निर्णय नं. १०८७० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८७० - कर्तव्य ज्यान भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७७/०३/२१ २९१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री तेजबहादुर के।सी। फैसला मिति स् २०७७।३।२१ मुद्दाः कर्तव्य ज्यान ०७३(ऋच्(०४८४ पुनरावेदक र प्रतिवादी स् सर्लाही जिल्ला, हरिवन गा।वि।स। वडा नं।४ घर भई हाल कारागार कार्यालय, भिमफेदी मकवानपुरमा थुनामा रहेको प्रल्हाद महत विरूद्ध प्रत्यर्थी र वादी स् सुनिता मैनालीसमेतको जाहेरीले नेपाल सरकार ०७४(ऋच्(०९१३ पुनरावेदक र प्रतिवादी स् भारत कल्याण डिस्ट्रिक, थाना मुम्बई मुवारोड घर भई हाल कारागार कार्यालय, डिल्लीबजारमा थुनामा रहेको कृष्ण सेठ्ठीको छोरा उदय सेठ्ठी विरूद्ध प्रत्यर्थी र वादी स् सुनिता मैनालीको जाहेरीले नेपाल सरकार ०७५(च्ऋ(००४६ पुनरावेदक र वादी स् सुनिता मैनालीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी र प्रतिवादी स् पाल्पा जिल्ला, झडेवा गा।वि।स। वडा नं।३ घर भई हाल कारागार कार्यालय, नख्‍खु, ललितपुरमा थुनामा रहेको विदुर भन्‍ने विष्णुबहादुर जि।सी। घटना घटेको देख्‍ने चश्‍मदिद व्यक्ति कोही नभएको अवस्थामा अन्य परिस्थितिजन्य प्रमाणहरू बाट अभियोग दाबी पुष्‍टि हुन सक्ने । फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको महत्त्वपूर्ण स्थान रहने भन्ने कुरामा विवाद हुन नसक्ने भए तापनि कुनै मुद्दामा प्रत्यक्ष प्रमाण उपलब्ध नभएकै आधारमा कसुर र कसुरदारको बारेमा खोजबिन नहुने भन्ने हुँदैन । कुनै पनि प्रतिवादीले प्रत्यक्ष प्रमाण ९म्ष्चभअत भ्खष्मभलअभ० नष्ट गर्न सक्ने र प्रत्यक्षदर्शीको अभाव रहेको अवस्थामा दोषी पत्ता लगाउनुपर्ने अवस्थामा परिस्थितिजन्य प्रमाणको सहारा लिनुपर्ने । ९प्रकरण नं।१०० वादीका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग तथा विद्वान् अधिवक्ताहरू श्री रामबहादुर खड्का, श्री विष्णुप्रसाद बास्तोला, श्री सुनिल पोखरेल, श्री बद्रिप्रसाद पौडेल र श्री दिपकमणी निरौला अवलम्बित नजिर स् ने।का।प।२०३६, अङ्क ४, नि।नं।१२५५ सम्बद्ध कानून स् सुरू तहमा फैसला गर्नेः मा।जिल्ला न्या।श्री विष्णुप्रसाद कोइराला काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल पुनरावेदन अदालत पाटन फैसला न्या।हरिकृष्ण कार्की स् न्याय प्रशासन ऐन, २०७३ को दफा ९९१०९ख० बमोजिम यस अदालतमा प्रतिवादीहरूको पुनरावेदन र पुनरावेदन अदालत पाटनबाट मिति २०६९।१२।२७ मा भएको फैसला सोही ऐनको दफा १० बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई साधकको रोहमा समेत पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं।६ पूर्व टाउन प्लानिङको खाली जग्गा, उत्तरमा खाली जग्गा, दक्षिणमा गोकर्ण गुहेश्‍वरी जाने आउने पक्‍की सडक यति चार किल्लाभित्र रहेको खाली जग्गामा तत्काल नाम, थर, वतन नखुलेको हरियो रङ्गको बुट्टा भएको तन्‍नाले मृत लासलाई बेरी फालेको, मृतक रहेको स्थानदेखि २ इन्च उत्तर रातो रगत जस्तो लतपतिएको ढुङ्गा रहेको, मृतकको नाक निधारको भागमा थिचिएको, दबिएको, दुवै नाकको प्वालबाट रगत बगेको, दुवै हातको नाडीदेखि पाखुरासम्म चोट रहेको, दायाँ काखीमुनि चिथोरिएको जस्तो घाउचोट रहेको भन्‍नेसमेत बेहोराको लासजाँच प्रकृति मुचुल्का । काठमाड