निर्णय नं. १०८६२ - वैदेशिक रोजगार कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८६२ - वैदेशिक रोजगार कसुर भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०३/१७ ३११७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।३।१७ ०७५-CR-१४७१ मुद्दा:- वैदेशिक रोजगार कसुर पुनरावेदक / वादी : मकवानपुर जिल्ला हाँडीखोला गा.वि.स. वडा नं. ६ बस्ने शिवराज पाठकको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३ बस्ने बुबा बाजेको नाम थाहा नभएको श्रीपाल डंगोल कसुर प्रमाणित गर्न वा कसुरबाट बच्न कसैले कसैलाई पोल गर्नु र सोका आधारमा अभियोग लगाउनु मात्र पर्याप्‍त नहुने । गरेको पोल र लगाएको अभियोग वस्तुनिष्‍ठ प्रमाणहरूबाट शङ्कारहित किसिमबाट पुष्टि हुनुपर्ने । प्रमाणहरू एक आपसमा बाझिएमा र आफैँमा शंकास्पद देखिएमा त्यस्ता प्रमाणहरूका आधारमा कसैलाई दोषी ठहर गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने माननीय अध्यक्ष श्री सत्यराज गुरूङ सदस्य श्री देवेन्द्रराज ढकाल सदस्य श्री रमादेवी पराजुली वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं फैसला न्या.हरिप्रसाद फुयाल : वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड प्रतिवादी कुमार थापाले जाहेरवालालाई वैदेशिक रोजगारको लागि न्युजिल्यान्ड मुलुकमा पठाई रोजगारमा लगाइदिने झुट्टा आश्वासनमा पारी रू.२,६०,०००।- रकम बुझिलिई रोजगरामा नपठाई लुकिछिपी बसकेकाले प्रतिवादीलाई खोजतलास गरी बिगोसमेतको ५० प्रतिशत क्षतिपूर्ति रकम दिलाई भराई निज प्रतिवादीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरवाला शिवराज पाठकले वैदेशिक रोजगार विभागमा दिएको किटानी जाहेरी दरखास्त । प्रतिवादी कुमार थापाले जाहेरवाला शिवराज पाठकलाई मिति २०७१।३।५ मा गरिदिएको लिखत कागज खामबन्दी थान-१ मिसिल सामेल रहेको । मेरो साथी श्रीपाल डंगोलले वैदेशिक रोजगारमा न्युजिल्यान्ड मुलुकमा पठाइदिन्छु भनेकोले मैले जाहेरवालाबाट रू.२,६०,०००।- बुझिलिएको ठिक साँचो हो । सो रकम मैले मेरो साथी श्रीपाल डंगोललाई एभरेष्ट बैंक र आईएमईमार्फत पठाएको हो । श्रीपाल डंगोलले निज जाहेरवालाको रकम फिर्ता गर्न भनी मलाई मेघा बैंकको चेक दिएको थियो । बैंकमा रकम नभएकोले उक्त चेक बाउन्स गरेको हो । लिखत कागजमा भएको सहीछाप मेरो हो । मैले वैदेशिक रोजगारमा पठाउन पाउने इजाजत लिएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी कुमार थापाले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान । प्रतिवादीहरू कुमार थापा र श्रीपाल डंगोलले मिलेमतोमा वैदेशिक रोजगारका लागि रकम बुझिलिई रोजगारमा नपठाएको र रकम पनि फिर्ता नगरेको कार्य वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० र ४३ विपरीतको कसुर गरेको हुँदा निज प्रतिवादीहरू कुमार थापा र श्रीपाल डंगोललाई सोही ऐनको दफा ४३ बमोजिम सजाय गरी जाहेरवालाबाट लिए खाएको बिगो रू.२,६०,०००।- र सोको ५० प्रतिशतले हुन आउने हर्जाना रकम रू.१,३०,०००।- समेत जम्मा रू.३,९०,०००।- (तीन लाख नब्बे हजार रूपैयाँ) यी प्रतिवादीहरू कुमार था