निर्णय नं. १०८५४ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८५४ - अंश चलन भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०६/११ ४३५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री कुमार रेग्‍मी फैसला मिति : २०७८।६।११ ०६७-CI-०२१५ मुद्दाः अंश चलन पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं म.न.पा. वडा नं. १९ दमाईटोल बस्ने राम शाहीसमेत विरूद्ध प्रत्यर्थी / वादी : ललितपुर जिल्ला, ल.पु.उप-म.न.पा. वडा नं.९ च्यासल बस्ने प्रेमकुमारी शाहीसमेत पति-पत्नी, बाबु-छोरासम्बन्धी नाता सम्बन्धका विवादमा DNA परीक्षण प्रतिवेदनलाई अन्य सबै प्रमाणहरूको तुलनामा सर्वाधिक निर्णायक (Conclusive) र एक मात्र अन्तिम प्रमाण मान्नुपर्दछ भन्ने अनिवार्यता रहेको देखिँदैन । यो एक सापेक्षिक कुरा हो । विविध प्रमाणहरूमध्ये DNA परीक्षण प्रतिवेदन अवश्य नै एउटा महत्त्वपूर्ण प्रमाण हुन सक्तछ । तर यो नै एक मात्र र अन्तिम प्रमाण भने होइन । यसलाई सामाजिक यथार्थ वा सन्दर्भअनुसार हेरिनु र मूल्याङ्कन गरिनुपर्ने । (प्रकरण नं.५) नागरिकताको प्रमाणपत्रमा पतिको नाम उल्लेख नगरेको भन्ने कारणलाई प्रमाणको रूपमा ग्रहण गरी नाता सम्बन्ध कायम नहुने ठहर गर्नु उचित नहुने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल तथा विद्वान्‌ अधिवक्ताहरू श्री कमलनयन पन्त, श्री रामेश्वरप्रसाद कोइराला र श्री टिकाराम भट्टराई प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री बलबहादुर राई तथा श्री हरिश्चन्द्र सुवेदी अवलम्बित नजिर : ने.का.प.२०३४, नि.नं.१०५२ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा रायबाझी फैसला गर्ने : माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय मा.न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई पुनरावेदन अदालत पाटन, ललितपुर पुनरावेदन तहमा फैसला गर्ने एक न्यायाधीश: माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा पुनरावेदन अदालत पाटन, ललितपुर फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ बमोजिम यस अदालतमा पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्यगत बेहोरा प्रतिवादीमध्येका राम शाही हामी फिरादीका पति तथा पिता हुन् । उहाँका २ वटा श्रीमतीमध्ये रामदेवी शाही जेठी र म प्रेमकुमारी कान्छी हुँ । जेठी श्रीमतीबाट १ छोरा विकास शाही र मेरोतर्फबाट १ छोरा विनोद शाहीको जन्म भएको हो । जेठीका तर्फबाट २ जना छोरीहरूको जन्म भई उनीहरूको विवाहसमेत भइसकेको छ । हामी ५ जना अंशियार रहेको र हामीहरूको अंशबन्डा भएको छैन । हामीलाई अंश दिनुपर्‍यो भनी विपक्षी पति एवं पितालाई माग गर्दा अंश दिन इन्कार गरेका हुँदा विपक्षीको सम्पूर्ण चल अचल सम्पत्तिलाई ५ भाग लगाई सोमध्येबाट हामी फिरादीको २ भाग अंश छुट्याई चलनसमेत चलाइपाउँ भन्नेसमेत बेहोराको मिति २०५८।७।२७ को प्रेमकुमारीसमेतको फिराद दाबी । विपक्षीहरूलाई हामीले चिनेकोसम्म पनि छैनौं । फिराद लेखअनुसार २०३१ सालमा विवाह भएको होइन । २०३३ सालमा विनोद शाहीको जन्म भएको भनिएकोमा म राम शाहीले विवाह नगरेको हुँदा वादीहरूले षड्यन्त्रमूलक तवरले हाम्रो सम्पत्ति खाने नियत राखी फिराद दिएका मात्र हुन् । प्रेमकुमारी शाहीले मिति २०४२।२।२ गते नागरिकता लिँदा पतिको महलमा नामसमेत लेखाउन सकेकी छैनन् । हाम्रो सम्पत्तिबाट वादीहरूलाई अंश दिनुपर्ने