निर्णय नं. १०८५१ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८५१ - जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/१०/२५ ३७०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७८।१०।२५ ०७७-CR-१२७५ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नामथर ६२ दैलेख शीवाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : प्रेमप्रकाश शाहीको छोरा दैलेख जिल्ला, आठबिस नगरपालिका वडा नं.६ बस्ने आदर्शप्रकाश शाही जबरजस्ती करणी भएको अवस्थामा मात्र यौनाङ्गमा चोट देखिने, सहमतिको करणीमा नदेखिने भन्न नमिल्ने । जाहेरवाला र प्रतिवादीले सहमतिमा करणी भएको भनी जिकिर लिइरहेको अवस्थामा शारीरिक परीक्षण प्रतिवेदनमा करणी भएको देखिएकै आधारमा जबरजस्ती करणी भएको भनी निष्कर्षमा पुग्न नमिल्ने । जाहेरवालाको बकपत्र मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भइरहेको अवस्थामा निजको बकपत्रलाई केवल प्रतिवादीलाई सजायबाट बचाउने उद्देश्यले गरेको भनी सो बकपत्रको प्रामाणिक मूल्यलाई नजरअन्दाज गर्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशम आचार्य प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७०, अङ्क ११, नि.नं.९०७५ ने.का.प.२०७०, अङ्क ६, नि.नं.१०५२० सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री दण्डपाणी लामिछाने दैलेख जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्यायाधीश श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री राजेन्द्र सुवेदी उच्च अदालत सुर्खेत फैसला न्या.डा.मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड मिति २०७६।०१।२४ गते राति १२:०० बजेको समयमा प्रतिवादी आदर्शप्रकाश शाही जिल्ला दैलेख, नारायण नगरपालिका वडा नं.१ गणेशचोकस्थित मेरो नास्ता पसलमा मदिरा सेवन गरी आई मलाई जबरजस्ती समाई लछारपछार गरी बिछ्यौनामा लगी पल्टाई मेरो शरीरमा भएको कपडा खोली मलाई जबरजस्ती करणी गरेकोले निज प्रतिवादी आदर्शप्रकाश शाहीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम ६२ दैलेख शीवाको जाहेरी दरखास्त । जिल्ला दैलेख, नारायण नगरपालिका वडा नं.१ गणेश चोकस्थित पूर्वमा दैलेख बजारबाट काँडाचौरतर्फ जाने सडक, पश्चिममा पूरानो खाद्य संथान, उत्तर पश्चिममा पूरानो खाद्य संथानतर्फ जाने बाटो, दक्षिणमा ध्रुव थापाको पक्की घर यति चारकिल्लाभित्र रहेको सूर्यबहादुर थापाको तीनतले घरको बिच तलामा रहेको पीडित परिवर्तित नाम ६२ दैलेख शीवाले सञ्चालन गरेको नास्ता पसलको भित्र पश्चिमतर्फ रहेको कोठामा रहेको बिस्तारामा प्रतिवादी आदर्शप्रकाश शाहीले पीडित परिवर्तित नाम ६२ दैलेख शीवालाई जबरजस्ती करणी गरेको भनी पीडितले देखाएको चारकिल्लासहितको घटनास्थल मुचुल्का । मिति २०७६।०१।२४ गते साँझपख जिल्ला दैलेख, नारायण नगरपालिका वडा नं.१ गणेश चोकस्थित परिवर्तित नाम ६२ दैलेख शीवाको नास्ता होटल पसलमा गई मदिरा सेवन गरी, निज पीडित परिवर्तित नाम ६२ दैलेखसँग जिस्किने क्रममा मैले निजलाई शारीरिक सम्पर्क राख्न दिन्छ्यौ भन्दा निज पीडितले राति गरौँला भनेपछि म निजकै नास्ता होटल पसलमा बसेकोमा राति १२:०० बजेतिर निजसँग जिस्किने क्रममा निज पनि मसँग जिस्किदै मलाई अँगालोमा