निर्णय नं. १०८८७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८८७ - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: असोज अंक: ६ फैसला मिति :२०७८/०९/२८ ९४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ आदेश मिति : २०७८।९।२८ ०७५-WO-११६८ मुद्दा :- उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.३२ कोटेश्वर स्थायी घर भई कैलाली जिल्ला, जानकी गाउँपालिका, कैलालीमा सहायक महिला विकास निरीक्षक पदमा कार्यरत नर्मदा पौडेल (चौधरी) विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबारसमेत समायोजन हुन चाहना गरी प्राथमिकताक्रम उल्लेख गरेकोमा सोबमोजिम हुन्छ भन्ने अपेक्षा कर्मचारीमा हुने । एक पटक समायोजन हुने स्थान किटान गरी निर्णय भइसकेको स्थितिमा सो समायोजनविपरीत अर्को स्थानमा पठाउने निर्णय गरिनु कानूनको भावनाअनुकूल नहुने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री बासुदेव आचार्य विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्ता भण्डारी अवलम्बित नजिर : सम्बद्ध कानून : कर्मचारी समायोजन ऐन, २०७५ आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- रिट निवेदन बेहोरा म निवेदक लोक सेवा आयोग महाकाली अञ्चल कार्यालय महेन्द्रनगर, कञ्चनपुरको विज्ञापन नं.१६१८०-१६१८५/०७१-०७२ आदिवासी जनजातितर्फ नेपाल विविध सेवा रा.प.अ. द्वितीय श्रेणी सहायक महिला विकास निरीक्षक पदमा मिति २०७२।१०।११ मा प.स.२०७२/०७३, च.नं.२२५ को पत्रबाट महिला तथा बालबालिका कार्यालय, बैतडीमा सिफारिस भई नेपाल सरकार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय महिला तथा बालबालिका विभाग, महिला तथा बालबालिका कार्यालय,पाटन, बैतडीको च.नं.१२८ मिति २०७२/१०/१९ को नियुक्ति पत्रअनुसार मिति २०७२/१०/१८ गतेदेखि लागु हुने गरी स्थायी नियुक्ति पत्र बुझी सेवा प्रवेश गरी निरन्तर रूपमा कार्यरत छु । सुदुरपश्चिम प्रदेश, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको च.नं.१२८१ मिति २०७५।०८।२३ को पत्रानुसार जिल्ला समन्वय समितिको कार्यालय बैतडीको च.नं. २३० मिति २०७५।०९।२५ को रमाना पत्रअनुसार जानकी गाउँपालिकाको कार्यालय, कैलालीमा सरूवा भई मिति २०७५।०९।२९ गतेदेखि हाजिर भई हाल सोही कार्यालयमा नेपाल विविध सेवा रा.प.अ. द्वितीय श्रेणी सहायक महिला विकास निरीक्षक सहायकस्तर चौथो पदमा कार्यरत रहेको छु । नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई समायोजन गर्नको लागि कर्मचारी समायोजन अध्यादेश, २०७५ जारी गरी सो अध्यादेशको दफा ५(५) अनुसार सरकारी सेवाका कर्मचारीले उपदफा (१) बमोजिम प्रकाशित सूचनामा तोकिएको अवधिभित्र आफू समायोजन हुन चाहेको सङ्घ, प्रदेश र स्थानीय तहको प्राथमिकताक्रम खुलाई सेवा सञ्चालन गर्ने निकायमा निवेदन दिनुपर्ने छ भन्ने व्यवस्था भएको र दफा ८ अनुसार कर्मचारी समायोजनको आधार तोकी कर्मचारीहरूलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि कर्मचारीहरूले आवेदन दिन मिति २०७५।०९।११ मा मन्त्रालयको वेभसाइटमा सूचना प्रकाशित गरिएको र सोही सूचनाअनुसार म निवेदकले कर्मचारी समायोजन अध्यादेश, २०७५ को दफा ८ को उपदफा १ र २ बमोजिम एक नम्बरमा सङ्घलाई नै प्राथमिकताक्रम तोकी स्थानीय तहमा क्रमश: काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिक