निर्णय नं. १०८३३ - वैदेशिक रोजगार कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८३३ - वैदेशिक रोजगार कसुर भाग: ६४ साल: २०७९ महिना: असार अंक: ३ फैसला मिति :२०७८/०३/१० १०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७८।३।१० ०७५-CR-१३७३ मुद्दा:- वैदेशिक रोजगार कसुर पुनरावेदक / वादी : गोवबहादुर वि.क.को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : महानन्द गौतमको छोरा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.७ मैजुबहाल बस्ने सुधिरप्रसाद गौतम दुई पक्षबिच भएको लिखतमा तेस्रो पक्षको नाम उल्लेख हुनु र त्यस्तो पक्षको संलग्नता अन्य प्रमाण परिबन्धबाट प्रमाणित नभएको अवस्थामा कुनै लिखत कागजमा नाम उल्लेख भएकै आधारमा मात्र प्रतिवादीलाई कसुरदार ठहर गरी बिगोको फौजदारी दायित्व (Criminal Liability) बहन गराई बिगो भराउनु, हर्जानाबापतको रकम भराउनु फौजदारी न्यायको सिद्धान्तविपरीत हुने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री निरन्जन स्थापित प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०६४ सुरू फैसला गर्ने : माननीय अध्यक्ष श्री सत्यराज गुरूङ सदस्य श्री देवेन्द्रराज ढकाल सदस्य श्री रमादेवी पराजुली वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७५।०४।२९ को फैसलाउपर पुनरावेदन वादी नेपाल सरकारको तर्फबाट वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः तथ्य खण्ड विपक्षी सुरेन्द्रकुमार दर्जीले वैदेशिक रोजगारको लागि क्यानाडा पठाइदिने भनी नक्कली भिषाको प्रतिलिपि देखाई रू.२४,००,०००।– (चौबिस लाख रूपैयाँ) बुझिलिई भनेबमोजिमको वैदेशिक रोजगारमा नपठाई बुझिलिएको रकमसमेत फिर्ता नगरेकोले निजलाई पक्राउ गरी वैदेशिक रोजगार ऐनबमोमिज कारबाही गरी बिगो र सोको क्षतिपूर्ति रकमसमेत दिलाई भराई पाउँ भनी जाहेरवाला गोवबहादुर वि.क. (कामी) ले वैदेशिक रोजगार विभागमा दिएको किटानी जाहेरी दरखास्त । प्रतिवादी सुरेन्द्रकुमार दर्जीले जाहेरवाला गोवबहादुर कामीलाई वैदेशिक रोजगारीको लागि क्यानाडा मुलुकमा पठाइदिन्छु भनी रू.२४,००,०००।- (चौबिस लाख रूपैयाँ) रकम बुझिलिई प्रतिवादी सुधिरप्रसाद गौतमलाई समेत रकम बुझाएको बेहोरा उल्लेख गरी मिति २०७३।०२।०२ गते गरिदिएको सक्कल लिखत कागज । जाहेरवाला गोवबहादुर वि.क. (कामी) लाई वैदेशिक रोजगारका लागि क्यानाडा मुलुकमा पठाई रोजगार दिलाइदिने भनी रू.२४,००,०००।- (चौबिस लाख रूपैयाँ) सुरेन्द्रकुमार दर्जीले मेरो सामुन्ने मै नगदै रकम लिई गरिदिएको वैदेशिक रोजगारको लिखत कागजमा मसमेत साक्षी बसी सहीछाप गरिदिएको ठिक साँचो हो भन्ने बेहोराको लिखित कागजका साक्षी कमल सापकोटाले अनुसन्धान अधिकृतसमक्ष गरेको कागज । प्रतिवादीहरू सुरेन्द्रकुमार दर्जी र सुधिरप्रसाद गौतमले एकआपसमा मिलोमतो गरी वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न पाउने इजाजत अनुमति पत्र नलिई जाहेरवाला गोवबहादुर वि.क. (कामी) लाई वैदेशिक रोजगारको लागि क्यानाडा मुलुकमा पठाइदिन्छु भनी रू.२४,००,०००।- (चौबिस लाख रूपैयाँ) रकम बुझिलिई भनेबमोजिमको रोजगारीमा नपठाई लिए खाएको बिगो रकमसमेत फिर्ता नगरेको हुँदा निज प्रतिवादीहरूको उक्त कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर अपराध गरेको हुँदा