निर्णय नं. १०८३१ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८३१ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६४ साल: २०७९ महिना: असार अंक: ३ फैसला मिति :२०७७/११/०३ २०७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।११।३ मुद्दाः मानव बेचबिखन तथा ओसारपसार ०७१-CR-१०७३ पुनरावेदक / वादी : कपिलवस्तु जिल्ला, निग्लिहवा गा.वि.स. वडा नं.४ बस्ने भोला भन्ने विराहिम पठानको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कपिलवस्तु जिल्ला, निग्लिहवा गा.वि.स. वडा नं. माइती घर भई हाल ऐ.पटना गा.वि.स. वडा नं.८ बस्ने भुखाली थारूको छोरी भीमाकुमारी थारू (चौधरी) समेत ०७३-CR-०६९३ पुनरावेदक / प्रतिवादी : नवलपरासी जिल्ला, रामग्राम नगरपालिका वडा नं.४ बस्ने अयोध्याको छोरा विनोदकुमार कोहार विरूद्ध प्रत्यर्थी / वादी : भोला भन्ने विराहिम पठानको जाहेरीले नेपाल सरकार विधायिकी कानूनले आफ्नो निर्दोषिता प्रमाणित गर्ने भार प्रतिवादीमा सारेको कारणले अभियोजन पक्षको उक्त दायित्व सीमित हुने वा समाप्त नहुने । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ९ ले प्रमाणको भार प्रतिवादीमा सारेको भए पनि वादी पक्षले अभियुक्तले गरेको कसुरको गहन अनुसन्धान गर्ने, कुन कानूनको उल्लङ्घन के कसरी भयो, कानूनविपरीत कार्य गरेको के कुन प्रमाणद्वारा पुष्टि गर्न सकिन्छ भनी अनुसन्धान र प्रमाण सङ्कलन गर्नेतर्फ अभियोजन पक्ष आफ्नो दायित्वबाट पन्छिन नमिल्ने । (प्रकरण नं.११) वादीका तर्फबाट : उपन्यायाधिवक्ता श्री ऋद्धिनाथ निरौला प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक कानून व्यवसायी अधिवक्ताद्वय श्री इन्दिरा सिलवाल र श्री रजिता थापा अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री अच्युतप्रसाद भण्डारी कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री किशोर सिलवाल माननीय न्यायाधीश श्री मनोजकुमार शर्मा पुनरावेदन अदालत बुटवल फैसला न्या.सुष्मालता माथेमा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) र (ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०६७।६।२३ गते अं.९:०० बजेको समयमा जिल्ला कपिलवस्तु गा.वि.स. निग्लिहवा वडा नं.४ मा सिलाई कटाई गर्न गएकी वर्ष अं.१५ की मेरी छोरी परिवर्तित नाम एसकुमारी खातुन घरमा फर्की नआएकी र खोजतलास गर्दा भीमाकुमारी चौधरी, विनोद कोहार र कुर्वान अली अन्सारीसमेतले बेचबिखन गरेको पत्ता लागेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेतको जाहेरी दरखास्त । ९८४७३२६९०३ नं.को मोबाइलबाट मेरो ९८४७३२३८२९ नं.मा पटकपटक मिसकल आउने र मैले फर्काएपछि विनोद कोहार नाम गरेको मानिसले फोन गरेकोमा सम्पर्क गर्दै जाँदा विनोद कोहार र मेरो सम्बन्ध प्रगाढ बन्दै गएको र मेरै गाउँकी परिवर्तित नाम एसकुमारी खातुनले मेरो मोबाइल पटकपटक खेलाउनेसमेत गरेकी, कहिलेकाहीँ विनोद कोहारले उसको साथीको ९८०७५८०५०२ नं.को मोबाइलबाट फोनसमेत गरे तापनि विनोद कोहारले यस नम्बरमा फोन नगर्नु भनेका थिए, त्यसपछि मैले निजलाई फोन नगरे पनि सोही नम्बरबाट पटकपटक फोन आउने गरेको र उक्त फोन गर्ने मानिसले अन्जु परिवर्तित नाम एसकुमारी खातुनलाई बोलाउन भनेपछि मैले निजलाई फोन सम्पर्क गराएकी हुँ, पछि परिवर्तित नाम एसक