निर्णय नं. १०८९१ - लागु ‌औषध (खैरो हेरोइन)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८९१ - लागु ‌औषध (खैरो हेरोइन) भाग: ६४ साल: २०७९ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०२/२६ २३५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७७।२।२६ ०७६-CR-०५३८ मुद्दाः- लागु ‌औषध (खैरो हेरोइन) पुनरावेदक / वादी : प्र.स.नि. प्रदिपप्रसाद जैसवालको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रमेश अधिकारीको छोरा जिल्ला सर्लाही, सबिकको ढुङ्ग्रेखोला गा.वि.स. वडा नं. २ परिवर्तित ऐ. बाग्मती नगरपालिका वडा नं. १ वतन भएका गुरुदेव अधिकारी लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी निर्दोष देखिने स्थिति छ भने सोको विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको पनि हो । सो कुरालाई वादी पक्षले इन्कार गर्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा निर्णय गर्नेः माननीय न्यायाधीश श्री सुर्यप्रसाद अधिकारी पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री चन्द्रबहादुर सारू उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्‍ज फैसला न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः तथ्य खण्ड जिल्ला पर्सा वीरगन्‍ज, उपमहानगरपालिका वडा नं.१० स्थित पूर्व बसपार्क जाने सडक, पश्‍चिम जिल्ला प्रशासन कार्यालय जाने बाटो, उत्तर मुर्लीतर्फ जाने सडक र दक्षिण माइस्थानतर्फ जाने बाटो यति चारकिल्लाभित्र पर्ने सडकको पश्‍चिम किनारा हुँदै दक्षिण माइस्थानतर्फबाट बुद्ध परियार र गुरुदेव अधिकारी पैदल हिँडी आइरहेको अवस्थामा फेला पारी दुवै जनाको शरीर खानतलासी लिँदा बुद्ध परियारले लगाएको पाइन्टको अगाडि दाहिने खल्तीमा प्लास्टिकमा पोका पारी लुकाइ छिपाइ ल्याएको अवस्थामा ३ वटा प्लास्टिकको पुरियामा लागुऔषध खैरो हेरोइन १३ ग्राम फेला परेकोले बरामद गरिएको भन्‍नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का । मिति २०७३।११।५ गते रातको २०:०० बजेको समयमा जिल्ला पर्सा, वीरगन्‍ज उपमहानगरपालिका वडा नं.१० स्थित घण्टाघर चोक सडकमा विभिन्‍न सवारी साधन तथा पैदल यात्रुहरूसमेतको चेकजाँच गरिरहेको अवस्थामा दक्षिण माइस्थान चोकतर्फबाट उत्तर मुर्लीचोकतर्फ जाने उद्देश्यले पैदल हिँडी आइरहेका गुरुदेव अधिकारी र बुद्ध परियारलाई रोकी निज दुवै जनाको शरीर खानतलासी लिँदा बुद्ध परियारले लगाएको पाइन्टको अगाडि दाहिने खल्तीमा ३ वटा प्लास्टिकको पुरियामा लागुऔषध खैरो हेरोइन फेला परेकाले एकै ठाउँमा जम्मा पारी तौल गर्ने सामग्री जुटाई तौल गर्दा १३ ग्राम भएकोले बरामद गरी उक्त लागुऔषध खैरो हेरोइनसहित निज गुरुदेव अधिकारी र बुद्ध परियारलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि दाखिला गरेको छु भन्‍नेसमेत बेहोराको प्र.स.नि. प्रदिपकुमार जैसवालको प्रतिवेदन । करिब ८।९ महिनादेखि साथी सङ्गतमा परी लागुऔषध खैरो हेरोइन सेवन गर्ने क्रममा मसँगै पक्राउ परेका बुद्ध परियारसँग चिनजान भई हामीसँगै लागु औषध सेवन गर्दथ्यो । म