निर्णय नं. १५३७ - उत्प्रेषणको परमादेश लगायत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५३७ - उत्प्रेषणको परमादेश लगायत भाग: २४ साल: २०३९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३९/०२/१७ २३९१ निर्णय नं. १५३७ ने.का.प. २०३९ अङ्क २ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रिट नं. १२०४ आदेश भएको मिति : २०३९।२।१७ मा विषयः-उत्प्रेषण परमादेश लगायत जो चाहिने अाज्ञा आदेश वा पुर्जी जारी गरी पाऊँ। निवेदक : का.जि.भद्रवास गा.पं.वडा नं.७ बस्ने डिल्लीप्रसाद ढुंगाना विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने मथुरादेवी ढंगाना, भू.सु.कार्यालय काठमाडौं बिषय : उत्प्रेषण,परमादेश लगायत जो चाहिने आज्ञा आदेश वा पुर्जी जारी गरी पाउँ (१) यदी पक्ष विपक्ष बीचमा रीतपूर्वकको कबुलियत भएको छ र त्यसको कानूनी अस्तित्व सुन्य भएको छैन भने त्यो लिखतले कानूनी मान्यता पाउने स्पष्ट छ । अतः नातामा जेठाजु पर्ने त्यसमा पनि एउटा घरमा बसोबास गरी आएको अवस्थामा भएको लिखतको आधारमा मोही कायम गर्न नमिल्ने भनी गरेको निर्णय कानून प्रतिकूल निर्णय भएको देखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री रमेश झा र विद्वान अधिवक्ता श्री बद्रीप्रसाद शर्मा आदेश प्र.न्या.नयनबहादुर खत्री १. नेपालको संविधानको धारा ७१ अन्तर्गत यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ : २. विपक्षी मथुरादेवीले भद्रवास गा.पं.को रोहवरमा ऐ.पं.बा.नं.३ को कि.नं.३०, ५६, ८१, ८४, १०५, १११ वा.नं.४ को कि.नं.१६६ र वा.नं.६ को कि.नं.१२४ समेत ८ कित्ता जग्गा मिति ०३०।१।९ मा कबुलियत गरी मलाई कमाउन दिई १ सालको कूत बुझी लिई आएकोमा ०३५ सालको बाली विपक्षी ज.धनीले बुझी नलिएबाट कानून बमोजिम भद्रवास गा.पं.मा धरौटी राखेको त्यस उक्त कित्ता जग्गाको मेरो जोत कायम गरी पाउँ भन्ने मेरो निवेदनमा मैले अघि नै वा.नं.३ कि.नं.१११, ३०, ५७ र वा.नं.४ को कि.नं.१६६ समेत अन्य व्यक्तिहरुलाई हक छोडी दिएको हुँदा मैले निजलाई कुनै जग्गा कमाउन नदिएको निज जेठाजु नाताका हुँदा विश्वासमा परी हस्ता २ ल्याप्चे छोडी दिएको थिएँ । कबुलियत हेर्न आएमा यकिन गर्नेछु भन्ने समेत विपक्षीको प्रतिउत्तरमा विपक्ष भू.सु.का.ले वादी प्र.कै घरमा बसी आएको र गोठ पनि वादीकै गोठनेर भएको र वादी प्रतिवादीको जेठाजु नाताको समेत पर्ने व्यक्तिले घरबासको समेत जग्गा समावेश भएको हुँदा वादीले प्र.को जग्गा जोती भोगी आएको कुरा प्रष्ट हुन नआएकोले त्यतिकै आधारमा वादीलाई मोही हो भनी भन्न मिलेन भनी ०३८।२।३० मा निर्णय गरेको भूमिसुधार अधिकारीले अ.बं.८० र ७८ नं.समेतको उल्लंघन गरी, जालसाजी मुद्दा भू.सु.अधिकारीले फैसला गर्न नमिल्ने ‘मा भू.सु.अ.स्वयंले विपक्षीले गरी दिएका’ कबुलियत जालसाज जस्तो पारी सद्दे कीर्ते सुनाउँदै नसुनाई प्रत्यक्ष प्रमाण विपरीतको कानूनी त्रटि गरी अ.ब.७८ नं.को कार्यविधि नअपनाई अ.बं.१९२ नं.को विपरीत हुने गरी निर्णय गरेबाट नेपालको संविधानको धारा ११ (२) (ङ) र धारा १५ द्वारा प्रत्यायुक्त हकमा आघात पुराएकोले उत्प्रेषणको आदेशद्वारा भू.सु.अ.को ०३८।२।३० को आदेश बदर गरी पुनः कानून बमोजिम मोही कायम गर्ने कारवाही गर्नु भन्ने परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ भन्ने समेत निवेदन । ३. विपक्षीहरुद्वारा लिखितजवाफ मगाई आए पछि पेश गर्नु भन्ने सिंगलबेञ्चको ०३८।५।२२ को आदेश । ४. सर्वप्रथम कबुलियत भ