निर्णय नं. १०८८१ - बैना रकमको साँवा ब्याज दिलाई भराई पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८८१ - बैना रकमको साँवा ब्याज दिलाई भराई पाऊँ भाग: ६४ साल: २०७९ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/०४/१५ २२५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।४।१५ ०७२-CI-००४० मुद्दाः बैना रकमको साँवा ब्याज दिलाई भराई पाऊँ पुनरावेदक / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ४ को हाल परिवर्तित वडा नं. १३ बस्ने रविन्द्र केशरी पौडेलसमेत विरूद्ध प्रत्यर्थी / वादी : ललितपुर जिल्ला सैवु गाउँ विकास समिति वडा नं. ४ बस्ने आनन्द बज्राचार्य करार सम्झौताबमोजिमको बैनाबापतको रकम साँवा ब्याज तिर्न नपर्ने र करार सम्झौताअनुसारको सर्त पनि पूरा गर्न नपर्ने भन्‍ने जिकिर न्याय र कानूनको दृष्टिकोणबाट समेत न्यायोचित र मनासिब नदेखिने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७७, अङ्क ८, नि.नं.१०५४८ सम्बद्ध कानून : करार ऐन, २०५६ सुरू तहमा फैसला गर्ने: मा. जिल्ला न्यायाधीश श्री टेकनारायण कुँवर ललितपुर जिल्ला अदालत पुनरावेदन फैसला गर्ने: माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण माननीय न्यायाधीश श्री चण्डीराज ढकाल पुनरावेदन अदालत पाटन फैसला न्या.सुष्मालता माथेमा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छ:- तथ्य खण्ड विपक्षीहरूमध्येका रविन्द्र केशरी पौडेलको नाममा दर्ता रहेको ललितपुर जिल्ला धापाखेल गाउँ विकास समिति वडा नं. ४(क) कि.नं.१७ क्षेत्रफल ०-५-२-०, ऐ.ऐ.कि. नं. ३७६ क्षेत्रफल ०-१-२-०, ऐ.ऐ. कि.नं. ३७७ क्षेत्रफल १-१०-०-० समेत ३ कित्ता जग्गा र विपक्षीमध्येकै चन्द्रबहादुर तण्डुकारको नाममा दर्ता रहेको ललितपुर जिल्ला धापाखेल गाउँ विकास समिति वडा नं. ४(क) कि.नं.१३ क्षेत्रफल ०-२-२-०, ऐ.ऐ. कि.नं. ४३८ क्षेत्रफल १-९-२-०, ऐ.ऐ. कि.नं. ४५७ क्षेत्रफल ०-८-१-० समेत ३ कित्ता जग्गा विपक्षीहरूले बिक्री गर्ने र मैले खरिद गर्ने गरी ५ महिनाको भाखा राखी मबाट बैना रकम रू.१०,००,०००।– बुझी लिई मिति २०६६।७।१० मा बैनाको कागज गरिदिनुभएको थियो । विपक्षीहरूले बैनाको रकम थप लिँदै गएपछि विपक्षीहरू र मेरोबिचमा मिति २०६७।३।२४ मा जग्गा खरिद बिक्रीसम्बन्धी सम्झौता भएको थियो । मिति २०६७।३।२४ मा सम्झौता हुँदा साइट प्लानबमोजिम क्षेत्रफल ०-११-३-३ बाटो कटाई बाँकी जग्गा खरिद गरी लिने दिने र उक्त जग्गाहरू बैंक तथा वित्तीय संस्थामा तिर्नुपर्ने दायित्व रू.२,०१,००,०००।– रूपैयाँ तिरी जग्गा फुकुवा गर्नुपर्ने दायित्व विपक्षीको हुने भए पनि सो बैंक तथा वित्तीय संस्थामा तिर्नुपर्ने साँवा रकमको ब्याज मिति २०६६।१२।१० गतेदेखि विपक्षीहरू जना २ र मैलेसमेत बेहोर्ने गरी र विपक्षीहरूले मबाट सुरू बैना तथा थप बैनासमेत गरी पटकपटक लिएको रू.६०,००,०००।– रूपैयाँको मिति २०६६।१२।१० गतेदेखिको ब्याजसमेत वादी प्रतिवादीहरूले बेहोर्ने तथा जग्गा खरिद बिक्रीको सम्झौता भएको दिन मिति २०६७।३।२४ मा विपक्षीहरूले मबाट थप रू.१५,००,०००।– बुझी लिएकोले सो मितिदेखिको ब्याज तीनै जनाले बेहोर्ने र मिति २०६७।४।१ गतेदेखि जग्गा निर्माण गर्नुपर्दा तीनै जनाले बेहोरी जग्गा बिक्री भएपछि दायित्व तिरी नाफा नोक्सान तीनै जनाको समान रहने गरी सम्झौता भएको थियो । विपक्षीहरूले सम्झौताबमोजिम साझेदारी नबनाएको हुँद