निर्णय नं. १५३९ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५३९ - डाँका भाग: २४ साल: २०३९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३९/०२/२० २५२१ निर्णय नं. १५३९ ने.का.प. २०३९ अङ्क २ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३६ सालको फौ.बि.नं. ६७ फैसला भएको मिति : २०३९।२।२०मा निवेदक : जि.रौतहट सन्तपुर गा.पं.वडा नं.६ बस्ने शेष उस्मान समेत विरुद्ध विपक्षी : गंगाबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका (१) सर्जमिन हुँदा देखें चिनें भन्न नसकेको अदालतमा बकपत्र गर्दा देखें चिनें भने तापनि मौकैमा सर्जमिनमा यी व्यक्तिहरुले डाँका वारदातको अवस्थामा देखें चिनें भन्न नसकेकोले त्यस्तो बयान पनि भरपर्दो नदेखिने । (प्रकरण नं. २२) फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३६।३।३१ को इन्साफ जाँची दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ : ०२९।३।३० गते रातको ७ बजे मेरो आँगनमा हरुवा, लखिचन, चरुवा चेहरुसँग कुराकानी गरी रहेको अवस्थामा सन्तपुर बस्ने जहिर मियाँ बोल्न नजान्ने लाटो वतही भन्ने मियाँ अरु नचिनेका १४, १५ जना डाँकाहरु आई म समेतलाई कुटपिट गरी बार्‍ह बोरे एकनाले बन्दुक सहितको धनमाल डाँका गरी भागेकोले पक्राउ गरी कारवाही गरी पाउँ भन्नेसमेत गंगाबहादुरको ०२९।३।३१।६ को जाहेरी दर्खास्त । ३. बार्‍ह बोरे एकनाले बन्दुक समेतको रु.४१५६।–को धनमाल डाँका गरी लगेको भन्ने भ्रमण मुकाम सिंहासनीमा गंगाबहादुरले दिएको ०२९।४।१ को दर्खास्त । ४. अपराधीहरु ०२९।३।३० गते सितलपुरको बाटो भागी गैरहेको अवस्थमा ८, ९ जना मानिसहरु कसैले पोका बोकेका बन्दुक समेत लिएको डाँका भन्ने शंका लागि पक्राउ गर्न हामीले हल्ला गरेबाट डाँकाहरु जाँदा साया १, अण्डर बियर १, चिठ्ठी १ फेला परेकोले पञ्च सदस्य चेता रायलाई राख्न दिएको भनी निम्न व्यक्तिले हामीलाई बुझाएकोले पेश गरेको छु भन्ने हे.क.सन्तबहादुर समेतको प्रतिवेदन । ५. ०२९।३।३० गते अं.१०।११ बजे नचिन्हेका ८।९ जना मानिसहरु पोका बोकेका लाठी बन्दुक समेत लिएका डाँका भन्ने शंका लागि पक्राउ गर्न जाँदा डाँकाहरु भागी गएका साया १, अण्डर वियर १, चिठ्ठी खसाई गएको फेला पारेको भनी शंकर राय १, हन्सलाल दाश बैरागी १, राम देव राय यादव १, मेथुरा राय यादव १, सुरज राय यादव १, समेतले गाउँका अरु पञ्च भलाद्मीलाई देखाई मिलाई जिम्मा लगाई दिएको प्रहरीहरु खटिई जानु भएको हुँदा उक्त सामान प्रहरी जिम्मा लगाएको हुँ भन्ने चेता रायको डोर मुकाममा ०२९।४।२ को कागज । ६. ०२९।३।३० गते साँझ ७–७।। बजे जाहेरवालाको आँगनमा बाख्रा बाँधी रहेको अवस्थामा चिन्हेका शेष जाहेर बोल्न नजान्ने लाटो वताही पु.स.शेष उस्मान, शेष खलिल, शेख मञ्जुर र अरु नचिनेका ६।७ जना डाँकाहरु आई मलाई, चेहेरलाई र गंगाबहादुरलाई कुटपिट गरी बार्‍ह बोरे बन्दुक समेतको धनमाल डाँका गरी लगे भन्ने लखिचन राउत कुर्मि वताही, शेष जहिर, शेष उस्मान, शेष खलिल र अरु नचिनेका व्यक्तिले धनमाल डाँका गरी लगे भन्ने चेहेरु थारु, निजहरुलाई देखेको हुँ भन्ने राम वकत थारु र निजहरुले डाँका गरेको शंका लाग्छ भन्ने समेत पृथक पृथक व्यहोराको सरजमिन मुचुल्का । ७. मैले डाँका वारदात गरेको होइन, रिस इविबाट वारदातमा सरिक देखाई सरजमिनका मानीसहरुले पोलेका हुन भन्ने समेत शेष उस्मानको प्रहरीमा भएको ०२९।४।४ को बयान । ८. पक्राउ परेका अभियुक्त शेष उसमानल