निर्णय नं. १०८९९ - जबरजस्ती चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०८९९ - जबरजस्ती चोरी भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०९/१२ १५३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७७।९।१२ ०७६-CR-०२६० मुद्दाः जबरजस्ती चोरी पुनरावेदक / वादी : सुनसरी जिल्ला, धरान न.पा. वडा नं.१५ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१० बस्ने विवेक श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : हरिबहादुर खत्रीको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१४ घर भई हाल कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारा, काठमाडौंमा थुनामा रहेका सुजन खत्री दुई जना प्रतिवादीहरू मिली संयुक्तरूपमा गरेको चोरीको कसुरमा जो जससँग जे बरामद भएको छ त्यतिको मात्र बिगो कायम गरी सोबमोजिम जरिवाना गर्न नमिल्ने । दुई जना मिली वारदात गरेको पुष्टि भएपश्चात् दुई जनासँगबाट बरामद भएका वस्तुहरूमा दुवै जनाको दायित्व कायम गरी सजाय निर्धारण गर्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : सहन्यायाधिवक्ता श्री इश्वरी बन्जाडे प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री बद्रीराज भट्ट अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या. श्री महम्मद जुनैद आजाद काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शान्तिसिंह थापा माननीय न्यायाधीश श्री यमुना भट्टराई उच्च अदालत पाटन फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड मिति २०७०।६।७ गते काठमाडौं जिल्ला, बल्खुस्थित परीक्षा नियन्त्रणको कार्यालयको कम्पाउन्डमा हिँडिरहेको अवस्थामा मलाई सुजन खत्री र सुमन थापाले चक्कु देखाई घेरा हाली बाटो छेकी भाग्न उम्कन नदिई साथमा भएको २ थान मोबाइल र नगद रू.५०००।– समेत जम्मा रू.२५,०००।– जबरजस्ती चोरी गरी लगेको हुँदा कारबाही गरी मेरो धनमाल फिर्ता दिलाइपाउँ भन्ने विवेक श्रेष्ठको जाहेरी दरखास्त । मिति २०७०।६।७ गते काठमाडौं महानगरपालिका वडा नं.१४ बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयको सार्वजनिक जग्गामा सुमन थापा र सुजन खत्रीसमेतले जाहेरवाला विवेक श्रेष्ठलाई डर, त्रासमा पारी मोबाइल र नगद जबरजस्ती चोरी लगेको भन्ने घटनास्थल प्रकृति मुचुल्का । मिति २०७०।६।७ गते काठमाडौं महानगरपालिका वडा नं.१४ बल्खुमा चेकजाँचको क्रममा सुजन खत्रीको साथबाट रिच लेखेको मोबाइल थान १ र सुमन थापा मगरको साथबाट हिमालयन बैंकको ए.टि.एम. कार्ड, कालो नोकिया मोबाइल बरामद भएको भन्ने बरामदी मुचुल्का । काठमाडौं महानगरपालिका वडा नं.१४ परीक्षा नियन्त्रण कार्यालयको कम्पाउन्डमा घुम्न गएको अवस्थामा जाहेरवालालाई एकान्तमा फेला पारी निजलाई धाकधम्की देखाई निजको साथबाट २ थान मोबाइल, हिमालयन बैंकको ए.टि.एम. कार्डसमेत जबरजस्ती चोरी लिएको हो । नगद चोरी गरेको छैन भनी प्रतिवादीहरू सुजन खत्री र सुमन थापाले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज । बरामद भई आएको स्क्रीन फुटेको मोबाइलको रू.३५००।–, रिच मोबाइलको रू.६,०००।– पर्दछ भनी मूल्य खुल्न आएक