निर्णय नं. १०८६६ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८६६ - बन्दीप्रत्यक्षीकरण भाग: ६४ साल: २०७९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०४/२१ ७४३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश डा.श्री कुमार चुडाल आदेश मिति : २०७८।४।२१ ०७७-WH-०४२० मुद्दा :- बन्दीप्रत्यक्षीकरण निवेदक : जिल्ला बारा साबिक बरियारपुर गा.वि.स. वडा नं. २ परिवर्तित महागढीमाई नगरपालिका वडा नं. १ घर भई हाल कारागार कार्यालय भिमफेदीमा थुनामा रहेको राजकिशोर साह कानु भन्ने राजकिशोरप्रसाद गुप्ताको हकमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २९ बस्ने ओशिन नगरकोटी विरूद्ध विपक्षी : ललितपुर जिल्ला अदालत, ललितपुरसमेत प्रतिवादीले पीडितलाई दुई जिल्लाहरूमा लगी फरक फरक मिति र समयमा जबरजस्ती करणी गरेको भनी मुद्दा चलेकोमा दोहोरो खतराको सिद्धान्तका अवयवहरूलाई कुनै मुद्दासँग लगाव गरी हेर्दा दुवै जिल्लाहरूमा चलेको मुद्दा समान (same offence) भएको, प्रतिवादी (same offender) र पीडित एउटै भर्इ मुद्दाको जरिया जबरजस्ती करणी भई लगातार (Continue) रूपमा फरक फरक जिल्लामा जबरजस्ती करणी भएकोमा निजलाई सो वारदातबापत मुद्दा दर्ता भई सजायसमेत भएकाले सक्षम निकायबाट अनुसन्धान भएको (Investigation of competent authority) र सक्षम न्यायिक निकायबाट मुद्दाको सुनुवाइ (trial of competent judicial authority) भएको अवस्थामा फरक स्थानको कारणले दुई पटक मुद्दा चलेको कार्य एउटै कसुरमा एक पटकभन्दा बढी मुद्दा चलाइने र सजाय नहुने सिद्धान्तको विपरीत हुने । संविधान एवम् प्रचलित कानून तथा न्यायिक सिद्धान्तसमेतले अङ्गिकार गरेको दोहोरो खतराको सिद्धान्तसमेतको रोहबाट गैरकानूनी देखिने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री केदारप्रसाद दाहाल विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री निरन्जन स्थापित अवलम्बित नजिर : ने.का.प.२०२२, अङ्क १, नि.नं.२९४ ने.का.प.२०४४, अङ्क १, नि.नं.३०७७ ने.का.प.२०४७, अङ्क २, नि.नं.४०६९ ने.का.प.२०६४, अङ्क ९, नि.नं.७८७८ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ आदेश न्या.डा.कुमार चुडाल : नेपालको संविधानको धारा ४६ तथा १३३(२)(३) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ :- तथ्य खण्ड म निवेदकउपर वादी नेपाल सरकारले परिवर्तित कलैया ३३ ङ ५६ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदक भएको ०७५-C१-०४८३ को जबरजस्ती करणी मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा मिति २०७५।७।११ मा शुक्लगण्डकी नगरपालिका वडा नं ५ बेलचौतारा भन्ने स्थानमा साथी कोइरी भन्ने पनालाल महतोको डेरालाई वारदात स्थल कायम गरी जाहेरवालाकी छोरी परिवर्तित कलैया ३३ ङ ५५ लाई मैले जबरजस्ती करणी गरेको वारदात देखाई मउपर तनहुँ जिल्ला अदालतमा मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१)(२)(३) को खण्ड (घ) को कसुरमा ऐ. २१९(३)(घ) बमोजिम सजायको माग गरी अभियोगपत्र दायर भएको थियो । उक्त मुद्दामा आफू निर्दोष रहेको भनी जिकिर लिएको भए पनि मलाई सुरू तनहुँ जिल्ला अदालतले १२ वर्ष कैद र रू.१,००,०००।- क्षतिपूर्ति पीडितले पाउने गरी मिति २०७६।१।१२ मा फैसला गरेकोमा सो फैसलाउपर मलाई चित्त नबुझी पुनरावेदन गरेकोमा उच्च अदालत पोखराबाट २ वर्ष ८ महिना कैद र रू.२५,०००।- जरिवाना हुने मिति २०७६/११।१९ मा फैसला भएको छ । उक्त फैसलाउपर चित्त नबुझी यसै सम्मानित अदालतमा ०७७-CR-०४६७ को पुनरावेदन दर्ता गरी सफाइको याचिका लिई मुद्दाक