निर्णय नं. १०९०० - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०९०० - जबरजस्ती करणी भाग: ६४ साल: २०७९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/०९/०२ १५३६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।९।२ ०७४-CR-११४८ मुद्दाः जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : शन्तबहादुर नेपालीको छोरा धादिङ जिल्ला, त्रिपुरेश्वर गा.वि.स. वडा नं.३ को हाल परिवर्तित त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं.७ घर भई हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ बसोबास भई हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेको रेशमबहादुर नेपाली विरूद्ध प्रत्यर्थी / वादी : महाराजगञ्ज २० को जाहेरीले नेपाल सरकार प्रतिवादीले पीडितको शरीरमा कहीँकतै कोतरिएको छैन भनी पीडितसँग करणी भएको भए निजको शरीरमा सङ्घर्षका चिह्न हुनुपर्ने हो भन्नेतर्फ सङ्केत गरेको अवस्थामा पीडित अवोध नाबालिगले प्रतिवादीउपर प्रतिकार गर्न सक्ने अवस्था नै नआउने हुँदा शरीरमा चिथोरिएको कोतरिएको प्रमाणको खोजी गर्नु तर्कसङ्गत नहुने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री ठोकप्रसाद सिवाकोटी, श्री महानन्द दाहाल र श्री प्रकाश खनिया प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री लोकबहादुर कटुवाल अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००७ ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४६९ ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४६६ ने.का.प.२०६५, अङ्क १, नि.नं.७९२३ ने.का.प.२०६३, अङ्क ४, नि.नं.७६८२ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री स्वीकृती पराजुली काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी उच्च अदालत पाटन फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड मिति २०७३।७।११ गते साँझ अं.१८:३० बजेको समयमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोक स्थित मिनी मार्केटमा रेशमबहादुर नेपालीले वर्ष ५ महाराजगञ्ज २१ लाई विभिन्न डर, त्रास, धाक, धम्की दिई जबरजस्ती करणी गरेको हुँदा निज रेशमबहादुर नेपालीलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको महाराजगञ्ज २० को जाहेरी दरखास्त । महाराजगञ्ज २० को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रेशमबहादुर नेपाली भएको जबरजस्ती करणी मुद्दामा फरार रहेका प्रतिवादीको खोजतलास गर्दै जाने क्रममा मिति २०७३।७।११ गते साँझ १९:०० बजेको समयमा काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ बुढानिलकण्ठ मन्दिरनजिक फेला पारी पक्राउ गरी दाखिला गरेका छौं । निजउपर कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्रहरी प्रतिवेदन । काठमाडौं जिल्ला, बुढानिलकण्ठ न.पा. वडा नं.४ मिलनचोक मिनी मार्केटको पूर्व मोहडामा बनेको ३ वटा सटर भएको ट्रस घर रहेको, सोमध्ये उत्तरतर्फको छेउको सटरभित्र प्रवेश गरी हेर्दा कोठाको उत्तर भित्तामा नजिक कपडाहरू रहेको, सोमा कपडासँगै दुई वटा कुर्सी रहेको, कोठाको दक्षिण साइडमा काठको विस्तरासहितको ओछ्यान रहेको, सो ओछ्यानमा रेशमबहादुर नेपालीले सोही ठाउँ बस्ने महाराजगञ्ज २१ लाई जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०७३।७।११ गते बेलुका साँझको समयमा मेरो बाबा