निर्णय नं. १०८४० - अपहरण गर्ने र शरीर बन्धक लिने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८४० - अपहरण गर्ने र शरीर बन्धक लिने भाग: ६४ साल: २०७९ महिना: असार अंक: ३ फैसला मिति :२०७८/०४/३२ १७२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति स् २०७८।४।३२ मुद्दाः( अपहरण गर्ने र शरीर बन्धक लिने ०७१(ऋच्(०३४८ पुनरावेदक र वादी स् राजु ढकालको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी र प्रतिवादी स् जिल्ला सुनसरी नरसिंह गा।वि।स। वडा नं। ४ बस्ने कोइली देवी उरावसमेत ०७५(ऋच्(०९७५ पुनरावेदक र प्रतिवादी स् जिल्ला सुनसरी साबिक नरसिंह गा।वि।स। वडा नं। ६ को हाल ऐ। भोक्राहा नरसिंह गा।पा। वडा नं। ७ बस्ने रामेश्वर मरवैता यादवसमेत विरूद्ध प्रत्यर्थी र वादी स् राजु ढकालको जाहेरीले नेपाल सरकार केवल घरबाट फिरौतीबापत लिएको रूपैयाँको नम्बर मिलेको आधारमा मात्र अपहरण गर्ने र शरीर बन्धकको कसुरमा संलग्नता रहेको थियो भनी मान्न नसकिने । ९प्रकरण नं।८० वादीका तर्फबाट स् उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी प्रतिवादीका तर्फबाट स् विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग तथा अधिवक्ताहरू श्री नरबहादुर गिरी, श्री प्रकाश निरौला, श्री योगेन्द्रबहादुर अधिकारी, श्री तुलबहादुर श्रेष्ठ, श्री सरला मोक्तान र श्री नारायणप्रसाद कोइराला अवलम्बित नजिर स् सम्बद्ध कानून स् मुलुकी अपराध संहिता, २०७४ बालबालिकासम्बन्धी ऐन, २०७५ ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ सुरू तहमा फैसला गर्नेः( माननीय न्यायाधीश श्री प्रेमराज ढकाल सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः( माननीय न्यायाधीश श्री कुमार चुडाल माननीय न्यायाधीश श्री राजकुमार वन पुनरावेदन अदालत विराटनगर फैसला न्या।अनिलकुमार सिन्हा स् पुनरावेदन अदालत विराटनगरको मिति २०७०र६र६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७४ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः( तथ्य खण्ड मिति २०६५र१२र२० को राति १२।४५ बजे बुबा खिलानाथ ढकाल सत्तेरझोरा वडा नं। ६ स्थित कामत घरमा सुतिरहेको अवस्थामा ५र७ जना अपरिचित मानिसको समूह आई हातहतियार देखाई जबरजस्ती पक्री मोटरसाइकलमा हाली अज्ञात स्थलतर्फ लगेकोले खोजतलास गरी अपराध गर्ने व्यक्तिलाई पत्ता लगाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको राजु ढकालको मिति २०६५र१२र२२ को जाहेरी दरखास्त । सत्तेरझोरा स्थित वडा नं।६ मा रहेको कामत घरबाट खिलानाथलाई अपहरण गरेको शाखा नहर नजिकबाट २ जोर चप्पल, गम्छा, स्पोर्ट क्याप टोपीसमेत बरामद भएको भन्ने घटनास्थल बरामदी मुचुल्का । कामत घर सत्तेरझोरा वडा नं।६ स्थितमा राति सुतिरहेको अवस्थामा मिति २०६५र१२र२० मा ५र७ जना हतियारधारीले हतियार देखाउँदै नियन्त्रणमा लिई मोटरसाइकलमा चढाई आँखामा पट्टी बाँधी ४ दिनसम्म एउटा घरमा राखे, निजहरूले छोरा राजु ढकालसँग रू।५०,००,०००।– पचास लाख माग् नत्र ज्यानै मारिदिन्छु भनी धम्क्याउँदै मलाई कुटपिट गरी २ वटा दाँत झारे, मलाई राखिएको ठाउँ नरसिंह वडा नं। ४ मा हुनुपर्दछ । पछि छोरा राजुले ५ लाख जम्मा गरेपछि मलाई छोड्ने कुरा गरेको, सो क्रममा निजहरूले १२र१५ वटा कागजमा सही गराएको, यो कुरा कतै भनेमा ज्यानै मार्ने र सम्पत्ति सबै लिने भन्दै मिति २०६६र१र६ को राति १२ बजे आँखामा पट्टी बाँधी मोटरसाइकलमा ल्याई हामीहरू गएको १० मिनेटपछि खोल्नु भने, पट्टी खोली हेर्दा इनरूवा नगरपालिका सोमबारे हटिया लाग्ने ठाउँमा छाडेछन् । त्यसपछि म घर गएँ भन्ने पी