निर्णय नं. १०८७८ - बैंकिङ कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८७८ - बैंकिङ कसुर भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/०३/०९ ४२३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७९।३।९ मुद्दाः बैंकिङ कसुर ०७१-RB-०२९२ पुनरावेदक / प्रतिवादी : जिल्ला काठमाडौं, स्युचाटार गाउँ विकास समिति वडा नं. १ कलंकी बस्ने राजुकुमार प्रधान विरूद्ध विपक्षी / वादी : प्रकाशकुमार ढुंगानाको जाहेरीले नेपाल सरकार ०७२-RB-०३४५ पुनरावेदक / वादी : जनरल फाइनान्स लि.का कार्यकारी प्रमुख प्रकाश कुमार ढुंगानाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : चन्द्रमान प्रधानको नाति, रामकुमार प्रधानको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.२५ घर भई हाल काठमाडौं जिल्ला, स्युचाटार गा.वि.स., वडा नं.१ कलंकी बस्ने जनरल फाइनान्स लि. का तत्कालीन महाप्रबन्धक राजुकुमार प्रधानसमेत धितोको मूल्याङ्कन नै नगरी, फाइनान्सको कर्जा नीतिअनुसारको प्रक्रिया पूरा नगरी फाइनान्सलाई नोक्सानी गर्ने र आफूहरूलाई फाइदा पुर्याउने उद्देश्यले मिलेमतो गरी फाइनान्सको नीति तथा प्रचलित कानूनविपरीत कर्जा प्रवाह गर्ने प्रतिवादीको भूमिका मुख्य अभियुक्तको रूपमा रहेको प्रस्ट देखिने । (प्रकरण नं.१५) अभियोग दाबीमा साँवा र ब्याजसमेत गरी बिगो कायम गरेको देखिए तापनि सो ब्याज रकम कति, कहिलेदेखि, कुन मितिसम्मको कति प्रतिशत रहेको भन्ने अभियोगपत्रमा प्रस्ट दाबी नलिएकोमा बिगो कायम गरी सो बिगोको आधारमा सजायसमेत गर्नुपर्ने हुँदा हिसाब किताबसहित प्रस्ट रूपमा दाबी नलिएको ब्याजसमेतलाई बिगोको रूपमा कायम गरी सो बिगोबमोजिम सजाय / जरिवाना गर्नु न्यायोचित नदेखिने । कसुर गर्दाको बिगोलाई नै सजायको आधार मान्नुपर्ने । सजाय / जरिवाना गर्ने हदसम्म ब्याजलाई बिगोमा समावेश गर्न नमिल्ने । सजायको हकमा साँवालाई मात्र बिगो कायम गरी ब्याजलाई समावेश नगरिए तापनि कर्जाको हकमा साँवा र ब्याजको दाबी रहेको र फाइनान्स कम्पनीले ब्याज नपाउँदा निक्षेपकर्ताको पुँजीसमेत डुब्न सक्ने अवस्था आउने हुँदा फाइनान्स कम्पनीले साँवामा ब्याजसमेत भराई पाउनुपर्ने । (प्रकरण नं.२५) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री श्यामप्रसाद खरेल र श्री बच्चुसिंह खड्का तथा विद्वान् अधिवक्ताहरू श्री कृष्णप्रसाद ढुंगाना, श्री प्रविणकुमार प्रधान, श्री आशिष वल, श्री शिरिसकुमार अमात्य र श्री रामप्रसाद प्रजापति अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क ९, नि.नं.८६८८ ने.का.प.२०६९, अङ्क १, नि.नं.८७५८ ने.का.प.२०७३, अङ्क ७, नि.नं.९६४५ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री भीमबहादुर बोहरा माननीय न्यायाधीश श्री बाबुराम रेग्मी पुनरावेदन अदालत पाटन, वाणिज्य इजलास फैसला न्या.सपना प्रधान मल्ल : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ उपदफा (१) को खण्ड (क) बमोजिम तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलाउपर यस अदालतको क्षेत्राधिकारभित्र रही दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ: तथ्य खण्ड जनरल फाइनान्स लि. बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ बमोजिम स्थापना भई सञ्चालनमा रहेको वित्तीय संस्था हो । यस संस्थामा विगत दुई वर्षदेखि राजुकुमार प्रधान महाप्रबन्