निर्णय नं. १५४० - जग्गा बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५४० - जग्गा बाली भाग: २४ साल: २०३९ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०३९/०२/२० २३५४ निर्णय नं. १५४० ने.का.प. २०३९ अङ्क २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३८ सालको दे.पु.नं. ३०९ फैसला भएको मिति : २०३९।२।३ मा पुनरावेदक : सुनसरी जिल्ला धरान न.पं.वडा नं.४ बस्ने माधवप्रसाद वस्ती विरुद्ध विपक्षी : धनकुटा जिल्ला चुङमाङ गा.पं.वडा नं.६ बस्ने डिल्लीराम वस्ती मुद्दा : जग्गा बाली (१) अंश मिसाईएको सगोलमा बसेको रजिष्ट्रेशनको १ नं.अनुसार रजिष्ट्रेशन पास भएको लिखत बेगर मर्ने वादी वा प्रतिवादीसँग एकासगोलमा बसेको रहेछ भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १७) (२) कानूनी व्यवस्था अनुसार स्वर्गीय (जशोदा देवीको–संयोजक) सम्पत्तिको अपुतालीको हकदार पुनरावेदक वादी देखिन आएको हुनाले प्रतिवादीको जिकिर पुग्न सक्दैन । मृतक (जशोदा देवीको–संयोजक) सम्पत्तिको अपुतालिको हकदार पुनरावेदक ठहराई छिनेको कोशी अञ्चल अदालत धरानको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. १९) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी उल्लिखित मुद्दा :  फैसला न्या.धनेन्द्रबहादुर सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा प्रत्यक्षत कानूनको त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी माधवप्रसादको निवेदन परेकोमा पुनरावेदनको लागि अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।८।१ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ : २. पिता शिवनारायणको ५ छोरामा तोयानाथ, श्यामलाल, कृष्णप्रसाद, लिलाप्रसाद, र म वादी माधवप्रसाद भई श्यामलाल र लिलाप्रसाद ८८ सालमा छुट्टिई भिन्न भई सकेको र ९५ सालमा पिता शिवनारायणको ज्यूनी र आमाको पेवा छुट्याई दाजु कृष्णप्रसादसँग राख्ने गरी मैले पनि बण्डा लिई बसेकोमा पिता ९६ सालमा दाजु कृष्णप्रसाद ९९ सालमा परलोक हुनु भई प्रतिवादीले आमाको हेरचाह नगरेबाट आमा जसोदाले पिताको ज्यूनी र आमाको पेवा समेत लिई मसँग बस्नु भएकोले पिता माताको ज्यूनी र पेवा तथा मेरो अंश भागको घर जग्गा समेत भोगी आएको कि.नं.२९६, २९७, २९८ को खेत र बण्डा बमोजिमको आधा घरबारी मैले नरसिंह कार्कीसँग खरीद गरी लिएको कि.नं.२५५, २५६ को जग्गा र मोठ नं.३४ को सट्टापट्टा गरेको प्रतिवादीको बाबा कृष्णप्रसादको नामको कि.नं. २९२, ३०१, २२५ को खेत र बण्डा बमोजिमको दाजु कृष्णप्रसादको भागमा परेको बाँकी आधी भाग घरबारी तथा मेरै नामको कि.न.२९२, २९४, २९९ समेतका जग्गा भोगी भू.सु.का.मा ७ नं.फाराम भर्दा समेत प्रतिवादीले आफ्ना स्वहस्ताले फाँटवारी भरेको आमा जसोदा देवी ०२८ साल माघ महिनामा परलोक हुनु भई वहाँको काजकृया मैले गरी आमाको पेवा पिताको ज्यूनीको घर जग्गा स्त्री अंश धनको ५ नं.अपुतालीको ९।१० नं.ले मेरो हक भई भोगी आएको घर जग्गा विपक्षीले हटक खिचोला गरेकाले बाली बिगो रु.३०४०।–दिलाई खिचोला मेटाइ पाउँ भन्ने समेत माधवप्रसाद वस्तीको ०३१।१।३० को फिरादपत्र । ३. २००० सालमा बजै जसोदा देवी वादीकहाँ बस्न गएको होइन । ०२८ साल कात्र्तिक महिनामा बजै बिरामी हुनु भएकोले इलाज गर्न वादी समेतका छोरा बसेको धरानमा आउनु भई ०२८।८।२० गते परलोक हुनु भएकोले काजकृया गरेको भरबाट अपुतालीको ९।१० नं.बमोजिम वादीले दावी लिन नमिल्ने । बजै जसोदा बाबा कृष्णप्रसादसँग बसी बाबा स