निर्णय नं. १०८६९ - अपुताली हक कायम चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८६९ - अपुताली हक कायम चलन भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७७/१०/०५ १८८३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७७।१०।५ मुद्दाः- अपुताली हक कायम चलन ०६७-CI-००९२ पुनरावेदक / प्रतिवादी : भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा., वडा नं. ६ बस्ने कान्छा प्रजापतीको छोरा राजेन्द्र प्रजापतीको वारेस भई आफ्नो हकमा समेत ऐ. को छोरा ऐ.ऐ. बस्ने श्रीकुमार प्रजापती विरूद्ध प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा., वडा नं. १० बस्ने आशबहादुरकी छोरी लक्ष्मी प्रजापतीसमेत ०६७-CI-०१९५ पुनरावेदक / प्रतिवादी : भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा., वडा नं. १० बस्ने हरिबहादुर प्रजापतीको मु.स. गर्ने निजको छोरा ऐ.ऐ. घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ बस्ने विक्रम प्रजापती विरूद्ध प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, मध्यपुर ठिमी न.पा., वडा नं. १० बस्ने आशबहादुर प्रजापतीको छोरी लक्ष्मी प्रजापतीसमेत कुनै पनि सम्पत्तिको हक भोगको स्वामित्व शून्य अवस्थामा रहँदैन । कुनै व्यक्तिको मृत्युपश्चात् निजको स्वामित्वमा रहेको सम्पत्ति त्यही मितिबाट हकवालामा सर्ने । शेषपछिको बकसपत्रमा अपुताली सम्बन्धमा कुनै कुरा उल्लेख नभए पनि अपुतालीमा हकवालाको हक हुने । (प्रकरण नं.४) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री रमणकुमार श्रेष्ठ, श्री विश्व प्रकाश सिग्देल वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, अधिवक्ताहरू श्री देवीप्रसाद दाहाल र श्री पूर्ण राजवंशी अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्यायाधीश श्री विनोदप्रसाद शर्मा भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री दिनेशकुमार कार्की मा.न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड प्रेमबहादुरको हक भोग चलनमा रहेका भक्तपुर जिल्ला, चपाचो गा.वि.स. वडा नं.६ हाल भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका, वडा नं.१० अन्तर्गतको पूर्व आफ्नै घर पश्चिम मुलबाटो, उत्तर लक्ष्मी कृष्णको घर र दक्षिण कान्छा प्रजापतीको घर यति ४ किल्लाभित्रको पूर्व पश्चिम दुवैतर्फ १९ फिट, उत्तर दक्षिण दुवैतर्फ ५.९ फिटको ३ तले पक्की झिगटी घर १, ऐ.को पूर्व आफ्नो घर पश्चिम आफ्नै घर, उत्तर लक्ष्मी कृष्णको घर, दक्षिण साझा सागाल यति ४ किल्लाभित्रको पूर्व पश्चिम आठ फिट ६ इन्ची र उत्तर दक्षिण आठ फिट आठ इन्ची भएको ३ तले झिगटी छाना कौशी भएको घर १, ऐ.ऐ.को पूर्व र पश्चिम निवेदककै घर, उत्तर लक्ष्मी कृष्णको घर र दक्षिण धाल्पासाध र कूलबज्र बज्राचार्यको र सानु बज्राचार्यको घर यति ४ किल्लाभित्रको पूर्व पश्चिम दुवैतर्फ १९ फिट चार इन्च र उत्तर दक्षिण १७ फिट तीन इन्ची भएको ऐ.को कौसी भएको घर १, ऐ.ऐ.को पूर्व पश्चिम आफ्नो घर पाताल, उत्तर लक्ष्मी कृष्णकै घर पाताल, दक्षिण सानु बज्र, न्हुछेरत्न बज्राचार्यको घर, यति ४ किल्लाभित्रको पूर्व पश्चिम दुवैतर्फ १९ फिट र उत्तर दक्षिण दुवैतर्फ १८ फिट ३ इन्च भएको पक्की घर १, ऐ.को पूर्व पश्चिम आफ्नो घर टहरा, उत्तर कान्छा प्रज