निर्णय नं. ४४४४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४४४ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/१२/१९ ४५३९ निर्णय नं. ४४४४ ने.का.प. २०४८ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४८ सालको रिट नं. १५६८ आदेश भएको मिति: २०४८।१२।१९ मा निवेदक : करिस्मा इम्पेक्स काठमाडौंका प्रोप्राइटर बसन्त शर्मा विरुद्ध विपक्षी : नेशनल ट्रेडिङ लिमिटेड, टेकुसमेत विषय : उत्प्रेषण (१) करार बमोजिमको शर्त पूरा गरी सकेपछि वा कुनै कारणले धरौटी राख्ने व्यक्तिलाई नै फिर्ता दिनु पर्ने अवस्थामा धरौटी फिर्ता गर्ने सूचना प्रकाशित गर्दा पनि निज नआएकोले जफत गरिएको भन्नु र करार जीवन्त वा वहाल रहेको अवस्थामा शर्त बमोजिम नगरेको भनी धरौट जफत गर्नु बेग्ला बेग्लै अवस्था र स्थितिको कुरा हो । धरौटी फिर्ता दिने गरी सूचना प्रकाशित गरी सकेपछि त्यस्तो धरौटी रकम करार भन्दा बाहिरको विषयवस्तु हुन आउने र सो धरौटीको रकम करारको दायित्वबाट अलग र स्वतन्त्र हुने । (प्रकरण नं. २२) (२) करारका पक्षहरुले आफ्नो आवश्यकता अनुकूल कानुनद्वारा निषेध नगरिएको शर्त बन्देजहरु राखी पारस्परिक हक दायित्वको श्रृजना गर्ने भएकोले करारद्वारा श्रृजित हक दायित्वलाई संवैधानिक एवं कानुनी हक दायित्वको स्तरमा राख्न मिल्दैन, संवैधानिक एवं कानुनी हक अधिकारको प्रचलनको लागि रहेको यस अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग करारका पक्षद्वारा श्रृजित हक अधिकारको प्रचलनको लागि हुन नसक्ने । (प्रकरण नं. २३) (३) कुनै गम्भीर स्थितिमा अथवा घोर अन्याय हुन जाने अवस्थामा बाहेक बैंकद्वारा दिएको परफरमेन्स बण्ड वा बैंकमा खोलिएको अपरिवर्तनीय प्रतितपत्र जस्ता विषयवस्तु उपर अन्तर्राष्ट्रिय व्यापारमा सर्वमान्य विश्वास डगाउने कुरा न्यायिक निकायबाट समेत हुनु हुन्न । (प्रकरण नं. २४) (साविक पेज नं. ८९१) (४) प्रस्तुत करारको सम्बन्धमा कुनै विवाद उठेमा सो को निर्णय मध्यस्थताबाट हुने भन्ने सम्झौतामा उल्लेख गरेकोबाट यस्तो विषयमा करार ऐनको अधिकार क्षेत्रभित्र पर्ने contractual obligation र Liabilities को कुरा हो । त्यसलाई कानुनी वा सम्वैधानिक हकाधिकार भन्न नमिल्ने । (प्रकरण नं. २५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री अनिलकुमार सिन्हा प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल, विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेल आदेश न्या.केदारनाथ उपाध्याय १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पर्न आएको रिटनिवेदनको विवरण निम्नानुसार छ । २. यस करिस्मा इम्पेक्सले आफ्नो प्रिन्सिपल किन युन कम्पनी प्रा.लि. सिंगापुरबाट नेशनल ट्रेडिङलि.लाई ५००० मेट्रिकटन सिमेन्ट सप्लाई गर्ने सम्बन्धमा टेण्डर भरी एल.सि.खोलिएको मितिले ६० दिनभित्र सिपमेन्ट हुने भनी राखेको शर्त स्वीकृत भई रु. ६४२०००। मात्रको परफरमेन्स बण्ड रा.बा.बैंक, मुख्य शाखा कार्यालय विशालबजार, काठमाडौंबाट जारी गराई नेशनल ट्रेडिङ लि.संग ता. १७ फेब्रुवरी १९९१ मा सम्झौता गरेकोमा सो टेण्डरको शर्त र सम्झौता बमोजिम ने.ट्रे.लि. ले एल.सि.खोलेको दिनले ६० दिनभित्र माल चलान गर्ने भन्ने शर्त भएको र माल चलान गर्न आवश्यक पर्ने संशोधित अन्तिम एल.सि.ता. १२ अप्रिल १९९१ मा खोलिएको सूचना १८ अप्रिल १९९१ मा प्राप्त भएकोमा सो दिन देखि ६० दिन भित्र अर्थात् १६ जुन १९९१ सम्ममा माल चलान गर्न पाउने सम्झौता अनुसारको समय हुँदा हुँदै १५ भई, १९९१ मा सम्झौता बदर गरी हाम्रो परफरम