निर्णय नं. १०८६५ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८६५ - बन्दीप्रत्यक्षीकरण भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०४/२० ३८९६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना आदेश मिति : २०७८।४।२० ०७७-WH-०४१४ विषयः बन्दीप्रत्यक्षीकरण निवेदक : चितवन जिल्ला, भरतपुर न.पा. वडा नं.११ घर भई हाल कारागार कार्यालय, नख्खुमा गैरकानूनी थुनामा रहेको टीकाप्रसाद तिमिल्सिनाको नाति राजकुमार तिमिल्सिना र पुष्पा के.सी. तिमिल्सिनाको छोरा पुजन तिमिल्सिनाको हकमा बुटवल उपमहानगरपालिका वडा नं.१६ बस्ने सुलभ खरेल विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत सवारी दुर्घटना भई दुर्घटनाबाट मृत्यु भएका पीडित पक्षलाई क्रिया खर्च एवं क्षतिपूर्ति भराई पाउन दाबी लिई दायर भएको मुद्दामा फौजदारी मुद्दाकै सम्बन्धमा क्रिया खर्च र क्षतिपूर्तिसम्बन्धी मुद्दाबाट देवानी दायित्व वहन गराइने र उक्त दायित्व निर्धारण भएपश्चात् सो नतिरेमा मात्र कैद हुने भएबाट यस प्रकृतिको विवादको प्रारम्भिक कारबाहीमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ६८ बमोजिम थुनामै राख्ने व्यवस्था आकर्षित नहुने । (प्रकरण नं.१२) निवेदकका तर्फबाट : श्री सुलभ खरेल विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ आदेश न्या.टंकबहादुर मोक्तान : नेपालको संविधानको धारा १३३(२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्र अन्तर्गतको भई दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छः- तथ्य खण्ड संवत् २०७५ फागुन २२ गते राति अं.२१:१५ बजेतिर ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.३ धोबीघाट नयाँबाटोस्थित नख्खुबाट बल्खुतर्फ जाँदै गर्दा निज पुजन तिमिल्सिनाले आफ्नी आमा पुष्पा के.सी. तिमिल्सिनाको नाममा यातायात व्यवस्था कार्यालय, बाग्मतीमा दर्ता रहेको बा.९६ प.३२७ नम्बरको मोटरसाइकल चलाउँदा अनियन्त्रित हुन गई बाटो काट्दै गरेका व्यक्तिलाई ठक्कर दिँदा दुर्घटना भई पैदल यात्रीको मृत्यु भएकोमा वादी हिक्मतबहादुर थापाको जाहेरीले नेपाल सरकार वि. प्रतिवादी पुजन तिमिल्सिनासमेत भएको ०७५-C१-०२३० नं. को सवारी ज्यान मुद्दामा सम्मानित ललितपुर जिल्ला अदालतबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गत जानीजानी लापरवाही गरी सवारी चलाएको भनी ऐ.ऐनको दफा १६१(२) बमोजिम तथा सवारी चालक अनुमतिपत्र नभई सवारी चलाएकाले ऐ.ऐनको दफा १६१(४) बमोजिमको वारदात पुष्टि भई कसुरदार ठहरिएकाले पुजन तिमिल्सिनालाई ऐ.ऐनको दफा १६१(२) बमोजिम ४(चार) वर्ष कैद र रू.४०,०००।- (चालिस हजार रूपैयाँ) जरिवानाका साथै ऐ.ऐनको दफा १६१(४) बमोजिम रू.२,०००।- (दुई हजार) थप जरिवाना हुने ठहरी मिति २०७६।११।२८ मा फैसला भयो । सो फैसलामा चित्त बुझाई निवेदक पुजन तिमिल्सिनाले पुनरावेदन गरेका थिएनन् । साथै, वादी नेपाल सरकारले समेत सो मुद्दामा जिल्ला अदालतको आदेशमा चित्त बुझाई पुनरावेदन नगरेको अवस्था छ । सवारी दुर्घटनामा परेका कारणले व्यक्तिको ज्यान गएको अवस्था हुँदा निवेदक अनुसन्धानको निम्ति मिति २०७५ फागुन २२ गतेदेखि २०७५ चैत १७ सम्म प्रहरी हिरासतमा रहेको थिए भने २०७५ चैत १८ गतेको सम्मानित ललितपुर जिल्ला अदालतको थुनछे