निर्णय नं. १०८७३ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८७३ - उत्प्रेषणसमेत भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७८/०८/२० ६२८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७८।८।२० ०७७-WO-०९५५ मुद्दा:- उत्प्रेषणसमेत निवेदक : ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.४ बस्ने सविनलाल श्रेष्ठ विरूद्ध विपक्षी : झापा जिल्ला, मेचीनगर नगरपालिका वडा नं.१ बस्ने नरबहादुर चेम्जोङको छोरा भोगेन्द्र विक्रम नेम्वाङसमेत संविधान र कानूनले समानान्तर (Parallel) रूपमा असाधारण अधिकारक्षेत्र उच्च तथा सर्वोच्च अदालतलाई प्रदान गरेको पाइए तापनि सो क्षेत्राधिकारको प्रयोग एउटै विषयमा पटकपटक फरकफरक अदालतबाट प्रवेश गर्न छुट दिइएको मान्‍न नसकिने । (प्रकरण नं.९) दुई निकायमा क्षेत्राधिकार प्रदान गरेकोमा कुन निकायमा सो अधिकार प्रयोग गर्न जाने भनी पक्षहरू स्वयंले स्वेच्छाले तय गर्नुपर्ने छनौट (Choice) को विषय हुने । (प्रकरण नं.१०) दुई निकायमा समानान्तर रूपमा असाधारण अधिकारक्षेत्र कानूनले प्रदान गरेको भए पनि उच्च अदालतबाट रिट निवेदनमा भएको अन्तिम आदेश चित्त नबुझेको अवस्थामा कानूनले प्रदान गरेको मार्गअन्तर्गत नै सर्वोच्च अदालतमा प्रवेश गर्नुपर्ने हुन्छ । असाधारण अधिकारक्षेत्रअनुसार नै सर्वोच्च अदालतमा पुनः रिट निवेदन आकर्षित नहुने । (प्रकरण नं.१५) अदालत प्रवेश गर्न पाउने प्रभावकारी वैकल्पिक उपचार रहेभएको अवस्थामा वैकल्पिक उपचारको मार्ग अवलम्बन नगरी पुनः सुरू असाधारण क्षेत्राधिकारको उपचार माग गरी दर्ता भएको रिट निवेदन प्रथम दृष्टिमा नै अधिकारक्षेत्रात्मक त्रुटि रहेकोले अन्य विषयतर्फ प्रवेश गरिरहनु नपर्ने । (प्रकरण नं.१८) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री रेवतप्रसाद खरेल र शम्भुराम कार्की विपक्षीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री रमेशकुमार बस्नेत अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ६, नि.नं.१०२९४ सम्बद्ध कानून : नेपालको संविधान न्याय प्रशासन ऐन, २०७३ आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा १३३(१) र (२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिटको संक्षिप्त बेहोरा तथा आदेश यस प्रकार छ:- तथ्य खण्ड म रिट निवेदक सविनलाल श्रेष्ठबाट मिति २०६८।०८।१४ मा विपक्षी भोगेन्द्र विक्रम नेम्वाङले रू.४३,८८,५००।- ऋण लिई नतिर्नु भएकोले मैले निज भोगेन्द्र विरूद्ध झापा जिल्ला अदालतमा फिराद गरी मिति २०७१।०१।१४ मा वादी दाबीबमोजिम सावाँ ब्याज र अदालती शुल्क विपक्षीबाट मैले भराई लिन पाउने गरी फैसला भई उक्त फैसलामा पुनरावेदन नपरी अन्तिम भयो । मैले विपक्षीको अचल सम्पत्ति देखाई मिति २०७२।१२।०९ मा बिगो भरिपाउन दरखास्त गरेपछि विपक्षी हाजिर भए पनि विभिन्‍न बहानामा मैले पाउने बिगो असुल हुन सकेन । मैले सहज रूपमा केही रकम भए पनि उठाउन सकियोस् भन्‍ने उद्देश्यले विपक्षीको स्वामित्व नाम दर्तामा रहेको उषा टि स्टेट प्रा.लि. को सेयर र पेट्रोलियम पदार्थ बिक्री वितरणका लागि लिएको इजाजत पत्र (डिलरसीप) को लागि नेपाल आयल निगम लिमिटेडको पूर्वाञ्चल क्षेत्रीय कार्यालय, विराटनगरमा राखेको धरौटी रकमबाट समेत बिगो भराइपाउँ भनी मिति २०७४।०२।१४ मा दरखास्त गरेकोमा मिति २०७४।०२।२५ मा झापा जिल्ला अदालतका तहसिलदारज्यूबाट सेयर थान ६२५० बाट प्रतिसेयरको रू.१००।- ले रू.६,२५,०००।- र धरौटी रकमबाट रू.१,५०,०००।- गरी रू.७,७५,०००।- भरिपाउने र बाँकी बिगो रोक्‍का रहेको जग्गाबाट असु