निर्णय नं. १०८५५ - उत्प्रेषण परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८५५ - उत्प्रेषण परमादेशसमेत भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०६/०६ १५१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७८।६।६ ०७३-WO-०६१० मुद्दाः- उत्प्रेषण परमादेशसमेत निवेदक : श्रीलाल रोकाको छोरी वीरेन्द्रबहादुर घर्ती मगरको श्रीमती म्याग्दी जिल्ला, वरंजा गा.वि.स. वडा नं. ६ माझगाउँ घर भई कृषि विकास बैंक लिमिटेडमा लेखापाल पदबाट गैरकानूनी रूपमा हटाउने निर्णय भएको भदेवी घर्ती मगर (रोका) विरूद्ध विपक्षी : कृषि विकास बैंक लिमिटेडको मुख्य कार्यालय रामशाहपथ, काठमाडौंसमेत दुवै कर्मचारीलाई एउटै वियषमा एकै पटक विभागीय कारबाही गरिएकोमा माथिल्लो तहको कर्मचारीलाई ग्रेडसम्म मात्र घटाउने तर तल्लो तहको कर्मचारीलाई सेवाबाट हटाउने जस्तो विशेष प्रकृतिको सजाय गर्ने बैंकको विभागीय कारबाहीमा असमान व्यवहार भएको देखिने । (प्रकरण नं.७) त्रुटि गर्ने आफ्नो कर्मचारीबाट कर्जा के कसरी असुली गर्ने भन्‍ने विषय बैंकको आन्तरिक विषय हो र कर्जा असुली प्रक्रिया उक्त बैंकको नियमावली र कार्यविधिअन्तर्गत पर्ने हुँदा बैंकको आन्तरिक अधिकार क्षेत्रभित्रको कारबाहीमा अदालतले हस्तक्षेप नगर्ने । विभागीय कारबाहीको हकमा कुन आरोपमा कारबाही गर्न लागिएको हो, त्यस्तो आरोप कुन कानूनअन्तर्गत पर्छ र कुन तथ्य वा प्रमाणबाट पुष्टि हुन्छ भन्‍ने स्पष्ट गरिनुपर्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू डा. श्री गोकुलप्रसाद बुर्लाकोटी र श्री दयानिधि पौडेल विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कोमल प्रकाश घिमिरे र विद्वान् अधिवक्ताहरू श्री निर्मल राज कोइराला, श्री झम्कप्रसाद तिमल्सिना अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६, १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् आदेश यस प्रकार छः- तथ्य खण्ड म निवेदक कृषि विकास बैंक लिमिटेड उपशाखा कार्यालय बेनीमा मिति २०६५।११।२० प.सं. १।क।२ (६०१८) च.नं. ४२० को पत्रबाट ६ महिनाको परीक्षणकालमा लेखपाल पदमा नियुक्ति भएको र मिति २०६६।५।२४. प.सं.१ ।क।२ (६०१८) च.नं. ११३४ को पत्रबाट स्थायी भएको हुँ । यस भन्दाअघि मिति २०५०।९।२ को निर्णयअनुसार हुने गरी मिति २०५०।९।४ को पत्रबाट महिला कार्यकर्ता (करार सेवा) पदमा नियुक्ति भई लामो समयसम्म बैंकमा कार्यरत रही बैंकको सेवा गर्दै आएको थिएँ । म निवेदकले राम्रो काम गरेबापत बैंकबाट मिति २०६९।३।१२ गतेको पत्रबाट पुरस्कृतसमेत भएको छु । म निवेदकले बैंकमा जिम्मेवारीपूर्वक सेवा गरी रहेको अवस्थामा अचानक मिति २०७२।४।२६ को पत्रबाट मलाई निलम्बन गरी मिति २०७२।११।१६ को पत्रबाट सफाइ पेस गर्न माग गरेको र मिति २०७३।२।१८ को पत्रबाट बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले मलाई दिएको उक्त पत्रमा उल्लिखित विषयमा पत्रप्राप्त भएको मितिले १५ दिनभित्र स्पष्टीकरण पेस गर्न भनी स्पष्टीकरण माग भएको थियो । म निवेदकले आफ्नो भएको सत्य तथ्यसहितको वास्तविक बेहोरा उल्लेख गरी मिति २०७३।१।७ गते र मिति २०७३।३।६ गते स्पष्टीकरण पेस गरी सफाइ पाउँ भनी माग गरेको थिएँ । कार्यालयमा म लेखापाल पदको कर्मचारीभन्दा माथि सहायक स्तर प्रथम श्रेणी र शाखा अधिकृत पदको कर्मचारी हुँदाहुँदै सबैभन्दा तल्लो तहका सहायक कर्मचारी म निवेदकलाई सुन कर्जाको जिम