निर्णय नं. १०८६७ - सरकारी बाँकीसरह रकम असुलउपर गरिपाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८६७ - सरकारी बाँकीसरह रकम असुलउपर गरिपाऊँ भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/०२/१९ ९१९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।२।१९ मुद्दाः- सरकारी बाँकीसरह रकम असुलउपर गरिपाऊँ ०७६-DF-०००२ पुनरावेदक / प्रतिवादी : मोहनलाल धुँजुको छोरी, कन्हैयाराज श्रेष्ठको श्रीमती, काभ्रे जिल्ला, धुलिखेल न.पा. वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १० बानेश्वर बस्ने इन्द्रप्रभा श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, रत्नपार्क स्थित नेपाल विद्युत् प्राधिकरण ०७६-DF-०००३ पुनरावेदक / प्रतिवादी : फडिन्द्रराजको नाति, श्रीराम सापकोटाको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३३ डिल्लीबजार बस्ने उज्ज्वलप्रसाद सापकोटा विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, रत्नपार्क स्थित नेपाल विद्युत् प्राधिकरण न्याय प्रशासन ऐन, २०४८ मा नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३९ लाई संशोधन गरी सुरू अधिकारक्षेत्र जिल्ला अदालतलाई तोकिसकेकोले वस्तुतः नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३९ को कानूनी व्यवस्था यथावत् रूपमा कायम रहेको मान्न नमिल्ने । अरू कानूनले संशोधित भइसकेको हुँदा सोही संशोधित भएको कानूनबमोजिम नै सो दफा ३९ मा भएको कानूनी व्यवस्थाको प्रयोग हुनुपर्ने । (प्रकरण नं.१०) ऐन कानूनहरूबाट निर्धारण भएका अदालतको अधिकारक्षेत्र जस्तो विषय स्पष्ट र द्विविधारहित हुनुपर्ने । नेपाल विद्युत् प्राधिकरण वादी प्रतिवादी भएको मुद्दामा सुरू कारबाही किनारा गर्ने अधिकारक्षेत्र जिल्ला अदालतलाई हुने । (प्रकरण नं.१३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री लक्ष्मीप्रसाद सापकोटा र श्री दिपक घिमिरे प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राजन अधिकारी अवलम्बित नजिर : ने.का.प.२०५५, अङ्क ९, नि.नं.६६०५ सम्बद्ध कानून : नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ न्याय प्रशासन ऐन, २०४८ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री खडानन्द तिवारी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री द्वारिकामान जोशी पुनरावेदन अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा दायर भर्इ सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ को उपनियम (२) को देहाय (ख) बमोजिम पूर्ण इजलासमा पेस हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड विपक्षी प्रतिवादीहरूमध्ये उज्ज्वलप्रसाद सापकोटा शर्माले दर्ता गराउनु भएको नेसनल मिडिया नेटवर्क प्रा.लि. विपक्षीमध्येकी इन्द्रप्रभा श्रेष्ठको घर जग्गामा राखी कम्पनी सञ्चालन गर्न विद्युत् लाइन जडान गरी आउनु भएको र कम्पनीले उपयोग गरेको खपत युनिटबापत फिरादी विद्युत् प्राधिकरणलाई तिर्नु बुझाउनुपर्ने रकम नतिरी नबुझाई बाँकी बक्यौता रहेको हुँदा उक्त विद्युत् शक्ति खपत गरेबापत विद्युत् महसुलको बाँकी बक्यौता रकम रू. २,५७,८५७।४० भुक्तानी नगरी प्राधिकरणले लिन बाँकी रहेको हुँदा विपक्षी प्रतिवादीहरूको घरघराना जयाजेथाबाट कानूनबमोजिमको ब्याज