निर्णय नं. १०८५० - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८५० - जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०३/३० २२६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७८।३।३० ०७६-CR-१२१६ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : सल्यान जिल्ला, कपुरकोट गाउँपालिका वडा नं.६ घर भई हाल तुलसीपुर कारागार शाखामा थुनामा रहेको हिरालाल भण्डारी विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम थर ५५ ट १ को जाहेरीले नेपाल सरकार पीडितको सहमति मन्जुरीमा करणी लिनु दिनु गरेको भए पीडितलाई प्रतिवादीले रकम दिनुपर्ने प्रयोजन नरहने । रकम लिनु दिनु गरेको भन्‍ने कागजको बेहोराकै आधारमा सहमतिमा करणी भएको मान्‍न नसकिने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय डा.श्री दिनमणी पोखरेल र श्री जगन्नाथ श्रेष्ठ प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : ने.का.प.२०७२, अङ्क १, नि.नं.९३३५ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री मदनबहादुर धामी सल्यान जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री हरिकुमार पोखरेल माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ उच्च अदालत सुर्खेत फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड मिति २०७४।२।१९ गतेका दिन मैले खेतमा काम गरिरहेको अवस्थामा मेरो कान्छो छोराले म भएको ठाउँमा आई बुबा दिदीलाई खोलीगाउँमा खै कसले कुटपिट गरेको छ, तपाइँलाई बोलाएका छन् भनेपछि म र मेरो श्रीमती प्रतिवादी हिरालाल भण्डारीको घरनजिकै पुग्दा मेरो वर्ष १९ की छोरी सङ्केत नाम ५५ट(२) एक्लै रूँदै थिई र छोरीको शरीरमा समेत निलडाम तथा चोटपटक लागेको थियो, अलि पर गाउँलेहरू भेला जम्मा भएका थिए अनि मैले छोरीलाई तँलाई कसले के गर्‍यो किन रोएर बसेकी छस् भनी सोध्दा हिरालाल भण्डारीले दिदीको घर जान लागेको अवस्थामा निजको घरनजिकै रहेको अमराईभित्त सामुदायिक वनमा लगी मेरो मुख थुनी मलाई जबरजस्ती करणी गरेको थियो । यो कुरा घरमा कोही कसैलाई नभन्‍नु, भनिस् भने काटछु, मार्छु भनी धम्की दिएकोले मैले सो घटनाको बारेमा कसैलाई भन्‍न सकिनँ भनी मलाई छोरी ५५ट(२) ले घटनाको बारेमा जानकारी गराएपछि मैले थाहा पाई म तत्काल निज हिरालाल भण्डारीको घरमा गई तपाइँले यस्तो गल्ती काम गर्नुभयो म प्रहरी कार्यालयमा गई उजुर गर्छु भन्दा मैले गल्ती गरेँ, बिराएँ यतै कुराकानी मिलाउँछु कोही कसैलाई नभन्‍नु भनी सो स्थानमा भेला जम्मा भएका गाउँलेहरूको सामुन्‍ने बोलेका थिए र पछि मलाई एक्लै भेट गरेर त्यो घटना कसैलाई भनिस् भने नराम्रो होला, दाङमा मेरो मान्छेहरू छन् बोलाएर तँलाई मार्न लगाउँछु भनी मलाई बारम्बार ज्यान मार्ने धम्की दिएकोले डरले गर्दा तत्काल मैले उजुर गर्न नसकेको भन्‍ने बेहोराको परिवर्तित सङ्केत नाम ५५ ट(१) को जाहेरी दरखास्त । जिल्ला सल्यान, कपुरकोट गाउँपालिका वडा नं. ६ सामुदायिक वन, केही भिरालो खाली चउर (जग्गा) सो स्थानको वरिपरि चारैतर्फ सल्लाका रूखहरू रहेको सो चउरको बिच भागमा सल्लाको सानो रूख सो रूखको नजिकै जिल्ला सल्यान, कपुरकोट गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २७ को