निर्णय नं. १०८९५ - अपहरण गरी सामूहिक जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०८९५ - अपहरण गरी सामूहिक जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०२/१० १९३८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।२।१० ०६९-CR-०५५९ मुद्दा: अपहरण गरी सामूहिक जबरजस्ती करणी पुनरावेदक / वादी : लक्ष्मी शाही (परिवर्तित नाम) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला दाङ, साबिक उरहरी गा.वि.स. वडा नं. ६ वेलटाकुरा बस्ने सचिन योगीसमेत मासिक रक्तस्राव भएको बेला भएको सामूहिक जबरजस्ती करणी थप पीडादायिक अवस्था हो । मासिकस्रावको बेला पीडितको शारीरिक अवस्था तथा प्रतिरोधात्मक क्षमता कमजोर रहने हुँदा यसलाई सजाय बढाउने तत्त्व विद्यमान रहने अवस्थाका रूपमा हेरिनुपर्ने । यस्तो अवस्थामा वीर्य योनिमा नरहनु, बगेर जानुलाई स्वाभाविक मान्नुपर्ने । (प्रकरण नं.१२) सामूहिक रूपमा जबरजस्ती करणीमा परेको भनी आघात रहेकै अवस्थामा दिएको जाहेरी दरखास्त र घटना घटेको लामो समयपछि बकपत्र गर्दा जाहेरी र बकपत्रमा उल्लेख गरिएको केही बेहोरा फरक पर्न सक्ने कुरालाई नकार्न नसकिने । पीडितलाई परेको मनोवैज्ञानिक, सामाजिक तथा शारीरिक पीडासमेतबाट निजको कतिपय बेहोरामा सामान्य परिवर्तन आउनु स्वाभाविक हुने । यसबाट पीडितले आघात अवस्थामा दिएको जाहेरी दरखास्त र लामो समयपछि अदालतबाट भएको बकपत्रमा केही सामान्य फरक परेको हुन सक्ने । (प्रकरण नं.१९) क्षतिपूर्ति निर्धारण गर्दा वारदातबाट पीडितलाई पुग्न गएको भौतिक, शारीरिक र मानसिक पीडा एवं वारदातपश्‍चात् देखा पर्ने पीडितको शारीरिक, मानसिक, भावनात्मक अवस्थासमेतलाई विचार गरी पीडितको जीवनयापनमा परेको असरसमेतलाई ध्यान दिनुपर्ने । (प्रकरण नं.२४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री बिना दाहाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री दिलकुमारी राई, श्री इन्दिराकुमारी श्रेष्ठ, श्री कुमार अधिकारी, श्री दिनमणी पोख्रेल, श्री चुडामणी पौडेल, श्री शालिग्राम सापकोटा, श्री नरबहादुर योगी, श्री लोकमणि पोखरेल अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ८, नि.नं.१०३४३ ने.का.प.२०७५, अङ्क १०, नि.नं.१०११९ ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४६९ सम्बद्ध कानून : फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहको फैसलाको विवरण मा. न्यायाधीश श्री महम्मद जुनैद आजाद दाङ देउखुरी जिल्ला अदालत पुनरावेदन तहको फैसलाको विवरण माननीय मुख्य न्यायाधीश श्री विश्वनाथ जोशी माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी पुनरावेदन अदालत तुलसीपुर फैसला न्या.कुमार रेग्मी : पुनरावेदन अदालत तुलसीपुरबाट मिति २०६९।०२।०२ मा भएको फैसलाउपर तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम नेपाल सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः- मुद्दाको संक्षिप्त तथ्य मिति २०६७।३।१५ गते साँझ म र दाजु दिनेश भन्ने मदन के.सी. तुलसीपुर नयाँ बसपार्क स्थित न्यू राप्ती होटलको २ नं. कोठामा बसेका थियौं । सोही राति कृष्णसागर वलीसमेतका ९।१० जनाले सो होटलमा हल्ला गरिरहेकोमा अन्दाजी ११:३० बजेको समयमा निज केटाहरू हामी बसेको कोठामा आई अपशब्द प्रयोग गरी गाली गलौज गरी लात्तीले ढोका हानी ढोका फुटाल्न खोजेपछि मदन के.सी. ले ढोका खोलेकोमा ३।४ जनाले मदन के.सी लाई कुटपिट गरेको र ४।५ जनाले मलाई कुटपिट लछार-प