निर्णय नं. १०८९२ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८९२ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६४ साल: २०७९ महिना: असोज अंक: ६ फैसला मिति :२०७८/१२/०२ ३९२७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।१२।२ ०७७-CR-१२०८ मुद्दाः मानव बेचबिखन तथा ओसारपसार पुनरावेदक / प्रतिवादी : जिल्ला कैलाली बेलदेवीपुर गाउँ विकास समिति वडा नं. ३ परिवर्तित जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं.११ घर भई हाल कारागार कार्यालय महेन्द्रनगर कञ्चनपुरमा कैदमा रहेको जंगबहादुर सार्कीको छोरा बलबहादुर भन्ने बमबहादुर सार्की विरूद्ध प्रत्यर्थी / वादी : मायाकुमारी सार्कीको जाहेरीले नेपाल सरकार कुनै महिलाले आफूलाई कसैले बेच्यो भनी जाहेरी दिई सोहीअनुरूप बयान प्रमाणित गराएकै भरमा निजको सो कथनलाई समर्थन गर्ने अन्य प्रमाण नहेरिने हो भने मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ६ को कानूनी प्रावधानको दुरूपयोग हुन सक्ने भएकाले उक्त प्रावधानलाई एकतर्फीरूपमा पीडित भनी जाहेरी दिने वा बयान प्रमाणित गराउने सन्दर्भमा मात्र नहेरी अपराध घटे नघटेको, आरोपित प्रतिवादीले अपराध गरेको प्रमाण रहे नरहेको, प्रतिवादीले आफ्नो निर्दोषिताको प्रमाण दिन सके नसकेको समग्र विषयवस्तुतर्फ हेरिनुपर्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री चित्रदेव जोशी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री सुशिल देवकोटा अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क २, नि.नं.८७६४ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री भोजराज शर्मा कञ्चनपुर जिल्ला अदालत पुनरावेदन फैसला गर्ने : माननीय न्यायाधीश श्री डिल्लीराज आचार्य माननीय न्यायाधीश श्री बाबुराम रेग्मी पुनरावेदन अदालत महेन्द्रनगर फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको पुनरावेदन पत्रसहितको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ:- तथ्य खण्ड प्रतिवादी बमबहादुर सार्कीले मसँग विवाह गर्छु भनी मेरो घरमा आई ललाइफकाइ मलाई साथमा लिई महेन्द्रनगरबाट भारत बनवासातर्फ पैदल हिँडी गइरहेको अवस्थामा केही महिलाहरूले सोधपुछ गर्दा मैले सबै कुरा बताएको र त्यसपछि निज प्रतिवादीले मलाई ललाइफकाइ बेचविखन गर्ने उद्देश्यले भारत लैजान लागेको भन्ने कुरा थाहा पाई जाहेरी पेस गरेको हुँ भन्ने पीडित मायाकुमारी सार्कीको जाहेरी दरखास्त । बमबहादुर सार्कीको बहिनीको घर मेरो घर नजिकै भएकोले निजसँग मेरो पहिलेदेखि नै चिनजान थियो । यस्तैमा मिति २०६६।२।१३ गते म काम विशेषले अत्तरिया बजार गएका बेला बमबहादुर सार्कीसँग भेट भई निजले मसँग विवाह गर भनी मलाई ललाइफकाइ गरी लगी २ दिन आफन्तको घरमा राखेको हो र सोही अवस्थामा मसँग शारीरिक सम्पर्क राखेका हुन् । मिति २०६६।२।१५ गते गड्डाचौकी हुँदै पैदल हिँडेर भारत जाने क्रममा बनवासामा महिलाहरूले सोधपुछ गर्दा मैले सत्य कुरा बताएपछि ती महिलाहरूले भन्दा मलाई बेचबिखन गर्ने उद्देश्यले भारत लैजान लागेको भन्ने कुरा थाहा पाएकी हुँ भन्ने पीडित माया कुमारी सार्कीको बयान कागज । मिति २०६६।२।१३ गते जाहेरवालीसँग विवाह गर्ने भनी ललाइफकाइ गरी दुईदिन आफन्तको घरमा राखी जाहेरवालीसँग शारीरिक सम्बन्धसमेत राखेको हुँ । निजलाई बेचबिखन गर्ने उद्देश्यले भारततर