निर्णय नं. १०८६१ - वैदेशिक रोजगार कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८६१ - वैदेशिक रोजगार कसुर भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०३/१७ १४९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।३।१७ ०७५-CR-११८५ मुद्दा:- वैदेशिक रोजगार कसुर पुनरावेदक / वादी : चन्द्रप्रसाद गैरेसमेत जना ५६ को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : भैरवबहादुर श्रेष्ठको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३ घर भई ऐ.वडा नं.४ भाटभटेनीमा हारती ओभरसिज प्रा.लि.सञ्चालन गरी बस्ने सुनिल श्रेष्ठसमेत आफूले नै अख्तियारी प्रदान गरेबमोजिम मातहतका कर्मचारीले प्राप्त अख्तियारबमोजिम कम्पनीको तर्फबाट भएको गैरकानूनी कार्यले सिर्जना गरेको दायित्वबाट उन्मुक्ति नपाउने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता डा.श्री गोपिचन्द्र भट्टराई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०४२ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री रेवन्तबहादुर कुँवर सदस्य श्री कृष्णजीवि घिमिरे सदस्य श्री देवेन्द्रराज ढकाल वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं फैसला न्या.हरिप्रसाद फुयाल : वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड हामीहरूलाई वैदेशिक रोजगारमा विभिन्न मुलुकमा पठाउन भनी हारती ओभरसिज प्रा.लि. का सञ्चालक लक्षुमन भन्ने लक्ष्मण पुनसमेतले रकम बुझिलिई वैदेशिक रोजगारमा पनि नपठाएको तथा रकमसमेत फिर्ता नगरेको हुँदा निजहरूलाई प्रचलित वैदेशिक रोजगार ऐनअनुसार, कारबाही गरी रकम असुलउपर गरिपाउँ भनी चन्द्रप्रसाद गैरे, विनोद श्रेष्ठ, विष्णुबहादुर सुवेदी, लयुल शेर्पा, सविन्द्र निरौला, पदमसिंह ठकुरी, अर्जुन कार्की, बाबुराम सुवेदी, सुवासचन्द्र गौतम, मुक्तबहादुर खत्री, भरत थापा, प्रतापकुमार राई, सिद्धप्रसाद राई, श्यामकुमार श्रेष्ठ र सुनिल श्रेष्ठसमेतले विभिन्न मितिमा दर्ता गराएको जाहेरी दरखास्त । हामीहरूलाई वैदेशिक रोजगारमा विभिन्न मुलुकमा पठाउन भनी हारती ओभरसिज प्रा.लि.का सञ्चालक लक्षुमन भन्ने लक्ष्मण पुनसमेतले रकम बुझिलिई वैदेशिक रोजगारमा पनि नपठाएको तथा रकमसमेत फिर्ता नगरेको हुँदा निजहरूलाई प्रचलित वैदेशिक रोजगार ऐनअनुसार, कारबाही गरी रकम असुलउपर गरिपाउँ भनी गणेशबहादुर गुरूङ, प्रकाशबहादुर गुरूङ, हेमकुमार कायस्थ, अनिलकुमार लामा, टिका कार्की, पूर्णबहादुर बुढामगर, धर्मदेव महतो, रामेश्वर मण्डल, रामप्रसाद मण्डल, पूर्णबहादुर तिमिल्सिना, टोपबहादुर थापामगर, रत्नबहादुर बलामी मगर, ज्ञानबहादुर मगर, विष्णु सुवेदी, हरी ठकुरी, गोविन्द श्रेष्ठ, अच्युत गुरूङ, इश्वर गुरूङ, राजेश गुरूङ, सुक्र गुरूङ र पदम क्षेत्रीले विभिन्न मितिमा दर्ता गराएको जाहेरी दरखास्त । हामीहरूलाई वैदेशिक रोजगारमा विभिन्न मुलुकमा पठाउन भनी हारती ओभरसिज प्रा.लि. का सञ्चालक लक्षुमन भन्ने लक्ष्मण पुनसमेतले रकम बुझिलिई वैदेशिक रोजगारमा पनि नपठाएको तथा रकमसमेत फिर्ता नगरेको हुँदा निजहरूलाई प्रचलित वैदेशिक रोजगार ऐनअनुसार, कारबाही गरी रकम असुलउपर गरिपाउँ भनी टोकबहादुर तामाङ, उदय गुरूङ, बलबहादुर लामा, जिवन अधिकारी, नन्दलाल श्रेष्ठ, डम्मरबहादुर दर्लामी, ज्ञानबहादुर घलान, लेखबहादुर पछाई, हिमहरि अर्याल, श्री विश्राम