निर्णय नं. १०८५८ - जबरजस्ती करणी उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८५८ - जबरजस्ती करणी उद्योग भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/११/१३ २९८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७८।११।१३ ०७६-CR-०१२९ मुद्दा : जबरजस्ती करणी उद्योग पुनरावेदक / प्रतिवादी : दोलखा जिल्ला, साबिक विगु गाउँ विकास समिति वडा नं. ७ को परिवर्तित विगु गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. २ बस्ने दावा साङ्वो शेर्पा विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम स्वयम्भू ऊ को जाहेरीले नेपाल सरकार अन्य कसुरको Afterthought statement र यौनजन्य हिंसामा हुने Afterthought statement लाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने । जबरजस्ती करणीमा पीडितमाथि नै लाञ्छना लाग्ने र सामाजिक लाञ्छनाको डरले तत्कालै उजुरी गर्न नसक्ने अवस्थाहरू रहने भएकोले यस्तो अवस्थामा पीडितले गरेको उजुरीलाई निजले प्रतिवादीलाई फसाउने, सताउने नियत राखी दुराशययुक्त भावना एवं सोच विचार गरी उजुरी गरेको भनी अर्थ गर्नु न्यायसङ्गत एवं विवेकपूर्ण हुन नसक्ने । घटनाको क्रमबद्धताको वर्णन गर्दै थप स्पष्टतासहित पीडितले हदम्यादभित्रै दर्ता गरेको जाहेरीलाई Afterthought statement भन्नु कानूनसङ्गत नहुने । (प्रकरण नं.१२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री चेतनाथ घिमिरे र विद्वान् अधिवक्ता श्री कृष्णप्रसाद कटुवाल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सविता शर्मा अवलम्बित नजिर : ने.का.प.२०६३, अङ्क १०, नि.नं.७७७२ ने.का.प.२०७५, अङ्क ३, नि.नं.९९६९ ने.का.प.२०७६, अङ्क १२, नि.नं.१०४०८ सम्बद्ध कानून : सुरू फैसला गर्ने:- मा.जिल्ला न्यायाधीश श्री चित्रबहादुर गुरूङ काठमाडौं जिल्ला अदालत पुनरावेदन फैसला गर्ने:- माननीय न्यायाधीश श्री रेवन्त कुँवर माननीय न्यायाधीश श्री अच्युत भण्डारी उच्च अदालत पाटन फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको यसै अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : तथ्य खण्ड मिति २०७३।१०।१४ गते राति अन्दाजी २२:४५ बजेको समयमा काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं.२ गैरीगाउँ स्थित पूर्वमा सार्वजनिक सडक, पश्चिममा आंगे तामाङको पक्की घर, उत्तरमा छिरिङ शेर्पाको र दक्षिणमा सडक यति चार किल्लाभित्र पर्ने स्वयम्भू ऊ बस्ने गरेको डेरा कोठामा निजकै छिमेकी दावा साङ्वो शेर्पा आई निजलाई विभिन्न अपशब्द प्रयोग गरी गालीगलौज गरी कुटपिट गरी घाइते बनाई बाहिर सार्वजनिक सडकमा आई हो-हल्ला गरी अशान्ति मच्चाएको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले नियन्त्रणमा लिई पक्राउ गरी लगेको भन्ने बेहोराको घटनास्थल मुचुल्का । मिति २०७३।१०।१४ गते राति अन्दाजी २२:४५ बजेको समयमा काठमाडौं जिल्ला, नागार्जुन नगरपालिका वडा नं. २ गैरीगाउँ स्थित आफ्नै डेरा कोठामा म बसेको अवस्थामा दावा शाङ्वो शेर्पा मेरो कोठामा आई केहीछिन कुरा गरी बसेकोमा निजले मलाई एक्कासि कुटपिट गरी टाउकोमा फलामको पेन्चिसले हिर्काई घाइते बनाएको हुँदा निजलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने परिवर्तित नाम ०७३।०७४ स्वयम्भू ऊ को निवेदन । मिति २०७३।१०।१४ गते राति अन्दाजी २२:४५ बजेको समयमा काठमाडौं