निर्णय नं. १०८९७ - चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८९७ - चोरी भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/०३/०६ १०५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।३।६ ०७५-CR-०३५७ मुद्दाः- चोरी पुनरावेदक / वादी : प्रविणकुमार मल्लिकको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : प्रमेश्वर रायको छोरा जिल्ला सर्लाही, बेलही गा.वि.स. वडा नं. ६ घर भई हाल ऐ. कलासी गा.वि.स. वडा नं. ९ बस्ने सुरेश राय भन्ने रामसुदिष्ट रायसमेत कुनै वस्तुको मूल्य कुनै चरणमा नखुलेको अवस्थामा सोको चलन चल्तीको बजार मूल्यलाई आधार लिनुलाई स्वाभाविक मान्न सकिएला तर कुनै चरणको मूल्य स्पष्ट खुलेको अवस्थामा सो चरण पार गरी अर्को चरणमा प्रवेश नभएसम्म सो चरणको खुलेको मूल्यलाई नमानी बजार मूल्य यति रहेको वा रहन सक्ने भनी त्यसलाई आधार मानी बिगो कायम गर्नु उपयुक्त नहुने । (प्रकरण नं.२) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्की प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री जवाहरप्रसाद सिंह सर्लाही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू माननीय न्यायाधीश श्री माधवप्रसाद पोखरेल उच्च अदालत जनकपुर फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ (१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । मुद्दाको तथ्य एवं उच्च अदालत जनकपुरको फैसलाको बेहोरा सो अदालतको फैसलाबाट देखिने हुँदा यसमा पुनरावृत्ति गरिएको छैन । पुनरावेदक वादीको पुनरावेदन जिकिर तथा यस अदालतको निर्णय यसप्रकार छः वादी नेपाल सरकारको पुनरावेदनपत्र प्रतिवादी राम सुदिष्ट रायले स्वस्तिक आयल इण्डष्ट्रिजको प्रतिजार रू.१७४०/- पर्ने तेल जार ५२२ लाई रू.९५०/- का दरले रू.४,५०,०००/- मा प्रतिवादी राम सेवक साहलाई बिक्री गरी कसुर अपराध गरेकोले चोरीको १ र १२ नं. को कसुरमा निजलाई चोरीको १२ नं. बमोजिम सजाय गरी रू.९,०१,३२०/- ऐ. को १०(३) नं. बमोजिम जाहेरवालालाई दिलाई भराई बरामद ४ थान जार स्वस्तिक तेलसमेत जाहेरवालालाई दिलाई पाउन र प्रतिवादी राम सेवक साहले प्रतिवादी राम सुदिष्ट रायबाट चोरीको मालवस्तु जानी जानी बढी मुनाफा कमाउने उद्देश्यले रू.९,०८,२८०/- पर्ने तेल रू.९५०/- को दरले रू.४,५०,०००/- मा खरिद गरेकोले चोरीको २३ र २४ को कसुरमा ऐ.को २४ नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग दाबी रहेकोमा प्रतिवादीमध्ये राम सुदिष्ट रायलाई १ महिना कैद र रू.४,५०,०००/- जरिवाना हुने र प्रतिवादी रामसेवक साहले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई सुरू अदालतबाट फैसला भएको थियो । सोउपर वादी नेपाल सरकारको पुनरावेदन परी उच्च अदालत जनकपुरबाट सुरू सर्लाही जिल्ला अदालतको मिति २०७३/१/८ को फैसलामा प्रतिवादीले लिए खाएको बिगोसम्मको जरिवाना गरी बिगो भराउनेतर्फ नबोलेकोले सो हदसम्म केही उल्टी भई जाहेरवालाको रू.१०,२९,५००/- मूल्य बराबरको तेलमध्ये ट्रकमै बरामद भएको १८८ जारको हुने रू.२,७२,६००/- कटाई बाँकी बिगो रू.७,५६,९००/- बिगो कायम हुने देखिँदा प्रतिवादी राम सुदिष्ट रायलाई सो बराबर जरिवाना हुने र सो बिगो प्रतिवादी रामसुदिष्ट रायबाट जाहेरवालाले भराइपाउने र प्रतिवादी रामसेवक साहले अभियोग दाबी