निर्णय नं. १०८८४ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८८४ - परमादेश भाग: ६४ साल: २०७९ महिना: असोज अंक: ६ फैसला मिति :२०७८/११/१३ ९९० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश टंकबहादुर मोक्तान फैसला मिति : २०७८।११।१३ ०७२-CI-१३६६ मुद्दा: परमादेश पुनरावेदक / निवदेक : भारत, उत्तर प्रदेश, फैजावाद कोतवाली, फैजावाद सिभिललाइन घर भई हाल नेपाल सरहदको जिल्ला रूपन्देही, रायपुर गा.वि.स. वडा नं. ३ सोनवर्षा बस्ने गजाधर सिंहको नाति हनुमानदत्तको छोरा दिनेशबहादुर सिंह विरूद्ध प्रत्यर्थी / विपक्षी : जिल्ला रूपन्देही, रायपुर गा.वि.स. को कार्यालयसमेत आफ्नी आमाका नाममा नेपाल सरहदभित्र दर्ता रहेको जग्गा आमाको मृत्युपश्‍चात् हकवालाको हैसियतले जग्गा दर्ता गर्न नसके तापनि कुनै नेपाली नागरिकलाई बिक्री गर्न वा कुनै प्रकारले हक हस्तान्तरण गर्न सक्ने नै देखिँदा अदालतको फैसलासमेतबाट हक प्राप्‍त गरेको दाबीको जग्गाको चार किल्ला प्रमाणित गराउन पाउने । (प्रकरण नं.५) पुनरावेदक / निवदेकका तर्फबाट : प्रत्यर्थी / विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल माननीय न्यायाधीश श्री नीलम पौडेल पुनरावेदन अदालत बुटवल आदेश न्या.टंकबहादुर मोक्तान : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं फैसला यसप्रकार छ:- तथ्य खण्ड मूल पुरूष नन्दप्रसाद रायको एक मात्र छोरा महातम राय हुन् । निजको एक मात्र छोरी म निवेदककी आमा गिरिजादेवी क्षेत्रीणी हुनुहुन्थ्यो जसको विवाह भारत उत्तर प्रदेश फैजावाद कोतवाली फैजावाद सिभिल लाइन बस्ने हनुमानदत्त सिंहसँग विवाह भर्इ म निवेदक दिनेशबहादुर सिंहको जन्म भएको हो । यसरी महातम रायकी एक मात्र छोरी मेरी आमा गिरिजादेवीलार्इ भारतमा विवाह गरी दिएको भए तापनि आफ्नो नाउँमा दर्ता रहेको जग्गा छोरीलार्इ दिने इच्छा भर्इ जिल्ला रूपन्देही, साबिक गा.वि.स. अमवा हाल कायम रायपुर गा.वि.स. वडा नं. ६ कित्ता नं.१८२ र २६० को जग्गा ओमप्रकाश रायकी श्रीमती मीरादेवी राय र म निवेदककी आमा गिरिजादेवी क्षेत्रीणीको संयुक्त नाउँमा दर्ता स्रेस्ता कायम भई उहाँहरूको जीवनकालसम्म उहाँहरूले भोगचलन गरी रहेकोमा मिति २०४९।०९।२५ मा मेरो आमाको मृत्यु भएकोमा विपक्षीले मिति २०५९।१२।०२ को सिफारिसको आधारमा मिति २०६०।०३।१५ मा उल्लिखित मीरादेवी रायको नाउँमा एकलौटी कायम गराएकोले सो सिफारिस र निर्णय दर्तालार्इ बदर गरिपाउन रूपन्देही जिल्ला अदालतमा फिराद दायर गरेकोमा फिराद दाबीअनुसार बदर भई मुलुकी ऐन, अदलको ३ नं.बमोजिम हुने ठहरी फैसला भइरहेकोमा विपक्षीहरूले मेरो निवेदन मागअनुसार कानूनबमोजिम घरबास प्रमाणित ४ किल्ला सिफारिस दिन इन्कार गरी कानूनबमोजिम गर्नुपर्ने काम, कर्तव्य र दायित्व निर्वाह नगरी सोविपरीतको कार्य गरी मेरो कानून प्रदत्त अधिकारमा आघात पारेको हुँदा विपक्षीहरूलाई कानूनबमोजिम मलाई दिनुपर्ने घरबासको चार किल्ला प्रमाणित कागजात दिनु भन्‍नेसमेतको विपक्षीहरूको नाममा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ३३ बमोजिम परमादेशको आदेश जारी गरी कानूनको प्रत्याभूत गरेको अधिकारको संरक्षण गरी हक इन्साफ पाउँ भन्‍नेसमेत बेहोराको दिनेशबहादुर सिंहको निवेदन । यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो ? आदेश जारी गर्न नपर्ने कुनै आधार र कारण भए सोको प्रमाणसहित म्याद सूचना तामेल भएका