निर्णय नं. १०८८९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८८९ - उत्प्रेषण भाग: ६४ साल: २०७९ महिना: असोज अंक: ६ फैसला मिति :२०७५/१२/०५ १६७२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति स् २०७५।१२।५ ०७५(ध्इ(०३६९ विषय स् उत्प्रेषण निवेदक स् जनहित संरक्षण मञ्चको तर्फबाट काठमाडौं जिल्ला, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं।१४ बस्ने कार्यकारी अध्यक्ष वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मासमेत विरूद्ध विपक्षी स् विद्यासुन्दर शाक्य, मेयर काठमाडौं महानगरपालिकासमेत ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरू इतिहाससँग राष्ट्रको अतीत जोडिएको हुने र यस्ता सम्पदाहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने र तिनमा जनताको भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । यस्ता सम्पदा एक व्यक्ति वा निकायसँग सरोकार राख्‍ने नभएर समूह, समुदाय, क्षेत्र र राज्यसँग सरोकार राख्‍ने हुनाले प्रत्येक राष्ट्रले राष्ट्रको ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक धरोहरहरूको बारेमा आफ्ना भावी पुस्तालाई जानकारी दिलाउनुपर्छ भन्‍ने कुरामा विवाद नरहने । ९प्रकरण नं।१३० पुरातात्विक महत्त्व बोकेका वा सांस्कृतिक महत्त्वका सम्पदाहरूलाई साँघुरो भएको भन्‍ने जस्ता अस्वीकार्य तर्क गरेर नयाँ बनाउने नाममा संरक्षण गर्नेतर्फ नलागी बेवारिसे छाडी स्वतस् भत्किन दिई वा भत्काई नयाँ निर्माण गर्ने योजना कुनै दृष्टिकोणबाट पनि उचित मान्‍न नसकिने । पुर्खाको धरोहरलाई सन्ततिका लागि जगेर्ना गर्ने दायित्वबाट कोही पनि उम्कन नमिल्ने । यो सामूहिक राष्ट्रिय जिम्मेवारीको विषय हुने । ९प्रकरण नं।१५० निवेदकका तर्फबाट स् विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री प्रकाशमणी शर्मा र श्री दिनेश त्रिपाठी तथा विद्वान्‌ अधिवक्ताहरू श्री पंकजकुमार कर्ण एवम्‌ श्री किशोरकुमार विष्ट र रिट निवेदक श्री संजय अधिकारी विपक्षीका तर्फबाट स् विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी, विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा, श्री लोकभक्त राणा, श्री दामोदर खड्का, श्री रामप्रसाद भण्डारी तथा विद्वान्‌ अधिवक्ताहरू श्री वसन्त आचार्य, श्री टिकाराम भट्टराई, श्री ताराबहादुर सिटौला र श्री वसन्त आचार्य अवलम्बित नजिर स् ने।का।प।२०७४, अङ्क ६, नि।नं।९८२५ ने।का।प।२०७४, अङ्क ६, नि।नं।९८२९ ने।का।प।२०७२, अङ्क ९, नि।नं।९४६५ ने।का।प।२०६४, अङ्क ११, नि।नं।७९०३ ने।का।प।२०५७, अङ्क ४, नि।नं।६८८६ ने।का।प।२०५४, अङ्क ६, नि।नं।६३९१ सम्बद्ध कानून स् नेपालको संविधान प्राचीन स्मारक संरक्षण ऐन, २०१३ आदेश न्या।अनिलकुमार सिन्हा स् नेपालको संविधानको धारा ४६, १३३९२० र ९३० बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् लिखित जवाफको बेहोरा यसप्रकार रहेको छस्( ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरू राष्ट्रका लागि धरोहर हुन्छन् र यिनैबाट ती राष्ट्रहरू कति सभ्य, सम्पन्‍न र विपन्‍न र अविकसित भनी आँकलन पनि गर्न सकिन्छ । पूर्वजबाट निर्मित सम्पदाहरूको संरक्षण गर्दै तिनलाई भावी पुस्तामा जस्ताको तस्तै हस्तान्तरण गर्नु वर्तमान पुस्ताको कर्तव्य हो । मानव सभ्यताको सुरूवातदेखि नै सम्पदाको ज्ञान विभिन्‍न समुदाय, जातजाति बिचमा पुस्तौंपुस्ता एकपछि अर्को गरी हस्तान्तरण हुँदै गएको पाइन्छ । सांस्कृतिक सम्पदाहरू मानव सभ्यताको विकास क्रममा सिर्जना एवम् विकास भएका मानव मस्तिष्कका बौद्धिक उपज हुन् । प्रत्येक राष्ट्रले राष्ट्रको ऐतिहासिक, पुरातात्वि