निर्णय नं. १०८४५ - अपुताली नामसारी दर्तासमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८४५ - अपुताली नामसारी दर्तासमेत भाग: ६४ साल: २०७९ महिना: असार अंक: ३ फैसला मिति :२०७८/०५/१३ ७२०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७८।५।१३ मुद्दा:- अपुताली नामसारी दर्तासमेत ०७५-CI-०१६३ पुनरावेदक / प्रतिवादी : स्व. राजुबहादुर शाहको श्रीमती काठमाडौं जिल्ला, विष्णु गा.वि.स. वडा नं. ७ बुढानिलकण्ठ परिवर्तित बुढानिलकण्ठ नगरपालिका वडा नं.४ बस्ने जयन्ती क्षेत्री सिलवाल शाह विरूद्ध विपक्षी / वादी : सुवर्णबहादुरको छोरी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१ बस्ने हिमालयदेवी शाह ०७५-CI-०२११ पुनरावेदक / प्रतिवादी : स्व. राजुबहादुर शाहको छोरी काठमाडौ जिल्ला, विष्णु गा.वि.स. वडा नं.७ बुढानिलकण्ठ परिवर्तित बुढानिलकण्ठ नगरपालिका वडा नं.४ बस्ने प्रियाणी शाह विरूद्ध विपक्षी / वादी : सुवर्णबहादुरको छोरी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१ बस्ने हिमालयदेवी शाह ०७५-CI-०२६९ पुनरावेदक / वादी : सुवर्णबहादुरको छोरी काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१ बस्ने हिमालयदेवी शाह विरूद्ध विपक्षी / प्रतिवादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं.२५ को परिवर्तित वडा नं.२४ घर भई साबिक विष्णु गा.वि.स. वडा नं.७ को हाल परिवर्तित बुढानिलकण्ठ नगरपालिका वडा नं.४ बस्ने जयन्ती शाहसमेत ०७५-CI-०७६२ पुनरावेदक / प्रतिवादी : स्व. राजुबहादुर शाहको श्रीमती सुनसरी जिल्ला, लौकही गा.वि.स. वडा नं.९ को हाल परिवर्तित ऐ. कोशी गाउँपालिका वडा नं.१ बस्ने कमला राजभण्डारी शाह विरूद्ध विपक्षी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१ बस्ने हिमालयदेवी शाह अपुतालीको सम्बन्धमा स्याहार सम्भार गर्ने व्यक्तिलाई नै मर्ने व्यक्तिको अपुताली खाने पहिलो हकदार मानिएको देखिन्छ । बाँचुन्जेल मर्ने व्यक्तिलाई स्याहार सम्भार नगर्ने तर मरेपछि मर्ने व्यक्तिसँग केवल नाता र हकदार हुनुको आधार देखाएर अपुतालीको सम्पत्ति दाबी गर्ने र त्यस्ता सम्पत्तिमा हक प्राप्त गर्ने कुरा अपुतालीको मूल मकसदभन्दा बाहिर जाने । स्याहार सम्भार नगर्ने, आफ्नो कर्तव्य निर्वाह नगर्ने, तर मरेपछि केवल नाता हकदार देखाएर अपुतालीको सम्पत्ति प्राप्त गर्न खोज्नु स्वाभाविक मान्न नमिल्ने । (प्रकरण नं.१२) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, श्री मातृकाप्रसाद निरौला, श्री सतिस कृष्ण खरेल तथा विद्वान्‌ अधिवक्ताहरू श्री ऋषिराज शर्मा, श्री रामकृष्ण काफ्ले, श्री राममाया लामिछाने, श्री टंकहरि दहाल, श्री सुस्मीता कोइराला, श्री माधवप्रसाद कोइराला, श्री खम्बबहादुर खाती र श्री राजकुमार निरौला वादीका तर्फबाट : वरिष्ठ अधिवक्ताहरू श्री खगेन्द्रप्रसाद अधिकारी, श्री प्रकाशबहादुर के.सी., श्री रमनकुमार श्रेष्ठ तथा विद्वान् अधिवक्ता श्री केशव अर्याल अवलम्बित नजिर : ने.का.प.२०७७, अङ्क ३, नि.नं.१०४६० ने.का.प.२०७६, अङ्क १२, नि.नं.१०३९४ ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००९ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने माननीय जिल्ला न्यायाधीश श्री हेमन्त रावल काठमाडौं जिल्ला अदालत उच्च तहमा फैसला गर्ने माननीय न्यायाधीश श्री राजकुमार वन माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे उच्च अदालत पाटन फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९ को उपदफा (१)(ग) बमोजिम यसै अदालतको क्षेत्राध