निर्णय नं. १०८९४ - वैदेशिक रोजगार कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८९४ - वैदेशिक रोजगार कसुर भाग: ६४ साल: २०७९ महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०२/०४ १८७७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।२।४ ०७२-CR-२०६३ (०१-०७२-११३५७) मुद्दाः वैदेशिक रोजगार कसुर पुनरावेदक / वादी : याङ्ली शेर्पाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पाँचथर जिल्ला, सराङ्ग डाँडा गा.वि.स. वडा नं.६ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.२९ लैनचौर बस्ने डगलसिंह सेर्मा परिस्थितिजन्य प्रमाणबाट कसुर पुष्टि भएको हो कि भन्नलाई फौजदारी कसुरमा परिस्थितिजन्य प्रमाणको विवेचना गर्नुपर्दा तथ्यका प्रत्येक कडी एकआपसमा आवद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विना दाहाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री विष्णुबहादुर गुरूङ अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क ९, नि.नं.८६८७ ने.का.प.२०७५, अङ्क ५, नि.नं.१००१७ सम्बद्ध कानून : वैदेशिक रोजगार ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री सुरेन्द्रवीर सिंह बस्न्यात सदस्य श्री धीरबहादुर चन्द सदस्य श्री लेखनाथ पौडेल वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं फैसला न्या.डा.मनोजकुमार शर्मा : वैदेशिक रोजगार न्यायाधिकरणको मिति २०७२।०९।०५ को फैसलाउपर साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ तथा वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) बमोजिम वादी नेपाल सरकारको तर्फबाट पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड प्रतिवादी डगलसिंह सेर्माले मेरो छोरा दोर्जी शेर्पालाई वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिने भनी रू.५,२८,०००/- रकम बुझी लिई भनेबमोजिमको मुलुकमा नपठाई, लिएको रकमसमेत फिर्ता नगरेकोले कारबाही गरिपाउँ भन्‍ने बेहोराको जाहेरवाली याङ्ली शेर्पाले मिति २०७१।१२।१६ गते वैदेशिक रोजगार विभागमा दिएको जाहेरी दरखास्त । प्रतिवादी डगलसिंह सेर्माले जाहेरवालीको छोरा दोर्जी शेर्पालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी रू.५,२८,०००।- (पाँच लाख अठ्ठाइस हजार रूपैयाँ) रकम बुझी लिएको भनी मिति २०७१।११।५ मा गरिदिएको सक्‍कल लिखत कागज खाम बन्दी थान-१ मिसिल संलग्न रहेको । मैले जाहेरवालीको छोरालाई विदेश पठाउने भनी पैसा लिएको होइन । म वैदेशिक रोजगारमा मान्छे पठाउने काम पनि गर्दिनँ, सोको लाइसेन्स पनि छैन । मैले जाहेरवालीको छोरालाई विदेश पठाइदिन्छु भनेको छैन । जाहेरवालीले झुट्टो जाहेरी दिएको हो । मलाई जाहेरवालीले धम्काई जबरजस्ती वैदेशिक रोजगारको कागजमा सहीछाप गर्न लगाएको हो । जबरजस्ती कागज गराएउपर कहीँकतै उजुरबाजुर गरेको छैन । अब गर्ने छु । सो लिखत कागजमा भएको सहीछाप मेरै हो भन्‍नेसमेत बेहोराको प्रतिवादी डगलसिंह सेर्माले मिति २०७१।१२।२८ गते अनुसन्धान अधिकृतसमक्ष गरेको बयान । प्रतिवादी डगलसिंह सेर्माले जाहेरवालीको छोरा दोर्जी शेर्पालाई वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी जाहेरवालीबाट रू.५,२८,०००।- (पाँच लाख अठ्ठाइस हजार रूपैयाँ) रकम बुझी लिई मिति २०७१।११।५ गते गरिदिएको लिखत कागजमा मसमेत साक्षी बसी सही गरिदिएको ठिक साँचो हो भन्‍नेसमेत बेहोराको लिखत कागजका साक्षी त