निर्णय नं. १०८३९ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८३९ - बन्दीप्रत्यक्षीकरण भाग: ६४ साल: २०७९ महिना: असार अंक: ३ फैसला मिति :२०७८/०४/०५ १२०१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा आदेश मिति : २०७८।४।५ ०७७-WH-०३९७ मुद्दाः- बन्दीप्रत्यक्षीकरण निवेदक : बालसुधार गृह बाँके डडुवाबाट कारागार कार्यालय बाँकेमा स्थानान्तरण गरिएका परिवर्तित नाम कञ्चनपुर ७५(१५) समेत विरूद्ध विपक्षी : कारागार व्यवस्थापन विभाग, कालिकास्थान, काठमाडौंसमेत कानूनले नै अन्य वयस्क कैदी बन्दीबाट अलग राख्नुपर्ने बालबालिकालाई १८ वर्ष पुगी युवा भएको भन्ने आधारमा कारागारमा पठाउन नमिल्ने । बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ (३) र (४) मा रहेको जघन्य कसुरमा हुन सक्ने सजायलाई दृष्टिगत गर्दा कसुर गर्दाका अवस्थामा बालबालिका भए पनि सुधार गृहमा बस्नुपर्ने अवधि भुक्तान हुने क्रममा १८ वर्ष नाघेको कारणबाट वयस्कलाई राख्ने कारागारमा स्थानान्तरण गर्दा बालन्यायको मूल उद्देश्य परास्त हुन पुग्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री अजय शंकर झा, श्री रविन्द्र भट्टराई, श्री पंकजकुमार कर्ण, श्री बिमला यादव र श्री नवल किशोर शाह विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री निरन्जन स्थापित अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान बालबालिकासम्बन्धी ऐन, २०७५ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ तथा १३३(२)(३) अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नअनुसार छ : बालसुधार गृह बाँकेमा थुना / कैदमा रहेका परिवर्तित नाम कञ्चनपुर ७५ (१५), परिवर्तित नाम किल्ला क चन्द्रकान्त नाथ, बब्लु मौर्य भन्ने देवव्रत मौर्य, ईरफान खान, रविन भन्ने नविन चौधरीसमेतका १० जना व्यक्तिहरूलाई विपक्षी नं. ४ बालसुधार गृह बाँकेको मिति २०७६।५।२ को च. नं. ५५४ अनुरोधपत्रको आधारमा विपक्षी नं. १ कारागार व्यवस्थापन विभाग कालिकास्थान काठमाडौंबाट मिति २०७६।५।८ गते कारागार कार्यालय बाँकेमा स्थानान्तरण गर्ने निर्णय भई निर्णयानुसार कारागार व्यवस्थापन विभाग कालिकास्थान काठमाडौंबाट मिति २०७६।५।९ गते विपक्ष नं. २ र ४ को नाउँमा पत्राचार भएअनुसार निजहरू दशैं जनालाई विपक्षी नं. २ कारागार कार्यालय, बाँकेमा स्थानान्तरण गरी निजहरूलाई अन्य कैदी बन्दीहरूको सँगसाथमा राख्ने कार्य भयो । विपक्षी बाँके कारागार कार्यालयमा कैदमा बस्दै जाने क्रममा थुनुवा बब्लु मौर्य भन्ने देवव्रत मौर्य, ईरफान खान, रविन भन्ने नविन चौधरीलाई मिति २०७७।८।२२ गते विपक्षी नं. ३ कारागार कार्यालय दाङ तुलसीपुरमा स्थानान्तरण गरी तीनै जना सोही कार्यालयमा रहेका छन् भने थुनुवा / कैदी ५२(८) बासुदेव घिमिरेसमेतका ५ जना व्यक्तिहरूलाई लागेको सजाय भुक्तान गरी हाल थुना मुक्त भइसकेका र कैद भुक्तान बाँकी रहेका परिवर्तित नाम कञ्चनपुर ७५ (१५), परिवर्तित नाम किल्ला क चन्द्रकान्त नाथ, बब्लु मौर्य भन्ने देवव्रत मौर्य, ईरफान खान, रविन भन्ने नविन चौधरीलगायत ५ जना कारागार कार्यालयमा कैदी जीवन व्यतीत गरिरहेका छन् । यसरी नाबालक अवस्थामा गरेको कसुरबापतको मुद्दाको सजाय भुक्तानका लागि भए पनि त्यस्ता व्यक्तिलाई बालसुधार गृहबाहेक अन्य कारागारमा राख्न नपाउने कानूनी व्यवस्था हुँदाहुँदै निज परिवर्तित नाम कञ्चनपुर ७५ (१५) समेतका व्यक्तिहरूलाई कानून व्यवस्थाविपरीत कारागारमा राख्नु गैरकानूनी रहेको हुँदा नेपालको संविधा