निर्णय नं. १०८९८ - दूषित नामसारी दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८९८ - दूषित नामसारी दर्ता बदर भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/११/१३ १२११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७७।११।१३ ०७३-CI-१२७७ मुद्दाः- दूषित नामसारी दर्ता बदर पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला, मुरलीभञ्ज्याङ गा.वि.स. वडा नं.६ बस्ने प्यामनारायण श्रेष्ठको श्रीमती विष्णुमाया श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : ऐ.ऐ. घर भई हाल भारत चण्डीगढ बस्ने भनिएको चाउरे श्रेष्ठको हकमा अ.बं. ८३ नं. बमोजिम अनुमति लिई नालेस गर्ने धादिङ जिल्ला, मुरलीभञ्ज्याङ गा.वि.स. वडा नं.६ बस्ने सूर्यनारायण श्रेष्ठको छोरा सिताराम श्रेष्ठ बेपत्ता हुनेको नाममा दर्ता भएको जग्गा हक पुग्नेले दर्ता गर्न हकवाला सबैको सहमति हुनुपर्नेमा अन्यथा नहुने तर जग्गा भोगचलन गरिरहेको व्यक्तिले आफूले अटुट रूपमा भोगचलन गर्ने दूषित मनसायका साथ सहमति दिएन भने त्यस अवस्थामा उक्त जग्गा हकवालाहरूबिच भागबण्डा गरिदिनुपर्ने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री बच्चु सिंह खड्का प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री भुवनप्रसाद वाग्ले र श्री ठाकुररमण आचार्य अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क ३, नि.नं.८५७८ सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ प्रमाण ऐन, २०३१ मालपोत ऐन, २०३४ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री रमेशराज पोखरेल धादिङ जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण माननीय न्यायाधीश श्री हरिप्रसाद बगाले पुनरावेदन अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) र हाल प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारअन्तर्गत दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- तथ्य-खण्ड सूर्यनारायण श्रेष्ठको ३ भाइ छोरामा जेठो म फिरादी सिताराम श्रेष्ठ हो । माइला प्याम नारायण श्रेष्ठ, कान्छो चाउरे श्रेष्ठ हो । माइला भाइ प्याम नारायण श्रेष्ठको श्रीमती विपक्षी विष्णुमाया श्रेष्ठ हो । कान्छा भाइ विदेश भारततर्फ गई कहिले घर आउने कहिले जाने गरिरहेको हुँदा अंशबण्डा भई कान्छा भाइ चाउरे श्रेष्ठको अंश भाग म सिताराम श्रेष्ठ जिम्मा रहने गरी बण्डापत्र भएको छ । निज कान्छा भाइ चाउरे श्रेष्ठको नाउँमा दर्ता भएको धादिङ जिल्ला, मुरलीभन्ज्याङ गा.वि.स. वडा नं. ४ (च) कि.नं. ३२,१५५, ऐ. वडा नं. ६ (ङ) कि.नं. ४९, ऐ. वडा नं. ६ (च) कि.नं. ८६, ९२, ९३, ९७ ऐ. वडा नं. ४ (छ) कि.नं. १३९ को जग्गासमेत अंशबण्डा भई कान्छा भाइ चाउरे श्रेष्ठ विदेश भारततर्फ गई कहिले घर आउने कहिले जाने गरिरहेको थियो । घर व्यवहार मैले चलाई आएको थिएँ । विपक्षीमध्ये विष्णुमाया श्रेष्ठले पहिला आरूघाट बस्ने लक्ष्मीप्रसाद श्रेष्ठसँग विवाह गरी निजबाट जन्मिएका छोरा प्रतिवादीमध्ये र्इश्वरकुमार श्रेष्ठको जायजन्म भएपछि मेरो माइला भाइ प्यामनारायण श्रेष्ठसँग दोस्रो विवाह गरी आएकोमा भाइ प्याम नारायणको तर्फबाट जायजन्म नभएको हुँदा निजको जग्गाहरू प्याम नारायणको मृत्यु भएपछि सबै अंश भागको जग्गा पहिलाको लोग्नेपट्टिको छोरा निज प्रतिवादी र्इश्वरकुमार श्रेष्ठलाई दिइसकेको छ । कान्छो भाइ चाउरे श्रेष्ठको भागमा परेको उक्त ८ कित्ता जग्गाहरू मेरो जि