निर्णय नं. १०८४२ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८४२ - जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: असार अंक: ३ फैसला मिति :२०७७/०९/०१ ५९२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७७।९।१ ०७६-CR-१२६७ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / वादी : वृत्त कालीमाटी २६(२२) ०७४/०७५ जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : बालदेव साहको नाति, बड्काप्रसाद शाहको छोरा, पर्सा जिल्ला, साबिक विश्रामपुर गाउँ विकास समिति वडा नं. ९, हाल परिवर्तित बहादुरमाई नगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३, कालीमाटी बस्ने रविकुमार गुप्ता प्रतिवादीले लामो समयसम्म डर, धाकधम्की दिई जबरजस्ती करणी गरेको भन्ने उमेर पुगेकी जाहेरवालीले त्यति लामो समयसम्म पनि प्रतिवादीको उक्त कार्यको बारेमा कोही कसैलाई नभनेको र घटनाको बारेमा कतै सूचना दिने प्रयाससमेत नगरेको, कहीँकतै उजुरी नगरेको, प्रतिवादीसँग सहज रूपमा विभिन्न ठाउँमा घुम्न गई सँगै रातसमेत बिताएको समेतका घटनाक्रम तथा परिस्थितिबाट जाहेरवालाको जाहेरी बेहोरा तथा बकपत्र बेहोरालाई स्वाभाविक रूपमा लिन नमिल्ने । जबरजस्ती करणी मुद्दामा पीडित नै मुख्य साक्षीको रूपमा रहने भएका कारण निजको भनाइ महत्त्वपूर्ण हुने भए तापनि अकाट्य प्रमाण हुन नसक्ने । जाहेरी तथा बकपत्र बेहोरा विश्वसनीय र सामान्य नजरले हेर्दा स्वाभाविक पनि देखिनुपर्ने । जाहेरवालीले आफूलाई प्रतिवादीले जबरजस्ती करणी गरेको भन्दैमा सो कुरालाई अन्य स्वतन्त्र प्रमाणहरूबाट तथ्यगत रूपमा पुष्टि नभएसम्म सोको प्रमाणिक महत्त्व नरहने । पीडितको कथन स्वाभाविक तथा घटनाक्रमसँग सिलसिलावद्ध रूपले मेल खाने प्रकृतिको हुनुका साथै वस्तुनिष्ट रूपले समर्थित हुनुपर्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ईश्वरीप्रसाद बन्जाडे प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा.न्यायाधीश श्री सुर्यनाथ प्रकाश अधिकारी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे माननीय न्यायाधीश श्री टेकनारायण कुँवर उच्च अदालत पाटन फैसला न्या.पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड प्रतिवादी रविकुमार गुप्ता कालीमाटी तरकारी बजारमा तरकारी खरिद बिक्रीको काम गर्ने हुँदा निजसँग ५/६ महिनादेखि सामान्य चिनजान भएकोमा मिति २०७५।२।२५ गते अं.१२:३० बजे रविकुमार गुप्ताले म जाहेरवाला नाम परिवर्तित वृत्त कालीमाटी २६(२२)(०७४/०७५) लाई आफ्नो कोठामा बोलाई निजले मलाई विभिन्न धाक धम्की दिई कुटपिट गरी इच्छा विपरीत जबरजस्ती करणी गरेको र सो घटनाका सम्बन्धमा कसैलाई बताए परिवारलाई समेत मार्ने धम्की दिएकोले मलाई सामान्य चिनजानमा ब्ल्याक मेलिङ्गसमेत गरी कोठामा बोलाई जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्ने बेहोराको वृत्त कालीमाटी २६(२२)(०७४/०७५) को जाहेरी दरखास्त । नाम परिवर्तित कालीमाटी २६(२२)(०७४/०७५) को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी पर्सा जिल्ला, साबिक विश्रामपुर गा.वि.स. वडा नं.९ परिवर्तित बहादुरमाई नगरपालिका वडा नं. ९ घर भई हाल काठमाडौं ज