निर्णय नं. १०८८० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८८० - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/०१/२१ ११२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री कुमार चुडाल फैसला मिति : २०७९।१।२१ ०७५-WO-०४७७ मुद्दाः- उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपलिका, वडा नं.६ बौद्ध सृजनाटोल स्थित फ्रेन्डस् अफ शान्ता भवन नेपालको अधिकारप्राप्‍त प्रमुख कार्यकारी निर्देशक सञ्जय सिंह बस्नेत विरूद्ध प्रत्यर्थी : श्रम कार्यालय, बागमती अञ्‍चल, टेकु, काठमाडौंसमेत विदेशी नागरिक तथा संस्थाको आर्थिक अनुदानमा सञ्चालित परोपकारी संस्थालाई अन्य उद्योगसरह प्रतिष्ठानअन्तर्गत राख्नु उपयुक्त नहुने । वैदेशिक अनुदानको माध्यमबाट संस्था स्थापना गरी गरिब तथा विपन्न वर्गका मानिसहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यबाट स्थापित परोपकारी संस्थाले उद्योगको हैसियतबाट स्थापित अन्य संस्थासरह सेवा सुविधामा दाबी गर्न पाउने गरी कर्मचारी वा कामदार राखेको हो भनी भन्न नमिल्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री उज्ज्वलराज मैनाली र श्री अर्थबहादुर हमाल प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल र विद्वान्‌ अधिवक्ताद्वय श्री पुण्यशीला दवाडी र श्री रामकृष्ण काफ्ले अवलम्बित नजिर : सम्बद्ध कानून : श्रम ऐन, २०७४ आदेश न्या.टंकबहादुर मोक्तान : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ:- अमेरिकी नागरिक डा. डिक म्याट्रोनले व्यक्तिगत रूपमा २०३९ सालमा तत्कालीन / काठमाडौं जिल्ला, जोरपाटी गा.वि.स., वडा नं.२ मा एउटा घर भाडामा लिई काठमाडौंको उत्तर पूर्वी क्षेत्रमा बसोबास गर्ने गरिब समुदायलाई लक्षित गरी तिनीहरूलाई सस्तोमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्‍यले फ्रेन्डस् अफ् शान्ता भवन नेपाल नामकरण गरी स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको थियो । २०४७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सामाजिक संस्थाको रूपमा द.नं.१११/०४७ मा र समाज कल्याण परिषद्‌मा द.नं.२८२/१९९० मा दर्ता भई सञ्चालन हुँदै आएको थियो । वार्षिक ३०,००० भन्दा बढी संख्यामा गरिब तथा असहाय वर्गलाई यस संस्थाले सेवा पुर्‍याउँदै आएको अवस्था थियो । संस्थालाई आर्थिक सहयोग गर्दै आएको अमेरिकन हिमालयन फाउन्डेसनले आर्थिक सहयोग गर्न नसक्ने भनी सन् २०११ जुलाइमा पत्र पठाएपश्चात् संस्था सञ्चालनमा कठिनाई भएकोले संस्थामा कार्यरत व्यक्तिहरूले सेवा गरेबापत खाइपाइ आएको सुविधाभन्दा कम सेवा सुविधा लिने र संस्थाबाट लिन बाँकी रूपैयाँ त्याग गर्ने, अन्य सहयोगी दात्री संस्थाको खोजी गर्ने भन्ने सहमति भई संस्थालाई निरन्तरता दिइँदै आएको अवस्था छ । अमेरिकन नागरिक लुक ओसुन्डोको संस्थाले सहयोग बन्द गरेपछि आर्थिक समस्या सिर्जना भई संस्थामा सेवा गरी आएका व्यक्तिहरूमध्ये केही व्यक्तिहरू व्यक्तिगत स्वार्थमा लागी हामी कर्मचारी हौं, हाम्रो सेवा सुविधाको व्यवस्था होस् भनी यो परोपकारी सामाजिक संस्थामा राजनीति घुसाई संस्था बन्द गराउने उद्देश्‍यमा लागेकोले भइरहेको स्थानबाट संस्था सार्नेसम्मको काम भएको छ । संस्था सञ्चालन गर्ने पूर्वसहमतिअनुसार पनि कुनै कार्य नभएपछि संस्थाले २०७३ साल श्रावण १७ गतेदेखि लागु हुने गरी संस्थाको विधानले दिएको अधिकार प्रयोग गरी नियमावली बनाई