निर्णय नं. १०८६० - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८६० - जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/०६/१६ २८२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।६।१६ ०७३-CR-११९१ मुद्दा : जबरजस्ती करणी पुनरावेदक / वादी : इमाडोल "क" को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सिन्धुली जिल्ला, क्यानेश्‍वर गाउँ विकास समिति वडा नं. २ घर भई, हाल ललितपुर जिल्ला, इमाडोल गाउँ विकास समिति, वडा नं. ६ अफलफाँट बस्ने धनबहादुर वाइबाको छोरा जगत लामा भन्‍ने जगतबहादुर वाइबा प्रतिवादीको आर्थिक, सामाजिक स्तरसमेत निम्न स्तरको रहेको कारण देखाई पीडितलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. को क्षतिपूर्तिको अधिकारबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.४) अपराध पीडित व्यक्तिले कसुरदारले सजाय पाउँदा मात्र पूर्ण न्यायको अनुभूति गर्न सक्दैन । पीडितलाई क्षतिपूर्ति र आवश्यकताअनुसार स्वास्थ्य, शिक्षा, पुनर्स्थापना, रोजगारी जस्ता अवसर उपलब्ध गराइएमा मात्र पीडितले न्यायको अनुभूति गर्न सक्ने । पीडितले समाजका साथ बाँच्न पाउने मौलिक हकबाट नै वञ्चित हुने तथा पीडितको न्यायमा पहुँचसमेत स्थापित हुन नसकी पीडितको आधारभूत मानव अधिकारले न्यायिक संरक्षणसमेत प्राप्त गर्न नसक्ने स्थिति हुने । कसुरदारको क्षतिपूर्ति तिर्ने आर्थिक हैसियत नभएको, कसुरदार पहिचान हुन नसकेको वा कसुरदार फरार रहेको अवस्थामा नागरिकको संरक्षकको हैसियतले अपराध पीडितलाई उचित क्षतिपूर्ति प्रदान गर्ने कर्तव्य राज्यको हुने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री टेकराज भुषाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क १२, नि.नं.१०४०८ सम्बद्ध कानून : नेपालको संविधान अपराध पीडित संरक्षण ऐन, २०७५ सुरू फैसला गर्ने:- माननीय न्यायाधीश श्री काजीबहादुर राई ललितपुर जिल्ला अदालत पुनरावेदन फैसला गर्ने : माननीय न्यायाधीश श्री टेकराज नेपाल माननीय न्यायाधीश श्री युवराज सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकारभित्रको हुँदा प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ:– तथ्य खण्ड मिति २०७०।१२।३ गते दिउँसो रू.१० हातमा दिई सोही दिन साँझ अं.६.०० बजेको समय ललितपुर जिल्ला, इमाडोल गा.वि.स., वडा नं. ६ अफलफाँट स्थित घर नभएको ठाउँमा हाल नाम परिवर्तित बच्ची सातदोबाटो (ङ) लाई प्रतिवादी जगत लामाले जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको इमाडोल (क) को जाहेरी दरखास्त । ललितपुर जिल्ला इमाडोल गा.वि.स. वडा नं. ६ स्थित पूर्वमा खाली जग्गा, पश्चिममा कच्ची सडक बाटो, उत्तरमा कच्ची सडक बाटो र दक्षिणमा पाखो खाली जमिन यति चार किल्लाभित्र पश्चिम मोहडा भएको ४ तले निर्माणाधीन चन्द्र महर्जनको घर, सो घरको मूल ढोकाबाट भित्र प्रवेश गरी हेर्दा तलामा ६ वटा कोठाहरूमध्ये पूर्व मोहडा भएको निर्माणाधीन अवस्थाको कोठाभित्र इँटाका टुक्राहरू यत्रतत्र छरिएको अवस्थामा रहेको, सोही कोठामा दक्षिणतर्फको भित्तासँगै जोडिएको काठको फ्ल्याट रहेको, सो फ्ल्याट माथि खरानी र निलो कलरको ज्याकेट विछ्‌याएको अवस्थामा रहेको, सोही स्थानमा प्रतिवादी जगत लामाले नाम परिवर्तित सातदोबाटो (ङ) लाई जबरजस्ती करणी गरेको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०७