निर्णय नं. १०८४८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८४८ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/१०/१७ १३८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।१०।१७ ०७६-RC-०१४७ मुद्दा: कर्तव्य ज्यान वादी : दिलकुमार लोहारको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : भोजकुमार न्यौपानेको छोरा गोरखा जिल्ला, आरूघाट गाउँपालिका वडा नं. २ घर भई हाल जिल्ला कारागार कार्यालय, गोरखामा थुनामा रहेको कृष्‍ण भन्‍ने प्रमिश न्यौपाने घटना घटेको अवस्था र परिस्थिति मृतक तथा प्रतिवादीबिच पूर्वरिसइवीको अवस्था, वारदातको प्रकृति, प्रतिवादीको पूर्वआपराधिक चरित्र, अपराध घटाउने पूर्वतयारी, कसुरदारको उमेर तथा शारीरिक र पारिवारिक अवस्था सबै वा केही तत्त्वहरूको विद्यमानताको समग्र परिस्थितिलाई हेरी साबिक मुलुकी ऐन, अ.बं. १८८ नं. को प्रयोग गर्नुपर्ने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री डम्बरप्रसाद काफ्ले प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री यदुनाथ खनाल, विद्वान्‌ अधिवक्ता श्री मनिषा बस्नेत तथा विद्वान्‌ वैतनिक अधिवक्ता श्री सुधा धिताल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री बसन्तराज पौडेल गोरखा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री जगतप्रसाद श्रेष्‍ठ माननीय न्यायाधीश श्री डालकुमार खड्का उच्च अदालत पोखरा फैसला न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा १० बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र परी साधकको रोहमा दायर भएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड जिल्ला गोरखा, आरूघाट गाउँपालिका वडा नं. २ मान्बु खत्री टोलस्थित कृष्ण न्यौपानेको घरको उत्तरतर्फको कोठाभित्र खाटमुनि सञ्‍जिता अधिकारीको मृत लास रहेको, मृतकको दायाँपट्टि पेटको भागमा तीन ओटा निलडाम देखिएको, दायाँ हातको कुहिनामुनि खोस्रिएको दाग रहेको, मुखबाट रगत जस्तो रातो पदार्थ र नाकबाट सिँगान जस्तो बाक्लो तरल पदार्थ निस्किएको अवस्थामा रहेको भन्‍नेसमेत बेहोराको मृतक सञ्‍जिता अधिकारीको मिति २०७५।०१।२७ मा भएको घटनास्थल लास जाँच प्रकृति मुचुल्का । मिति २०७५।०१।२६ गते राति जिल्ला गोरखा, आरूघाट गाउँपालिका वडा नं. २ मान्बु खत्री टोलस्थित कृष्ण न्यौपानेको घरमा सञ्‍जिता अधिकारी नाम गरेकी महिलाको मृत लास फेला परेको घटना सम्बन्धमा सत्य तथ्य बुझ्दा कृष्ण न्यौपानेले निजको हत्या गरेको हुन सक्ने शंका लागी सोधपुछ गर्दा निजले मृतक सञ्‍जिता अधिकारीलाई काठमाडौंबाट गोरखा ल्याई आफ्नो पूरानो घरमा राखेको र मिति २०७५।०१।२६ गते बिहान निजले मलाई गालीगलौज गरेपछि रिसको आवेशमा आई हातमुक्‍का निजको शरीरको विभिन्‍न भागमा हानी कुटपिट गरी लडाई घर गएको र पछि आउँदा निजको मृत्यु भइसकेको रहेछ भनी सोधपुछको क्रममा खुलाएको हुँदा निज कृष्ण न्यौपानेलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको प्र.नि. सुरज कार्कीसमेतको मिति २०७५।०१।२८ को प्रहरी प्रतिवेदन । मिति २०७५।०१।२६ गते राति जिल्ला गोरखा, आरूघाट गाउँपालिका वडा नं. २ मान्बु खत्री टोलस्थित कृष्ण न्यौपानेको घरमा मृत अवस्थामा फेला परेकी सञ्‍जिता अधिकारीको मृत लास मलाई देखाउँदा देखेँ, उक्त मृत लास मेरो छोरी सञ्‍जिता लोहारको हो, निजको उमेर १७ वर्ष र वतन जिल्ला झापा, अर्जुनधारा नगरपालिका वडा नं. ५ कञ्चनबारीमा पर्दछ, मृत लास सञ्‍जिता अधिकार