निर्णय नं. १०८३५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८३५ - उत्प्रेषण / परमादेश भाग: ६४ साल: २०७९ महिना: असार अंक: ३ फैसला मिति :२०७७/०८/२१ ३१८३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७७।८।२१ ०७५–WO-१०१२ मुद्दाः- उत्प्रेषण / परमादेश रिट निवेदक : पुण्यरत्न बहादुर शाहको नाति शशिनारायण शाहको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६, म्हेपी बस्ने अनुप शाहको अधिकृत वारिस शशिनारायण शाहकी बुहारी अनुप शाहकी श्रीमती ऐ.ऐ. बस्ने प्रार्थना शाह विरूद्ध प्रत्यर्थी : परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठिमी, भक्तपुरसमेत जन्ममिति जस्तो कुरामा इस्वी संवत्‌लाई विक्रम संवत्‌मा परिणत गर्दा कार्यालयको त्रुटि वा कमजोरीका कारण फरक मिति लेखिएकोमा त्यही कायम हुनुपर्छ भन्ने मान्न नसकिने । कार्यालयबाट भएको गल्तीले निवेदकको हक नजाने । (प्रकरण नं.५) रिट निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री उमेश खकुरेल र विद्वान्‌ अधिवक्ता श्री उत्तमप्रसाद सापकोटा प्रत्यर्थीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल, विद्वान्‌ अधिवक्ताहरू श्री प्रह्लादकुमार महत र श्री महेश महत अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ र धारा १३३(२) र (३) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ: तथ्य खण्ड रिट निवेदन बेहोरा म निवेदक दीपेन्द्र प्रहरी आवासीय माध्यमिक विद्यालय (हाल नेपाल पुलिस स्कुल) को विद्यार्थी हुँ । मैले कक्षा ४ देखि १० सम्म सोही विद्यालयमा अध्ययन गरी २०४६ सालमा एस.एल.सी. परीक्षामा सम्मिलित भई प्रथम श्रेणीमा उत्तीर्ण गरेको थिएँ । मेरो एस.एल.सी. सिम्बोल नम्बर ०२५४७८"X" हो । त्यसपछि अध्ययन गर्दै त्रिभुवन विश्वविद्यालयद्वारा २०६५ सालमा कलाशास्त्री (मानविकी तथा सामाजिक शास्त्र) स्नातक तहको द्वितीय श्रेणीमा उत्तीर्ण भई स्नातकोपाधि प्राप्त गरेको छु । म मिति २०५०।१२।१५ मा नेपाली सेनाको अधिकृत क्याडेट पदमा सेवा प्रवेश गरी विभिन्न तहमा पदोन्नति भई हाल प्रमुख सेनानी पदमा कार्यरत छु । मेरो जन्म वि.सं. २०३०।०६।२५ तदनुसार १९७३/१०/११ (AD) हो । मैले विद्यालय, कलेज, नागरिकता तथा नोकरीमा समेत सोही जन्ममिति उल्लेख गरेको छु । मैले विपक्षी तत्कालीन दीपेन्द्र प्रहरी आवासीय माध्यमिक विद्यालयमा मेरो जन्ममिति इ.सं. १९७३।१०।११ लेखाइ एस.एल.सी परीक्षामा सम्मिलित हुन भरेको आवेदन फारामसमेतमा मैले सोही जन्ममिति उल्लेख गरेको थिएँ । मैले परीक्षा नियन्त्रण कार्यालयबाट मिति २०७५।६।२१ मा प्रवेशिका परीक्षाको प्रमाणपत्र लिई हेर्दा मेरो जन्ममिति २०२९।६।२५ उल्लेख भएको रहेछ । यस सम्बन्धमा बुझ्दा विपक्षी परीक्षा नियन्त्रण कार्यालयले विपक्षी दीपेन्द्र प्रहरी आवासीय विद्यालयलाई २०४७ सालमा मेरो जन्ममिति सम्बन्धमा पत्राचार गरेको र विपक्षी विद्यालयले परीक्षा नियन्त्रण कार्यालयलाई च.नं.२७ मिति २०४७।०४।२२ मा पठाएको पत्रमा मेरो जन्ममिति इ.सं.१९७३।१०।११ लाई नेपालीमा परिवर्तन गर्दा २०३०।६।२५ हुनुपर्नेमा भुलवश मिति २०२९।६।२५ भएको भनी जवाफ पठाएको रहेछ । मैले मेरो जन्ममिति सच्याइपाउँ भनी मेरा सम्पूर्ण प्रमाण कागजहरू राखी विपक्षी परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०, सानोठिमी, भक्तपुरमा निवेदन दिएकोमा विपक्षीले मेरो जन्ममिति नसच्याई माध्यमिक शिक्षा उत्तीर्ण (एस.एल.सी.) पर