निर्णय नं. १०८४३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८४३ - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: असार अंक: ३ फैसला मिति :२०७६/०५/०२ ३४८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही आदेश मिति : २०७६।५।२ ०७४-WO-०३६६ विषय : उत्प्रेषण निवेदक : जिल्ला पर्सा, मुडली गा.वि.स. वडा नं. ५ हाल कालिकामाई गाउँपालिका वडा नं. १ बस्ने भवन राउतको छोरा शिवनाथ राउत अहिर विरूद्ध विपक्षी : जिल्ला पर्सा, मुडली गा.वि.स. वडा नं. ५ हाल कालिकामाई गाउँपालिका वडा नं. १ बस्ने भवन राउतको छोरा वैजनाथ राउत अहिरसमेत नियमित प्रक्रियाअन्तर्गत टुङ्गिएको विवादमा प्रस्ट रूपमा कानूनी त्रुटि (apparent error of law) नदेखिएको, क्षेत्राधिकारको उल्लङ्घन नभएको, बदनियतपूर्ण नदेखिएको, प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूल नभएको र कानूनको उचित प्रक्रियाको अवलम्बन भएको अवस्थामा पनि मातहतका अदालतबाट भएका आदेशमा रिट क्षेत्रबाट हस्तक्षेप गर्दै जाने हो भने रिट क्षेत्राधिकारको स्थापित मान्यता नै पराजित हुन पुग्ने । सबुत प्रमाणको मूल्याङ्कन गरी रिट क्षेत्रबाट निर्णय हुनसक्ने अवस्था नरहने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री महादेव पण्डित र श्री अमर थापा विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री रामबन्धु शर्मा र श्री रामपुकार महतो अवलम्बित नजिर : सम्बद्ध कानून : ने.का.प.२०६८, अङ्क ८, नि.नं.८६६५ आदेश न्या.प्रकाशमान सिंह राउत : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त बेहोरा र निर्णय यसप्रकार छ:- तथ्य खण्ड म निवेदकले प्रत्यर्थी अब्बास मियां तेलीबाट मिति २०६३।१०।१९ गतेमा घर खर्च गर्न ऋण लिई घर व्यवहार गरेको र उक्त ऋण समयमा नै तिर्न नसकी निज प्रत्यर्थीले मिति २०६५।२।३० गतेका दिन पर्सा जिल्ला अदालतमा लेनदेन मुद्दा गरेकोमा साँवा रू.१,५१,०००। र त्यसको ब्याजसमेत भरिभराउ गर्न पर्सा जिल्ला अदालत तहसिल शाखामा दरखास्त परेको र प्रत्यर्थीहरू वैजनाथ राउत अहिर, धर्मनाथ राउत अहिर, कैलाशिया देवी अहिरिनसमेत भई चलेको दे.नं.११५८ मिति २०६७।२।२५ को अंश मुद्दामा पर्सा जिल्ला अदालतबाट मिति २०६८।५।२६ र पुनरावेदन अदालत हेटौंडाबाट मिति २०६९।८।२९ मा भएको फैसलाबमोजिम मिति २०७०।६।६ मा खडा भएको बण्डा मुचुल्काले ४ भागको १/१ भागको हिसाबले प्रत्यर्थीहरू वैजनाथ राउत अहिर, धर्मनाथ राउत अहिर, कैलाशिया देवी अहिरिनको अंशहक स्थापित भएको कि.नं. ३८९ र ३८६ को जग्गा फुकुवा नगर्न पर्सा जिल्ला अदालतका तहसिलदारबाट मिति २०७३।४।३० मा भएको आदेशउपर निवेदन परी उक्त बण्डा मुचुल्काबाट छुट्याएको अंशहकको जग्गा फुकुवा गर्ने गरी पर्सा जिल्ला अदालत तहसिल शाखाको मिति २०७३।४।३० को आदेश बदर हुने भनी पर्सा जिल्ला अदालतबाट मिति २०७३।१२।४ मा आदेश भएको थियो । पर्सा जिल्ला अदालतको उक्त आदेशउपर उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा अ.बं.१७ नं. को निवेदन दर्ता हुँदा ऋणी प्रतिवादी घरको मुख्य व्यक्ति भई ऋण लिएको प्रमाणबाट पुष्टि नभएको र निवेदन जिकिरको कि.नं. ३८६ र ३८९ को जग्गामा मि.नं. ४७६ को बण्डा मिसिलबाट बण्डा छुट्याइसकेकोसमेत देखिएबाट बण्डा मुचुल्काबाट छुट्याइएको अंश हकको जग्गा फुकुवाको लागि लेखी पठाइदिने गरी पर्सा जिल्ला अदालतको मिति २०७३।१२।४ मा भएको आदेश बेरितपूर्वक भएको भन्ने नदेखिँदा परिवर्तन गर्नुपरेन भनी मिति २०७४।३।८ मा आदेश भएको थियो । घर परिवारको एकै घरक