निर्णय नं. १०८७२ - सरकारी छाप दस्तखत किर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८७२ - सरकारी छाप दस्तखत किर्ते भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७७/१०/१४ ११९४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७७।१०।१४ मुद्दाः सरकारी छाप दस्तखत किर्ते ०७२-CR-१०२३ पुनरावेदक / प्रतिवादी : धनुषा जिल्ला, सिग्याही मडान गा.वि.स. वडा नं.४ बस्ने सुरेशकुमार महतो विरूद्ध प्रत्यर्थी / वादी : वैदेशिक रोजगार विभागको जाहेरीले नेपाल सरकार ०७५-CR-१४०० पुनरावेदक / प्रतिवादी : नन्दप्रसादको छोरा बारा जिल्ला, निजगढ गा.वि.स. वडा नं.९ बस्ने झलकनाथ भट्टराई विरूद्ध प्रत्यर्थी / वादी : वैदेशिक रोजगार विभागको जाहेरीले नेपाल सरकार लिखतमा लेख, टाइप वा मुद्रणको सामान्य त्रुटि सच्याउने प्रयोजनार्थ सम्बन्धित पक्षले निवेदन दिएमा अदालतबाट संशोधन हुन मनासिब भएमा मात्र संशोधनको आदेश हुने । (प्रकरण नं.३) अभियोजन पक्षबाट प्रतिवादीको नाम छुट भएको भन्‍ने मात्र पत्रमा उल्लेख भएको, अभियोगको मागदाबी खण्डमा प्रतिवादीहरूको नाम उल्लेख नगरेको, अभियोजन पक्षले अभियोगपत्र दायर गर्दा अभियोगको दाबी खण्डमा यी व्यक्तिहरूले यस्तो खालको कसुर गरेका हो, यी व्यक्तिहरूको यो कसुर गर्नमा यो यो भूमिका छ, यी व्यक्तिहरूउपर यस्तो दाबी रहेको छ भनी स्पष्टरूपमा खुलाएर अभियोगपत्र पेस गर्नुपर्ने । (प्रकरण नं.४) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लभकुमार मैनाली, अधिवक्ता श्री नरेशकुमार शाह, विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण नेउपाने वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी. अवलम्बित नजिर : ने.का.प.२०७३, अङ्क ४, नि.नं.९५८९ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री बालेन्द्र रूपाखेती काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री विमलप्रसाद ढुंगेल पुनरावेदन अदालत पाटन फैसला न्या.डा.मनोजकुमार शर्मा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट निस्सा प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड एस.एन. इन्टरनेसनल प्रा.लि. र अस्मिता इन्टरनेसनल ओभरसिज प्रा.लि.ले अस्तित्व नै नरहेको इन्टरनेसनल प्रा.लि.का नामबाट यस विभागको किर्ते अन्तिम स्वीकृति निकाली राहदानीमा नक्‍कली स्टिकर टाँस गरी वैदेशिक रोजगारमा पठाउन लागेको, त्यसरी नक्‍कली कागजातको प्रयोग गरी वैदेशिक रोजगारमा जान लागेको १७ जना तथा एस.एन. मेनपावरका सञ्‍चालक सुरेशकुमार महतो अस्मिता ओभरसिज प्रा.लि.का सञ्‍चालक विष्णुप्रसाद कडरियालाई यसै पत्रसाथ आवश्यक कारबाहीको लागि पठाएको भन्‍नेसमेत बेहोराको वैदेशिक रोजगार विभागको च.नं.२८३१ मिति २०६६।१२।३ को पत्र । हामीहरू वैदेशिक रोजगारको लागि एस.एन.मेनपावरका सञ्‍चालक सुरेशकुमार महतोसँग सम्पर्क गरी हामीहरूले आ-आफ्नो राहदानी दिएका थियौं । केही दिन निज सुरेशकुमार महतोले हामीहरूलाई मलेसियाको लागि भिषा आएको छ, टिकटसमेत मैले मिलाई दिएको छु भनी खबर गरेपश्चात् हामीहरू मिति २०६६।१२।१ गते निजमार्फत वैदेशिक रोजगारको लागि विदेश जान भनी अन्तर्राष्ट्रिय विमान सुरक्षास्थलमा पुगेकोमा हामीहरूको साथमा भएको राहदानीमा टाँस गरेको स्टिकर तथा हामीहरूलाई दिएको भिषा जाँच गर्दा कागजहरू