बयानसमेतको माग गर्दा, नक्कल नदिई टंकनाथ लम्सालको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार भएको सुनचोरी पैठारी (संवत् २०७७ सालको स.वा.फौ.नं. १७।०७७।७८) मुद्दामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट मिति २०७७।०५।१० मा भएको आदेशानुसार थुनामा राख