निर्णय नं. १०८५३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८५३ - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/१०/१६ २८२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति स् २०७८।१०।१६ ०७६(ऋच्(०२५८ मुद्दास् कर्तव्य ज्यान पुनरावेदक र प्रतिवादी स् दानप्रसाद प्रसाईकी छोरी लोकनाथ पौडेलकी पत्नी झापा जिल्ला साबिक हल्दिबारी गाउँपालिका वडा नं। २ घर भई हाल कारागार कार्यालय चन्द्रगढी झापामा थुनामा रहेकी लक्ष्मी पौडेल विरूद्ध प्रत्यर्थी र वादी स् मदन पौडेलको जाहेरीले नेपाल सरकार वारदातस्थलबाट भाग्न सक्ने पर्याप्त समय र परिस्थिति हुँदाहुँदै भागेर आफ्नो ज्यान जोगाउने प्रयास गरेको नदेखिँदा आत्मरक्षाको लागि मृतकमाथिको प्रहार नै एक मात्र अन्तिम विकल्प थियो भन्न नमिल्ने । ९प्रकरण नं।८० पुनरावेदक र प्रतिवादीका तर्फबाट स् विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुङ्गेल प्रत्यर्थी र वादीका तर्फबाट स् अवलम्बित नजिर स् ने।का।प।२०७६, अङ्क ९, नि।नं।१०३५१ ने।का।प।२०७१, अङ्क ९, नि।नं।९२४२ सम्बद्ध कानून स् मुलुकी अपराध संहिता, २०७४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ सुरू फैसला गर्ने स् माननीय न्यायाधीश श्री शान्तिप्रसाद आचार्य झापा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः( माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल माननीय न्यायाधीश श्री अच्युत विष्ट उच्च अदालत विराटनगर, इलाम इजलास फैसला न्या।विश्वम्भरप्रसाद श्रेष्ठ स् प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छ । तथ्य खण्ड जिल्ला झापा, साबिक हल्दिबारी गा।वि।स। वडा नं। ७ हाल हल्दिबारी गाउँपालिका वडा नं। २ स्थित पूर्वमा मदनकुमार पौडेलको खाली खेत, पश्चिममा मृतक लोकनाथ पौडेलको खाली खेत, उत्तरमा हेम गिरीको घर जग्गा, दक्षिणमा मदन पौडेलको खेत, यति चार किल्लाभित्र रहेको मृतक लोकनाथ पौडेलको खेत सोही खेतमा पूर्व खुट्टा, पश्चिम टाउको, खैरो हाफपेन्ट र सेतोमा धर्का भएको हाफ भेष्ट लगाई खेतमा जमेको पानीमा घोप्टो भई डुबेको अवस्थामा लोकनाथ पौडेलको मृत लासलाई निकाली हेर्दा, दाहिने च्युँडोमा डेढ इन्च लम्बाइ भएको ठाडो र तेर्सो चोट लागी हड्डी फुटेको, बायाँ आँखाको माथि २ इन्च ५ सेन्टिमिटर लम्बाइ भएको तेर्सो र सोही नजिक १ इन्च लम्बाइ भएको ठाडो चोट, दाहिने आँखीभौँदेखि निधारसम्म आधा इन्च ठाडो चोट, टाउकोमा २ इन्च लम्बाइ र १ इन्च चौडाइ भएको तेर्सो ठाडो चोट, टाउकोको अगाडि भागबाट गिदी निस्केको, टाउकोको पछाडि बायाँ भागमा २ इन्च ५ से।मि। लम्बाइ भएको चोट र टाउकोपछाडि भागमा २ इन्च ५ से।मि। लम्बाइ र आधा इन्च गहिराइ भएको चोट तथा नाक, मुखको भागमा समेत गहिरो चोट, छातीको दाहिनेपट्टि आधा इन्च घस्रिएको चोट, नाकमा चोट, कानबाट रगत बगेको, मुखमा चोट लागी हल्का खुल्ला भई दाँत देखिएको, बायाँ हात सोझो रहेको, दायाँ हात सिधा कुमको भागमा रहेको, दुवै खुट्टा सिधा रहेको भन्नेसमेत बेहोराको मिति २०७४।०३।२५ को घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का । मिति २०७४।०३।२५ गते बिहान अं। ६स्०० बजेको समयमा म नोकरीको सिलसिलामा मतगणना गरिरहेको बेला मेरो जेठो दाजु लोकनाथ पौडेल घर नजिकै रहेको खेतमा भएको पानीमा डुबी मृत अवस्थामा मेरो साइलो भाइ टेकेन्द्रकुमार पौडेलले फेला पारेको भन्ने जानकारी पाई तत्काल घटनास्थलमा