निर्णय नं. १०८४९ - कित्ताकाट निर्णय बदर दर्ता बदर हक कायम दर्ता चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८४९ - कित्ताकाट निर्णय बदर दर्ता बदर हक कायम दर्ता चलन भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/११/०३ १८१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।११।३ ०७०-CI-०८५१ मुद्दा: कित्ताकाट निर्णय बदर दर्ता बदर हक कायम दर्ता चलन पुनरावेदक / प्रतिवादी : रौतहट जिल्ला, मत्सरी गा.वि.स. वडा नं. ९ बस्ने घनश्याम झा विरूद्ध प्रत्यर्थी / वादी : रौतहट जिल्ला, मत्सरी गा.वि.स. वडा नं. २ बस्ने राजेन्द्रप्रसाद श्रीवास्तवसमेत ससीम कित्ता जग्गा बिक्री गरिसकेपछि पनि उक्त कित्ताको बढ जग्गामा बिक्रेताको नै अधिकार हुन्छ भनी दाबी गर्ने अधिकारलाई मान्यता दिँदै जाने हो भने क्रेताको उक्त जग्गामाथिको अधिकारमा समेत सदैव अन्योलताको स्थिति कायम रहिरहने । (प्रकरण नं.१३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान्‌ अधिवक्ता श्री सतिसकुमार झा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री प्रशन्‍न कृष्ण दास अवलम्बित नजिर : ने.का.प.२०६१, अङ्क २, नि.नं.७३५४ ने.का.प.२०५१, अङ्क १, नि.नं.४८४५ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने :- माननीय न्यायाधीश श्री बाबुराजा कार्की रौतहट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने :- मा. मुख्य न्यायाधीश श्री केशरीराज पण्डित माननीय न्यायाधीश श्री सुष्मालता माथेमा पुनरावेदन अदालत हेटौंडा फैसला न्या.मीरा खडका : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी परेको निवेदनमा निस्सा प्रदान भई पुनरावेदन रोहमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला रौतहट, मत्सरी गा.वि.स. वडा नं. ४ को घनश्याम झाको नामदर्ताको कि.नं. १८६ को ०-१२-१८ जग्गा निजले जिल्ला दैवी प्रकोप उद्धार समिति, रौतहटलाई मिति २०४६।०७।१६ मा राजीनामा पारित गरिदिनु भएकोमा रेडक्रस सोसाइटी, रौतहटले वितरण गरेबमोजिम सोही मितिदेखि हामी बसोबास गरी आएका छौं । उक्त जग्गामा हाम्रो घरबास भएको भनी गा.वि.स.ले जोगेन्द्रलाल कायस्थको हकमा ०-०-१२ र राजेन्द्रप्रसाद श्रीवास्तवको हकमा ०-०-१० सिफारिस गरेको थियो । हामी दाजुभाइबिच चलेको २०५९ सालको अंश दर्ता मुद्दामा कि.नं.१८६ को जग्गामध्ये ०-१-२ मा बनेको घर, घरबास प्रयोजनको लागि ३ भाग लगाई भोग चलनसम्म गर्ने गरी फैसला भएको र उक्त मुद्दाको वादी राजेन्द्रप्रसादले आफ्नो हिस्सा चलन गरी बाँकी हामी अन्य अंशियारको भोगमा रहेको छ, घरबाससमेतको जग्गा बन्डा छुट्टाइदिन राजेन्द्रप्रसादले जिल्ला प्रशासन कार्यालय, रौतहटमा निवेदन दिई जिल्ला प्रशासन कार्यालयले नापी शाखा, रौतहटलाई सोहीबमोजिम गराई दिन पत्र लेखेकोमा नापीले छुट्याउँदा ट्रायल चेकबाट ०-०-६ बढी निस्केकोमा उक्त बढी ०-०-६ जग्गा विपक्षी घनश्याम झाले आफ्नो भनी कित्ताकाट गराई कि.नं.३०३ कायम गरी आफ्नो नाममा दर्तासमेत गराएका रहेछन्‌, पूरै कित्ता जग्गा बिक्री गर्ने विपक्षीले अहिले आएर कित्ताकाट दर्तासमेत गराउने कार्य गरेकोले हाम्रो हक भोगको जग्गालाई त्यसरी गराएको कित्ताकाट दर्तासमेत बदर गरी कि.नं.३०३ को ०-०-६ जग्गासमेत कि.नं.१८६ मै समावेश गरिपाउँ भन्‍नेसमेत बेहोराको वादी जोगेन्द्रलाल कायस्थसमेतको मिति २०६२।०८।०१ को फिरादपत्र । मैले रेडक्रस सोसाइटी रौतहट, गौरलाई कि.नं.१८६ को ०-१२-१८ धुर क्षेत्रफल म