निर्णय नं. १०८३४ - कर्तव्य ज्यान तथा हातहतियार खरखजाना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८३४ - कर्तव्य ज्यान तथा हातहतियार खरखजाना भाग: ६४ साल: २०७९ महिना: असार अंक: ३ फैसला मिति :२०७८/१०/२७ १५७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७८।१०।२७ ०७४-CR-०७०१ मुद्दाः कर्तव्य ज्यान तथा हातहतियार खरखजाना पुनरावेदक / प्रतिवादी : खड्‌गप्रसादको छोरा, दोलखा जिल्ला, भिमेश्‍वर नगरपालिका वडा नं. ७ घर भई हाल कारागार कार्यालय, चरिकोट, दोलखामा थुनामा रहेका राजकुमार चौलागाई विरूद्ध प्रत्यर्थी / वादी : रूद्रप्रसाद चौलागाईको जाहेरीले नेपाल सरकार घटनामा प्रयोग हुन पुगेको हतियार जोखिमी थियो वा थिएन भन्ने कुराका आधारमा मात्रै कसुरको निर्धारण गर्न नमिल्ने । सो हतियारबाट कसरी दुष्परिणाम पैदा हुन पुग्यो, वा कार्यको परिणामप्रति कर्ताको कुनै स्वाभाविक सचेतना थियो वा थिएन भन्ने पक्ष पनि महत्त्वपूर्ण र विचारणीय हुने । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री जगतबहादुर कार्की प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : हातहतियार तथा खरखजाना ऐन, २०१९ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री शालिग्राम कोइराला दोलखा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री किशोर सिलवाल माननीय न्यायाधीश श्री राजेन्द्र सुवेदी उच्‍च अदालत पाटन फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्यगत बेहोरा जिल्ला दोलखा, भिमेश्‍वर नगरपालिका वडा नं. ७ सार्के स्वारा स्थित खड्गप्रसाद चौलागाईको कटेरो घरभित्रको कोठाको कुनामा रहेको दराजमाथि PAGARIA लेखिएको टि.भी. चल्ने अवस्थामा दुरूस्त रहेको, उक्त दराजनजिक भुइँमा ओछ्याइएको म्याटमा रगत जस्तो रातो पदार्थ लागेको तथा उक्त घर कटेरोको ४१ फिट ७ इन्च दक्षिणतर्फको शौचालयको पछाडि काठ दाउराले छोपिएको अवस्थामा काठको बिँड भएको १० इन्च लामो कटुवा पेस्तोल फेला पारी बरामद गरिएको र रगत जस्तो रातो पदार्थ लागेको म्याट काटी उठाइएको भन्ने बेहोराको घटनास्थल प्रकृति मुचुल्का । जिल्ला दोलखा, भिमेश्वर नगरपालिका वडा नं. १ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको लास घरभित्र मृतक रेश्मा चौलागाईको टाउकोपछाडिको भागमा रगत जस्तो रातो पदार्थ लागी कपालमा अल्झिएको अवस्थामा गोली फेला पारी बरामद गरिएको भन्ने बेहोराको मृतक रेश्मा चौलागाईको नामको लास जाँच मुचुल्का । मिति २०७२/०८/११ गते मेरो भतिजो वर्ष २९ को रामकृष्ण चौलागाई, निजको भाइ राजकुमार चौलागाई र रामकृष्णको छोरी ११ महिनाकी रेश्मा चौलागाई घरमा बसी टि.भी. हेरिरहेको अवस्थामा टि.भी. पड्‌किन गई घाइते भएकोमा उपचारको क्रममा चरिकोट स्थित अस्पतालमा मृत्यु भएको भन्ने सुनी थाहा पाएकोले मिति २०७२/०८/१२ गते घरमा गई हेर्दा टि.भी. जस्ताको त्यस्तै रहेको र निज नातिनीको लास जाँच मुचुल्का गर्ने क्रममा एक थान गोली फेला परेको र निज भतिजको घरको ट्वाइलेटपछाडि एक थान कटुवा पेस्तोलसमेत बरामद गरेको हुँदा घटनाको सम्बन्धमा के कसो भएको हो, वास्तविकता बुझी छानबिन गरिपाउँ भन्ने बेहोराको रूद्रप्रसाद चौलागाईको जाहेरी दरखास्त । जिल्ला दोलखा, भिमेश्‍वर नगरपालिका वडा नं. ७ सार्के स्वारा स्थित खड्‍गप्रसाद चौलागाईको भूकम्पपश्चात् भत्किएको