निर्णय नं. १०८५९ - मानव बेचबिखन तथा ओसारपसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८५९ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०१/०५ १७८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।१।५ ०७६-CR-०६१४ मुद्दाः मानव बेचबिखन तथा ओसारपसार पुनरावेदक / वादी : परिवर्तित नाम, थर सङ्केत नं. ६६ सानोश्री (क) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नं. १ राझागाउँ बस्ने हुरमत बुढाथोकीको छोरी टेकबहादुर हमालको श्रीमती हिरा हमालसमेत कुनै कसुर नैतिक पतन देखिने फौजदारी अपराध हो होइन भन्ने कुराको निर्णय सम्बन्धित समाजमा तत्काल कायम रहेको नैतिक मूल्यको सन्दर्भमा गर्नुपर्ने । सधैँ र सबै परिस्थितिका लागि नैतिक पतन देखिने फौजदारी अपराधको सूची तयार गरी स्पष्टीकरण वा परिभाषा दिन सम्भव नदेखिने । नैतिक पतन हुने फौजदारी कसुर किटान गर्ने कार्य विधायिकाले न्यायिक विवेकमा छाडेको र न्यायकर्ताले पनि विषय वा सन्दर्भलाई विचार गरेर मात्र त्यस सम्बन्धमा निष्कर्षमा पुग्नुपर्ने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रेशमप्रसाद आचार्य प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू फैसला गर्ने:- मा. जिल्ला न्या. श्री किरणकुमार पोखरेल बर्दिया जिल्ला अदालत पुनरावेदन फैसला गर्ने:- माननीय न्यायाधीश श्री शान्तिसिंह थापा माननीय न्यायाधीश श्री खुशीप्रसाद थारू उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको पुनरावेदनपत्रहरूसहितको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य र ठहर यसप्रकार छ:- तथ्य खण्ड चितवन जिल्ला शुक्रनगर १ घर बताउने सन्तोष तामाङसँग फेसबुकबाट चिनजान भई मिति २०७२ साल माघ १३ गतेका दिन प्रेम विवाह भएको थियो । मेरो श्रीमान्‌सँगै दु:ख सुख गरी केही समय झापामा बस्यौं । त्यसपछि काठमाडौंमा गई बस्दै आइरहेकोमा थर थाहा नभएको गणेश भन्‍ने व्यक्तिलाई धर्म भिनाजु बनाएका थियौँ । निज भिनाजुले मलाई अन्यायी हिरा हमालसँग काठमाडौंमा भेट गराएपश्‍चात् निजले मैले तिमीजस्ता दु:ख पाएका धेरै दिदी बहिनीहरूलाई विदेश पठाई काममा लगाई दिएकी छु । तिमीजस्ता धेरैलाई सँगै लिएर जान्छु । म तिमीलाई धेरै पैसा आउने महिनाको कुवेतको असी रियाल पाउने ठाउँमा राम्रो काममा लगाई दिन्छु । घरमा बच्चा हेर्ने, झाडु पोछा लगाउने, घर सफा गर्ने, लुगा धुने काम हो । तिम्रो कागजपत्र केही रहेनछ । म पासपोर्टलगायतका कागजपत्र बनाइदिन्छु । तिमीले केही दिनु पर्दैन । सिफारिस पनि चाहिँदैन । सबै लाग्ने खर्च मेरो जिम्मामा भयो भनी सोही दिन पासपोर्ट बनाई दिई तिमीलाई दिल्ली लिएर जान्छु । दिल्लीमा भिसा आउँछ । अरू कागजपत्रहरू सबै दिल्लीमा नै बन्छ । उतै बनाइदिन्छु र दिल्लीबाट कुवेत पठाइदिन्छु । तिमीले कुनै चिन्ता लिनु पर्दैन भनी निज विपक्षी हिरा हमालले मलाई ललाई फकाई गरी झुक्याई गफलतमा पारी पैसाको लोभलालच देखाई मिति २०७३।०६।०७ गतेका दिन भारतर्फ जानुअघि निजले मैले ल्याएको कुरा नभन्‍नु एक्लै आएको हुँ भन्‍नु भनी मलाई सिकाउँदै नेपाल भारतको सिमाना निसानगाडा बोर्डर हुँदै भारततर्फ बेचबिखन गर्न लैजान लागेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको