निर्णय नं. १०८८६ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८८६ - जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/११/११ १६४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।११।११ ०७४-CR-०८९९ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : रामबहादुर स्याङतानको छोरा मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं.१६ घर भई हाल मकवानपुर जिल्ला अदालतको फैसलाले करागार कार्यालय, भिमफेदीमा थुनामा रहेका शम्भु स्याङतान विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम ३१(०७३/०७४-१४) को जाहेरीले नेपाल सरकार मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. को स्पष्टीकरण (ग) अनुसार योनिमा लिङ्ग आंशिकरूपमा मात्र पसेको भए पनि जबरजस्ती करणी प्रयोजनका लागि कार्य पूरा भएको मान्नुपर्ने कानूनी व्यवस्था रहेकोले र योनिको बाहिरी भाग labia majora र भित्री भाग labia minora सम्म पनि लिङ्गको प्रवेश भएको स्थितिमा योनिभित्र लिङ्गको आंशिक प्रवेश भएको मान्नुपर्ने । नाबालिगको शरीरमा सङ्घर्षको चिह्न नभेटिएको भन्ने आधारमा जबरजस्ती करणीको कसुर हुँदैन भनी व्याख्या विश्लेषण गर्ने हो भने यस्ता कलिला उमेरका बालिकामाथि हुने यौनजन्य कसुरबाट प्रतिवादीले उन्मुक्ति पाउने अवस्था आई समाजमा यस्ता घटनाले प्रश्रय पाउने । (प्रकरण नं.७) कलिलो उमेरका नाबालिगलाई गरेको करणीमा सङ्घर्षको चिह्न हुनु आवश्यक नहुने, यस्तोमा करणी गरेको देखिनु नै पर्याप्त हुने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री अजय शंकर झा “रूपेस” र श्री विमला यादव प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ६, नि.नं.१०२९२ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ बालबालिकासम्बन्धी ऐन, २०७५ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री दयाराम ढकाल मकवानपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री चिन्तामणि बराल उच्च अदालत पाटन, हेटौंडा इजलास फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका, वडा नं.१६ स्थित पूर्वमा रत्नबहादुर बलको घर, पश्चिममा खोल्सी, उत्तरमा ज्ञानबहादुर थिङको घर र दक्षिणमा ठूलीमाया थिङको घर यति चार किल्लाभित्र पूर्व मोहडा भएको शान्ति लामाको घर, सो घरको पूर्वतर्फको ढोकाको उत्तरतर्फको कुनामा शम्भु स्याङतानले वर्ष ६ की नाम परिवर्तित ३१(०७३/०७४-१५) लाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मेरो वर्ष ६ की छोरी नाम परिवर्तित ३१(०७३/०७४-१५) लाई मिति २०७३।०५।१९ गते अपराह्न ३ बजेको समयमा जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका, वडा नं.१६ स्थित फुपूको घरभित्र शम्भु स्याङ्तानले रू.१०।- दिन्छु भनी जबरजस्ती करणी गरेको भनी बताएकी र योनिमा हेर्दा सुन्निएको, रगत बगेको देखिएको हुँदा निज शम्भु स्याङतानलाई पक्राउ गरी कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको नाम परिवर्तित ३१(०७३/०७४-१५) को जाहेरी दरखास्त । लिङ्गको टुप्पोमुनि रातोपन भएको भन्नेसमेत बेहोराको प्रतिवादी शम्भु स्याङतानको स्वास्थ्य परीक्षण प्रतिवेदन । शरीरमा रातो डाम, योनिमा रातोपना भई रगत रहेको, कन्याजाली च्यातिएको भन्नेसमेत बेहोराको पीडित नाम परिवर्तित ३१(०७